कोहि कोहि घामले डामेर जँगलतिर छोडिएका उताउला साँडे र बुढा रुखका हाँगामा झुण्डिएर रातो पिँध फर्काउने केहि थान सुग्रीवहरुले रवीन्द्र मिश्रले बिदेशमा दुख गरेर जोडेको घरको फोटो खिच्दै थुक निलेछन्।

ज्वाला संग्रौला,

कोहि कोहि घामले डामेर जँगलतिर छोडिएका उताउला साँडे र बुढा रुखका हाँगामा झुण्डिएर रातो पिँध फर्काउने केहि थान सुग्रीवहरुले रवीन्द्र मिश्रले बिदेशमा दुख गरेर जोडेको घरको फोटो खिच्दै थुक निलेछन्। बिबिसिमा महिनाको ६ लाख कमाउने रवीन्द्रले त्यति जाबो घर बनाउँदा आरिसले बेहोस् भएकाहरु यो बुझ कि हिजो हाती छाप चप्पलमा झुम्राको लोती उनेर संसदभवनमा छिरेका सुकुम्बासीहरु अहिले आलीशान महलमा राज गर्दैछन्।आम्दानीको स्रोत केहि नभएका घोर्ले बुँगाहरुले त्यत्रा महल नेता भएरै ठड्याएका होइनन्? एउटा मन्त्री या संसदले कति नै कमाउँछ र महिनाको? रवीन्द्रले काँग्रेस बामे हरुले जस्तो राजनीतिको ब्यापार गरेर, जनतालाई लुटेर , नदीनाला बेचेर कमाएको अकुत सम्पतिले आफ्नो घर ठड्याएका होइनन्। आफ्नो मेहनत र योग्यताले भ्याएको सम्मानित काम गरेर कसैले घर , गाड़ी या रोयल स्टेट नै किन्छ भने पनि किरा परेका खप्पर हरुले धेर मुजुकमुजुक गर्नु जरुरी छैन। जोरी नै खोज्ने हो भने पहिला ती हिजोका सुकुम्बासी र आजका करोडपतिको हैसियतमा उक्लिएका हुक्के दलालहरुका घरका फोटा खिचेर लेर आओ अनि सम्पतिको हिसाबकिताब हुन्छ। त्यसै मर्न खोज्ने चोरा खन्तीहरु ! लाज छैन हो?

फेरि पछिल्लो समय रबीन्द्रको चरित्र हत्या गर्ने किसिमका भ्रामक र उदण्ड ब्लगको ठेलीमा जुँगा दल्ने किशोर नेपाल जस्ता अवसरबादी निकम्मा पत्रुकार पनि रबीन्द्रको लोकप्रियताको झड्काले थला बसेर यसो बामे सर्दै भएपनि उनलाई लडाउने खेलमा लागेका छन्। ख़बरदार किशोर बुढा, जनतालाई अल्मल्याएर प्रकाशमानको पाउ धेर नमोल। तिम्रो लेखकीय अवसान छिट्टै हुँदै छ। मैले भन्दैछु , रबीन्द्र मिश्रले अबको देश म जस्ता युवाहरुको लागि बनाउने हो। त्यसैले ७० बर्ष कटिसकेकाहरुले उनको बिरोध नगरिदेअो। रबीन्द्रको बिरोधमा उत्रने मेरा बाउ नै किन नहुन्, म उनको कार्यको निन्दा गर्नेछु । म मेरा बा लाई भन्न चाहन्छु कि हजुरको र मेरो उमेरको अन्तर क़रीब ५० बर्षको छ। यस मानेमा हजुरभन्दा बढी म बाँच्छु। मेरो बाल्यकालमा हजुरले मलाई हिड्न सिकाउनु भो, बोल्न सिकाउनु भो, छोरीको भविस्य उज्जवल होस् भनेर पढ्न स्कुल पठाउनु भो। तर मैले पढेर पनि देशमा अवसर नभेटेर बिदेश भासिनु पर्यो। यो सब फटाहा नेताहरुले देश बिगारेर होइन त? त्यसैले म र म जस्तै हजारौं युवाले दुख नपाउन् भनेर हाम्रो भबिस्य सुरक्षित राख्नका निम्ति देश बनाउन आएकाहरुको कुरा नकाटीदिनुस्। छोरीको भविस्यको चिन्ता लाग्दैन हजुरलाई??कि म अझै २० बर्ष बिदेशमै बसुँ र चालीस काटेपछि नेपाल आएर बेहुली बनु? जबाफ चाहियो मलाई..!
#IamWithRabindraMishra