अष्टमी गुरूडकी आमालाइ सहयोगीमनका पैसा रबि लामिछानेजीले हस्तान्तर गर्दा यसरी आशु खसे भिडियो

इशा गुरूड्ं युके,
खुसीको खबर – मेरो पहलमा उठेको रकम १ लाख २० हज़ार रबी लामीछानेजी र मेरो दिदिले आज अष्टमी गुरूड बहिनिको पिडित आमालाइ सिधा कुरा जनता संगको अफिसमा हस्तान्तर गर्नु भएको छ .. सम्पुर्ण सहयोगी मनहरूलाइ कोटी कोटी धन्यबाद दिन चाहान्छु साथै रबी जी र धात्री दिदि लाइ पनि मुरी मुरी धन्यबाद |

लामो समय देखि बेलायतमा बस्दै आउनु भएको समाजसेवी इशा गुरूड्ंजी बाट सामाजिक संजाल मार्फत चलाएको अभियान अष्टमी गुरूड पीड़ित परिवारको लागी आज बन्द भएको छ भन्दै फेसबुक लाइव भिडियो मार्फत अपडेट गर्नु भएको छ | यो रकम रबि लामिछाने मार्फत अष्टमी गुरूड पीड़ित परिवारलाइ हस्तान्तरण गरिने छ | अष्टमी गुरूड पीड़ित परिवारको लागी उठयो १ लाख २० हज़ार फ़ेसबुक बाटै र यो अभियान आज बन्द भयो साथै सहयोगी मनहरूलाइ कोटी कोटी नमन गर्दछु भन्दै उहाले जानकारी दिनु भएको पनि छ | इशा गुरूड्ंजी लगायत उहाका सहयोगी साथी हरुलाइ धेरै धेरै धन्यबाद दिन चाहन्छु |