नेपालमै बजेको पहिलो उत्कृस्ट मन छुने पन्चे बाजा र डान्स भिडियो

बाग्लुंग, पञ्चै बाजा (पञ्चबाजा, पञ्चेबाजा) अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रुपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा-आजा आदि। यस्तै यो मिठो मन छुने बाग्लुङ हुग्दिसिर को पन्चेबाजामा दुर्गा मगर र देवान मगर को उत्कृस्ट डान्स प्रतिभा पनि देख्न सक्नु हुने छ.. यो एकदमै मन छुने नेपाली संस्कृति झल्काउने मिठो धुन सहित को बाजा हामीले RPPDC बरेङ्ग बाग्लुङ फेसबुक पेज बाज साभार गरेका हौ |
हेरौ भिडियो