विना कसुर ७ वर्ष जेल परे विश्वनाथ,रगतले लेख्थे परिवारलाई चिठी । रेसम चौधरी लाइभ !भिडियो

विना कसुर ७ वर्ष जेल परे विश्वनाथ,रगतले लेख्थे परिवारलाई चिठी । रेसम चौधरी लाइभ !

अवकास नलीने नेताज्युहरुका कारण मुलुक जर्जर बनेको त होइन ? देश बिकाशको जिम्मा युवा नेताहरुलाई दिएमा बिकाश दोब्बर: रबि

यो दुनियाका हरेक पेशा, व्यवसाय र कर्ममा उमेरको महत्व हुन्छ । उमेरसँग सोच्ने क्षमता, जोश जाँगर र कार्यशैलीमा फरक आउँछ । कुरा शरीर र मष्तिष्कको हो । मष्तिस्कले म अझै जवान छु भन्ला, अझै धेरै दौडीन, खान र सेवा गर्न सक्छु भन्ला तर शारीरको आफ्नै नियम छ र उमेर बढ्दै जाँदा शरीर त्यसै अनुपातमा कमजोर नहुने मानिस यो धर्तीमा जन्मेको छैन ।

केही अपवादहरु हुन सक्लान् जो बुढेसकालमा पनि सक्रिय हुन सक्छन् र ढिला जन्मने मात्रै पनि जवान र सक्षम हुनुको प्रमाण होइनन् तर आम जीवनमा उमेरको महत्व हुन्छ । भर्खरै भारतको कांग्रेस आइ अध्यक्ष सोनीया गान्धीले राजनीतिबाट शन्यास लिइन ।

उमेरले ७१ बर्ष पुगेकी सोनीया गान्धी हेर्दा अशतm वा कमजोर देखिन्न तर रिटायरमेन्ट भन्ने कुरा हरेक पेशा व्यवसाय र कर्ममा लागु हुन्छ । एउटा व्यक्तिले चलाएको सामान्य उद्योग व्यवसायमा मानिस रिटार्यड हुन्छ । कारण त्यो उद्योग नडुबोस र अझै प्रगती गरोस् भने सोचले काम गर्छ । कुनै नेता विशेष, पार्टी विशेषलाई भनेको होइन तर कतै मुलुक यति पछि पर्नमा रिटार्यड नै हुन नचाहने नेताहरु त दोषी छैनन ?

राजनीतिका सम्पुर्ण आरोह अवरोह भोगी सक्दा पनि अवकास नलीने नेताज्युहरुका कारण मुलुक जर्जर बनेको त होइन ? एउटा सामान्य कम्पनी त उमेर पुगेपछि चलाउन सकिदैन यत्रो सिंगो देश बयोवृद्ध भए पछि हाँक्न सकिन्छ त्यसमाथी वेथितीले भद्रगोल मुलुक हाँक्न अनुभव मात्र भएर हुन्छ ?
जोश, जाँगर, अध्ययन, अन्तराष्ट्रिय स्तरको ज्ञान, भिजन चाहिदैन ? मलाई थाहा राजनीति गर्नेले दौडनु पर्दैन, फुटवल खेल्नु पर्दैन, डमबेल उचाल्नु पर्दैन तर एउटा विकासोन्मुख देशको लिडरले अहोरात्र खट्न पर्छ, योजनाहरु बनाउन अध्ययन गर्नुपर्छ, सुशासनको प्रत्याभुती दिन २४ घण्टा वाच डगको रुपमा अलट हुनुपर्छ र काम दौडेभन्दा गाह्रो छ ।

फुटवलमा भन्दा धेरै छलाएर गोल हान्नु पर्ने खालको छ । डमबेल भन्दा सयौ गुणा भार भएका जिम्मेवारीहरु उचाल्नु पर्छ । हरेक रानीतिक पार्टीमा युवा नेताहरु छन् जसले तपाई अग्रजहरुको साथ पाए भने तपाईले भन्दा दोब्बर गतिमा रिजल्ट दिन्छन् ।

तपाईहरुले कनिकुथी उठाएको भारी ती युवा नेताहरुका लागि बायाँ हातको खेल हो । तिनको शरीर फुर्तीलो मात्र होइन, दिमाग तजिलो छ । सम्मानित पद लिनुस, सल्लाहाकार समितीको हेड हुुनुस परिवारसँग छुट्टी मनाउनुस, गल्फ खेल्नुस, परेको बेलामा कान निमोठ्नुुस तर यो देश तपाईका पार्टीका ती होनहार युवाहरुलाई जिम्मा दिनुस । ती युवा नेताहरु वृद्ध हुनुभन्दा पहिले, तिनलाई पनि तपाईहरुलाई जस्तै विदेशी राजदुत र फटाहा व्यापारीहरुले आफ्नो गोटी बनाउनु भन्दा पहिले ।

आजको भागमा ७ बर्ष जेल बसेका एक निर्दोषको कथा, अफ्रिका ठगी काण्ड लगायत ५० हजार घुस लिने कर्मचारी र रेशम चौधरीको बिषय

सर्वसाधारणबाट ६ अर्बभन्दा बढी रुपैयाँ असुल गरी ठगी गरेको मुद्वामा जिल्ला अदालत ललितपुरले सजाए सुनाएका युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका सञ्चालकहरुलाई ठगी मुद्वामा उच्च अदालत पाटनले सफाइ दियो । तर युनिटीका सञ्चालकनै नरहेका तर सञ्चालक मध्य एक भनी झुटो आरोप लागेका तेह्रथुमका विश्वनाथ गौतम भने अनाहकमा ७ बर्ष २ दिन जेल सजाए भोगेर केहि दिन अघि मात्रै रिहा भएका छन् ।

रोजगारीका लागि दक्षिण अफ्रिका पु¥याउने भन्दै ठगी

दलालबाट ठगिएका छन्, पाँच युवा । दक्षिण अफ्रिकाको सुपरमार्केटको कामका लागि साढे चार लाख रुपैयाँ बुझाएर भारतको दिल्लीबाट विभिन्न देशहरु हुँदै गत जुनमा झापा र मोरङ्गका पाँच युवा दक्षिण अफ्रिका पुगेका थिए । दक्षिण अफ्रिका पुगेका ति युवा काम र भनेको रकम नपाएपछि अलपत्र परे । परिवारले पठाएको रकम र साथीहरुको सहयोगमा नेपाल फर्किएको झापाका कमल गाउँपालिकाका निर्मलकुमार दंगाल, मोरङ्ग सुन्दर हरैंचाका झप्ट बहादुर भुजेलले आफुलाई ठग्ने दलाल नभेटाएपछि हाम्रो सम्पर्कमा आएका छन् ।

भुकम्प पीडित कोटाको ट्याक्सी नामसारी गर्न मात्रै ५० हजार घुस लिने कर्मचारी

शुक्रबार फेरी ललितपुर एकान्तकुना स्थीत विभागको साना ठुला सवारी हेर्ने कार्यालयका नायब शुब्बा ट्याक्सी नामसारी गरिदिएवापत ५० हजार घुस लिदैँ गर्दा रङगेहात अख्तियारको फन्दामा परेका छन् ।
भुकम्प पिडितको कोटामा परेको ट्याक्सी बाबुको नामबाट छोराको नाममा नामसारी गर्न खोज्दा नायब शुब्बा ईश्वर बाबु गौतमले ५० हजार घुस लिएको अख्तीयारको दाबी छ ।

रेशम चौधरीको बिषयमा अब के हुन्छ ?

प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचन पछि यतिबेला सञ्चार माध्यममा रेशम चौधरी चर्चामा छन् । २०७२ भदौ ७ गते टीकापुर घटनामा संलग्न भएको भन्दै जिल्ला अदालत कैलालीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हातहतियार डकैतीसम्बन्धी तीनवटा मुद्दामा पक्राउ पुर्जी जारी गरेका चौधरी प्रतिनिधि सभा सदस्यको लागि कैलाली क्षेत्र न १ बाट ३४ हजार बढि मत लिएर बिजयी भएपछी उनी बहसका पात्र बनेका छन् ।