रिमा बिश्वकर्माको डिभोर्सको पछाडी नेपाल आईडल कति दोषि, यस्तो छ कारण (भिडियो सहित)

‘नेपाल आइडल’ होस्ट रिमा बिश्वकर्माको डिभोर्स भएको छ । करिब २ बर्षे सम्बन्धलाई सहमतीमै पूर्णबिराम लगाएका हुन । २ बर्ष अगाडि नायिका रीमा विश्वकर्माले बेलायतमा बस्दै आएका रोबर्ट बीकसँग बिहे गरेकी थिइन् । यी दुइको बिबाह काठमाण्डौको हायात होटलमा भएको थियो । पाचतारे होटलमा आफन्त, चलचित्रकर्मी र केही पत्रकारलाई बोलाएर यी दुबैले भब्य पार्टी समेत दिएका थिए । श्रीमान रोबर्ट बेलायतमा हुन्थे भने रिमा नेपालमा ।श्रीमान भेट्न उनी कहिलेकाही बेलायतमा जान्थिन् । उनीहरुबीचको बिबाद कहिल्यै पनि बाहिर निस्केन । रीमा चलचित्र क्षेत्रमा नै व्यस्त भइन् भने बेलायतमा रोबर्ट आफ्नो काममा व्यस्त भए । रीमाले सामाजिक संजालमा रोबर्टको परिवारसँग बेलायत घुम्दै गरेको तस्बिर पनि पोष्ट गर्ने गरेकी थिइन् ।
तर, पछिल्लो केही महिनायता रीमाको फेसबुकमा रोबर्ट र उनका तस्बिर आउन छाडेका थिए । रीमा एपीवन टेलिभिजनबाट प्रशारण भएको चर्चित रीयालिटी शो ‘नेपाल आइडल’मा बढी व्यस्त भइन् । नेपाल आईडलमा व्यस्त भएपछि उनीहरु दुईको सम्बन्धमा दरार आएको अनुमान गरिएको छ । पछिल्लो पटक रोबर्टले बर्षा रसाइलीसँग इन्गेजमेन्ट गरेको फोटो बाहिर आएपछि उनीहरु बीचको सम्बन्ध बाहिर आएको हो ?
[youtube https://www.youtube.com/watch?v=o3uOA49h6Ec&w=640&h=360]