बसन्तले सार्वजानिक गरे ज्यानमाया (भिडियो सहित)

चिरपरिचित लोक तथा दोहोरी गायक बसन्त वि.क को बिलकुलै नया प्रस्तुती ज्यानमाया एल्बम सार्बजानिक भएको छ । तनहुँमा जन्मिएका बसन्त गायक मात्र नभएर संचारकर्मी पनि हुन् । तनहुँमा छँदा नै विभिन्न रेडियोहरुमा थुप्रै कार्यक्रम सञ्चालन गर्दै संचारको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका बसन्त संचारको क्षेत्रबाटै गायन क्षेत्रमा प्रवेश गरेका हुन् । विगतमा उनले गाएका गितहरुलाई पनि दर्शक श्रोताले माया गरिदिनु भएको थियो । विगतका गितहरुको कारणले पनि उनले मेला महोत्सवमा पनि थुप्रै कार्यक्रमहरु पाइरहेका छन् । अझ धेरै दर्शक श्रोताको माया पाउनको लागि नयाँ प्रस्तुती सबैको लागि ज्यानमाया बजारमा ल्याएको र यु–ट्युवमा पनि कम समयमै धेरैले हेरेको र प्रतिकृया पनि राम्रो पाएको गायक बसन्त वि.क ले बताएका छन् । साथै शो गितमा उनलाई गायनमा रितु तामाङ्गले साथ दिएकी छिन् भने मोडलिङ्गमा प्रदिप रोका ,दिनेश थापा र रिना थापाले साथ दिएका छन् । प्रदिप रिना र दिनेशको सुन्दर अभिनयले पनि सुनमा सुगन्ध थपिएको उनले जनाएका छन् । भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् । [youtube https://www.youtube.com/watch?v=TMOHHzd2RZI&w=560&h=315]