अपराधी घोषणा गर्नु अधि एकपटक घोत्लियर सोचौ भिडियो

शरिन ख्युङ्वा तामाङ,

एसपी घिमिरे ज्यु यत्तिधेरै मत कसरी किन केका लागि र कसले दियर आयो रेसमलाइ ?? यसलाइ कानुन जिन्दाबाद भन्ने कि जनता जनार्दन जिन्दाबाद भन्ने हामीले ?? देशले नदिएको न्याय आज जनता जनार्दनले दिदा बर्दिको आडमा टिकापुरको असली अपराधीको चिनारी नगरी बिना आधार प्रमाण रेसम नै अपराधी हो भनेर म जसरी भय पनि पक्राउ गरेर देखाउछु भन्दा रेसमलाइ आफ्नो अमुल्य मत दियर जिताउने न्यायप्रेमी नेपाली जनताहरु चुप लागेर बस्ला र ??
मलाइ त लाग्दैन कि उनका नेतालाइ पक्राउ गर्दा यी जनता चुप लागेर बस्छ भनेर ।

त्यसैले एसपी ज्यु त्यो दु:खद घटनाको दोशी अपराधीको खोजी गर्नुस प्रमाण जुटाउनुस र कानुनको कठघरामा उभ्याउनुस न्यायप्रेमी जनताले तपाईंलाई अवस्य साथ दिनेछ ।त्यो बखत रेसम नै दोशि ठहर हुन्छ भनेपनी हामी न्यायको पक्ष्यमा हुनेछौ।

तर हालको लागि उत्पीडित जनताको लागि एकमात्र स्पस्टबक्ता युवा नेता रेसमको साथमा छौ खुलेर समर्थन गर्छौ र उनको यो एतिहासिक जितमा मन खोलेर बधाई तथस शुभकामना सहितको शुभेच्छा हामी त दिन्छौ दिन्छौ