रबिलाई फोन आको एक घन्टामा ओमनका पीडित नेपाली चेलीलाई उद्दार गर्दा दिलजलेहरुको दिल कति टुक्रा भयो होला ह ???

शरिन ख्युङ्वा तामाङ,

हिजो रबिको सिदा कुरा जनतासङ्ग को कार्यक्रम समय अभावको कारण हेर्न पाइन आज डिउटि आउँदा बाटोमा हेर्दै आय त्यो दौरान नेपाल बाट लक्की मेनपावरबाट १० महिना अघि ओमन पुगेकि नेपाली चेली जसको असक्त बिरामीको कारण खुट्टा चल्न छोडेको उनि माथी उनको इम्प्ल्वाएरले गरेको अमानवीयताको पराकाष्ठ बारे सुने

धेरै दुख लाग्यो तर रबि भाइले उनको समस्य सुन्ने बित्तिकै ओमन स्थित राजदुतावासमा सम्पर्क राखी राजदुत शर्मिला पराजुली ढकाल ज्यु बाट तुरुन्तै उद्दारका लागी जुन तादुरुक्ता देखाउनु भएको छ ति चेलिको लागी यसको निमित्त रबि लामिछाने भाइ लगायत राजदुत सर्मिला ज्युलाइ हार्दिक धन्यवाद भन्न चाहन्छु ।

आफू नगर्ने अरुले गरेको सत्कर्म प्रती तिघ्रा ठट्टाउने विद्वानहरुले रबिलाइ अमेरिकाबाट आयको भाडाको गुप्तचर सम्म भन्न भ्याइनभ्याई भएको हुँदा भन्न चाहन्छु जुन दिन तिम्रा चेलीबेटी बेचिन्छ बलात्कारको शिकार हुन्छ महिला हिंसामा पर्छ याद राखेस त्यो दिन तिम्रो बोलि कहि कतै बिकिन्न बिक्छ त उहि अमेरिकि गुप्तचर भनी आरोप खेप्नु परेको रबि कै गयर बिक्नेछ ।

याद राखेस यो कुरा मनमा त्यो दिन तिम्रा आत्माले तिमिलाइ माफी दिनेछैन र आफ्नै अनुहार आइनामा हेर्दा त्यही प्रतिबिम्बले धिक्कार्नेछ तिमीहरुलाइ ।

मुकुन्दको अहिले सम्मकै कडा पर्दाफास |