किन गरे एक युवाले नुन , खुर्सानी र गरम मशाला मोलेर प्रेम बानियाँ र रबि लामिछाने माथि अपमानजनक भद्दा टिप्पणी

ज्वाला संग्रौला,
नयाँ शक्ति समर्थक एक युवाले गजबससँग नुन , खुर्सानी र गरम मशाला मोलेर प्रेम बानियाँ , रबि लामिछाने देखि लिएर रबीन्द्र मिश्र र उज्जल थापामाथी बडो अपमानजनक रुपले भद्दा टिप्पणी गरेछन् । सँयोगबस् मलाई पनि उनको स्टाटसको ट्यागमा हुलिएको रहेछ।उनले किन त्यसो गरेछन् भन्दा त नयाँ शक्ति र बिबेकशिल एक हुने बिषयलाई लिएर रबीन्द्र मिश्रले फेशबुकमा लेखेको स्टाटसले उनी घाईते भएर छट्पटिएका रहेछन्।मलाई पनि वास्तवमा रबीन्द्र मिश्रको त्यो टिप्पणी त्यति ठीक लागेको थिएन किनकी म पनि बाबुराम र रबीन्द्र एउटै बाटोमा हिडेको हेर्न चाहन्थें।तर रबीन्द्रले त्यसरी अभद्र तरिकाले केहि नराम्रो लेखेका थिएनन् बरु डा. साबलाई शुभकामना दिएका थिए। जस्को कारण उनीमाथी जबरजस्त खनिनु के जरुरी थियो?उनको स्टाटस् पढ्दै जाँदा उनीप्रति बडो दया जागेर आयो। उनले नयाँ शक्तिको खोल ओढेर बाबुरामलाई नै अपमान गरिरहेका थिए।

हो, हरेक पार्टीको आफ्नो आफ्नो सिद्धान्त , उद्देश्य र रूपरेखा हुन्छ। त्यो पार्टीका सँस्थापकहरु त्यहि अनुरूप चल्ने हुन्। त्यो अर्थमा बाबुराम र रबिन्द्र अहिले तुरन्तै मिल्न नसक्लान्, त्यो अर्कै पाटो हो। रबीन्द्र बाबुरामसँग मिल्न मानेनन् या बाबुराम रबीन्द्रतिर ढल्कन चाहेनन् भन्दैमा बौलाहा कुकुर शैलिमा टाँङमुनि पुच्छर घुसारेर ख्याउटे भुकाई भुकिहाल्नु पर्छ र मान्यवर? यसरी भर्खरै जन्मिएका दुधे बाछाहरुले त्यत्रा त्यत्रा नेपालमाथी धुलो उडाएर राज गरिरहेका बुडा गैंडाहरुलाई टक्कर दिएर अगाडि बढ्दै गर्दा सिङ र जुरै नपलाएका बाछाका शुभचिन्तकले एक आपसमा हानाहान गर्न सुहाँउछ? कहिले तराजु बोक्नेहरु बटारिने, कहिले आँखाहरु फुर्फुराउने, यो के तरिका हो तिमीहरुको? कार्यकर्ताले यसरी नै पुरानै पार्टीका लाहुरेहरुका झैं भतुवा शैलिमा आफ्ना नेताहरुको प्रतिष्ठामा आँच आउने हर्कत गर्ने हो भने यी दुई पार्टीको बिलय निश्चित छ। कति खुसी हुन्छन् नेपालका नक्कली कामचलाऊ कम्युनिस्ट र ढोंगी समाजबादी हाउगुजी काँग्रेसहरु जब बैकल्पिक शक्तिहरु एक आपसमा टकराउँछन्।बैकल्पिक शक्तिहरु यी दुई पार्टीका लागि ठूलै चुनौती बनेका छन् भलै उनीहरु राष्ट्रीय पार्टी बन्न सकेनन् । यो अवस्थामा कसरी संगठन बलियो बनाउने भन्नेतिर ध्यान नदिएर नयाँ शक्ति समर्थक हुँ भन्दै रबीन्द्र मिश्रको बिरुद्वमा सुँड उचाल्ने? उनलाई आधि सास बिदेशमा फेर्यो भन्ने? उनले जहाँ साँस फेरिपनि तिमीहरुको अक्सिजन खोसेनन् त बाबु! के नेपालमा लासमाथी सास फेर्नेले मात्रै राजनीति गर्न पाउने? त्यसो भए हामी पन्चायत र बहुदलको स्वाद नचाखेका र जनयुद्दको बेला बामे सर्दै गरेका बच्चाहरुले राजनीति गर्नै नपाउने? देश बाट केहि समय बाहिर बसेर पछि आफ्नै देशमा फर्किएर केहि गर्छु भन्न नपाईने?यस्ता समाजलाई काम नदिने, युवाहरुको मनोबल गिराउने र एकछिन बजार तताएर ,पटट तालीले रन्किएर ब्वाँसे हर्कत गर्नु नै कट्टुको गोजीमा नागरिकता घुसारेर नेपाली हुँ भन्नुको सार्थकता हो?
डा. बाबुराम भट्टराई जस्लाई जति म मन बचन र कर्मले असल र बिकाशप्रेमी मान्छु, त्यति नै रबीन्द्र मिश्रको बौद्धिकता र क्षमतालाई पनि सम्मान गर्छु। यिनीहरुको बिरुद्दमा बोल्नेहरु बैकल्पिक शक्तिका बिरोधी , प्रगतिका बाधक र अध्यारोमा आँखा देख्ने ऊल्लुहरु हुन्। बैकल्पिक बाटोमा हिड्न खोज्ने नयाँ शक्तिका समर्थक हरुले रबीन्द्रको बिरोध गर्नु बाबुरामको प्रतिष्ठामाथीको प्रहार हो र बिबेकशिलहरुले बाबुरामलाई गाली गर्नु रबीन्द्रको पतन हो। जब यी दुई खम्बा ढल्छन्,त्यसपछि को माथी जाईलाग्ने ? रबी लामिछाने र प्रेम बानियाँ माथी? साँची ती स्टाटस लेख्ने बन्धुले बानियाँ थरका एक पत्रकार थिए भनेका छन्! बिचरा बबुरोलाई देशका तीन करोड नेपालीको आवाज बोल्ने पत्रकारको नाम प्रेम बानियाँ हो भन्ने थाहा रहेनछ। सिकाईदिनुस् है कसैले। तिम्रा शरीरका एक एक रौ ठाडा बनाउन आउँदैछन् छिट्टै नेपाल , इन्तज़ार गर पनि भन्दिनुस्। आफू सिन्को नभाँच्ने, ढलेको लोटा नउठाउने, खाएको थालमा चुठेर आङ तन्काउने अनि देश बनाउनेहरुलाई टोकस्ने? साँच्चै देश बनाउने मन छ भने शिरक भित्र गुजुल्टो परेर नबस्, उता सप्तरी तिर रबीले बाढीपिडितका घर निर्माण गर्दै छन्, उनलाई बालुवा र ईंट्टा बोक्न सहयोग गर। हामी बिदेशमा रहेकाहरुले आर्थिक सहयोग गरेका छौं। जस्ले जहाँबाट जे गर्न सकिन्छ, त्यो गर्ने हो। राम्रो काम गर्नेहरुको बिरोध गरेर देश बन्दैन मित्र ..! पार्टी भन्दा माथी देश हुन्छ..! देशलाई सोचौं अब…!
#IamWithRabindraMishra
#IamWithBaburamBhattarai
#ISupportPremBaniya
#ISupportRabiLamichhane
#जयनेपाल
‘बानिया र लामिछाने’ करोडो नेपालीको मन छुने गित | Nilmani Bhandari | Prem Baniya | Rabi Lamichhane