“नहासेर भो ” नामक हाँस्य टेलिश्रीन्खला जनता टेलिभिजन बाट आउदै (फोटो सहित )

समीर सुबेदी र आइन्द्र लिम्बुको लेखन/निर्देशनमा “नहासेर भो !!!”नामक हास्य टेलिशृन्खला यहि बिहीवार राती 8:45 बजेबाट नेपालकै दोस्रो एच डि च्यानल जनता टेलिभिजनमा प्रसारणमा आउदै छ । साथै युटुब च्यानल Ramsar media बाट पनि हेर्न सक्नु हुनेछ ।पुर्बमा धेरै समय अभिनयमा ब्यस्त रहेका समीर र आइन्द्रले अहिले काठमाडौबाट नै कलाकारिता का साथमा आफैले निर्देशन पनि सुरु गरेका छन ।

मनोरञ्जन र हास्य मसालाको साथमा शिक्षा सुचना र जनचेतना पनि यस टेलिचलचित्र मार्फत दिने कोसिस गरिएको छ ।मधु ढकालको लगानी रहेको हास्य टेलिचित्रमा कलाकार भने समीर सुबेदी,आइन्द्र लिम्बूका साथै मेरि बास्सैमा भुनियाको चरित्र निभाइसकेकि हरिसा बानिया(भुनिया)को पनि अभिनय देखन पाइनेछ ।

साथै रुपक रम्तेल, आशिष् ठकुरी,सुजन ढकाल,गणेश भट्टराई,अनु राई,सुमि ठकुरि साथै अन्य कलाकारहरुलाइ पनि देखन सकिने छ । लेखन सहयोगी तथा सह निर्देशन भने आशिष् ठकुरि र सुजन ढकालको रहेको छ ।ब्यबस्थापन गणेश भट्टराईको रहेको छ भने प्रवेश पोखरेलले क्यामरामा साथ दिएका छन अनि मेकअप चाहि पासाले गरेका छन ।