गृहमन्त्री बन्न पाएर ६ महिनामै आधा अपराध घटाउन सकिन भने मेरो नामै नलिनुस् !

मोरङ — ६ बाट प्रतिनिधिसभाका लागि नवनिर्वाचित सांसद नेकपा एमालेका नेता लालबाबु पण्डितसँग गरिएको कुराकानी :

चुनावमा विजयी हुँदा कस्तो अनुुभव भइरहेको छ ?
मोरङ क्षेत्र नम्बर ६ का जनताले विश्वास गरेर मलाई जिताएका छन्। म असाध्यै खुसी छु । जनता पनि खुसी छन्। विजयी भएको घोषणा भएदेखि लगातार ७ घन्टासम्म म खुसी साट्न जनताकै माझमा थिए । बिहान ५ बजेदेखि ११ बजेसम्म अबिर लगाउने र सेल्फी खिचेर जनतास“ग खुसी साटेँ। लगातार ७ घन्टासम्म फोटोसेसन भइरह्यो । यति लामो खुसीयालीस“गै जनताको विश्वास पनि प्राप्त गरेको छु।

जितपछि पहिलो प्राथमिकता के हो ?
अहिले म सांसद मात्रै हुँ । अरू केही जिम्मेवारी पाइसकेको छैन । संसद्मा गएर थाँती रहेका धेरै काम पूरा गर्नुछ । यतिबेला संविधान परिष्कृत गर्दै कार्यान्वयनका लागि अगाडि बढाउनु मेरो पहिलो जिम्मेवारी हो । अहिले सांसदका रूपमा रहनेछु । पार्टीबाट थप जिम्मेवारी पाए“ भने जिम्मेवारीअनुसार जनताको सेवा गर्छु । जनतालाई शिरमा राखेर काम गर्छु ।

तपाईंका मुख्य अजेन्डा के–के छन् ?
विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउनु मेरो पहिलो अजेन्डा हो । चुनावमा पनि मैले यही अजेन्डालाई प्राथमिकताका साथ जनतामाझ राखेको थिए“ । कागजमा मात्रै सीमित रहेको विराटनगर महानगरपालिकालाई वास्तविक महाननगर बनाउनु मेरो अर्को अजेन्डा हो ।

विराटनगरलाई बृहत्तर महानगरका रूपमा आसपासका क्षेत्रलाई समेटेर अघि बढाउन मेरो भूमिका रहनेछ । यस क्षेत्रको सुकुम्वासी समस्या समाधान तेस्रो एजेन्डा हो । क्षेत्र नम्बर ६ मा जनता आवास कार्यक्रममार्फत सुकुुम्वासीले भोग्दै आएका समस्या समाधान गर्नेछु ।

विराटनगर औद्योगिक नगरी भएकाले यस क्षेत्रमा उद्योगको विकास गर्नु मेरो अर्को अजेन्डा हो । नया“ उद्योग स्थापना हुने वातावरण तयार पारी उद्योगलाई यस क्षेत्रको आर्थिक विकासको मेरुदण्डका रूपमा अघि बढाउनेछु । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले थालेको कामलाई पूरा गर्न कोइरालाले शिलान्यास गरेको भ्यूू टावर निर्माण गर्नेछु । विराटनगरलाई शैक्षिक र स्वास्थ्यको हबका रूपमा अघि बढाउनेछु ।

पूर्वाञ्चल विश्वविद्यालयको बिग्रेको साख फिर्ता गर्न सुधारका काम थाल्नेछु । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालन गर्नेछु । यस क्षेत्रको नदी नियन्त्रण, सडक, सिँचाइ, पुल निर्माण लगायतका पूर्वाधारहरूको विकास गर्ने मेरा योजना छन्।

वाम गठबन्धनले जिते विराटनगर राजधानी हुँदैन भन्ने हल्ला छ नि ?
नक्कली कुरा गरेर जनतामा भ्रम पार्नु राम्रो हैन । मतदातालाई अलमल्याउन यस्ता भ्रामक प्रचार भइरहेको हो । जसले प्रदेशको राजधानी धनकुटा पुर्‍याउन चलखेल गरे, जसले विराटनगरलाई महानगर बन्न अवरोध गरे उनीहरूले नक्कली प्रचारमा लागिरहेका छन् । नक्कली कुरा गरेर अर्कालाई दोष थोपार्नेभन्दा आफूू सच्चिन जरुरी छ । ऐतिहासिक आधार, पूर्वाधार विकास र सुुगमताका आधारमा प्रदेश नम्बर १ को विराटनगर नै राजधानीका लागि सबैभन्दा उपयुक्त छ । विराटनगर नै प्रदेशको राजधानी बन्छ ।

कम्युुनिस्ट खहरे हुन् कहिलेकाहीँ उर्लिन्छन् भन्ने गरिएको छ नि । के तपाईंले पनि उर्लिएको बेला परेर जित्नुभएको हो ?

जित्नका लागि मात्रै काम गर्ने हैन । सा“च्चै काम गर्ने मान्छे हो म । जनतास“ग नजिकिएर जनभावना बमोजिम काम गर्ने हो भने जनतामा पनि नेताप्रति विश्वास हुन्छ । पदमा पुुगेपछि लुट्ने र चुनावमा लुटाउने दुुवै प्रवृत्तिको विरोधी हुु“ म । मजदुर किसानले दिएको थोरै थोरै रकम परिचालन गरेर चुनाव जितेको छु । करोडौँ खर्च गर्नेको पक्षमा पनि परिणाम छैन । चुनाव जितेर गएपछि जनताको हितमा जनचाहना बमोजिम नै काम गर्नेछु ।

तपाईंको जितका मुख्य आधार के—के थिए ?

जितको मुख्य आधार विगतमा जिम्मेवारी पाएको अवसरमा गरेका राम्रा काम नै मुख्य आधार हो । यस बाहेक जनतास“ग झुटा वाचा नगर्ने, जे वाचा गरेको छ त्यो पूरा गरेरै छाड्ने र दृढ संकल्पसाथ थालेको काम पूरा गर्ने भएकाले नै मैले चुनाव जितेको हुँ।

सामान्य प्रशासन मन्त्री हुँदा डिभी–पिआर काण्डले चर्चामा आउनुभएको थियो । अब, त्यस्तै चर्चित काम के गर्ने योजना छ ?

भर्खर चुनावको रिजल्ट हुँदै छ । अहिले नै कुनै जिम्मेवारी पाएको छैन । अब, रिजल्ट आइसकेपछि मात्रै पार्टीभित्र छलफल हुन्छ । पार्टीले जसरी जिम्मेवारी दिन्छ । त्यसपछि मात्रै के काम गर्ने भन्ने निक्र्याेल हुन्छ । पार्टीबाट जिम्मेवारी पाएअनुसार जनताको पक्षमा राम्रा काम गरेर देखाउँछु । गृहमन्त्री बन्न पाए भने ६ महिनामा ५० प्रतिशत अपराध घटाइदिन्छु । राजनीतिक संरक्षणमा रहेका अपराधीहरूलाई जेल चलान गरिदिन्छु । यति गर्न सकिन भने मेरो नामै नलिनुस् ।

अर्थ मन्त्रीको जिम्मेवारी पाएँ भने राजस्व असुुली दोब्बर बनाइदिन्छु । मेरो योजना अनुसार चल्ने हो भने दश वर्षभित्र रोजगारीका लागि कतार गएकाहरू काम गर्न देशमै फर्कने स्थितिमा देशलाई पु¥याइदिन्छु । २० वर्षमा नेपाललाई दातृराष्ट्र बनाउ“छु । नेपाल प्राकृतिक स्रोत साधनका आधारमा सम्पन्न भएर पनि परिचालनको नेतृत्व गर्नेको अभावले पछि परेको हो । सिंगापुर जस्तो बलौटे देश त संसारकै विकसित देश भएको छ । नेपाल चाहिँ मगन्ते देशका रूपमा रहरिहने स्थिति अब अन्त्य हुनुपर्छ ।

विदेश गएका युवा फर्काउने कुरा गर्नुभयो । कसरी सम्भव होला ?
घरमा भाँडा नमाझ्ने अर्काकोमा भाँडा माझ्दा गर्व महसुस गर्ने प्रवृत्तिले नै हामी पछि परेका छौँ । अर्काकोमा जागिर खोजिहिँड्ने प्रवृत्तिको अन्त्य नभई हामी आत्मनिर्भर हुन सक्दैनौँ । नयाँ उद्यमी, व्यवसायी बनाउन सक्दैनौँ । उत्पादन बढाउन सक्दैनौँ र रोजगारीसमेत सृजना गर्न सक्दैनौँ ।

राम्रो काम गरेर आफू उदाहरणीय बन्ने प्रयास गरे मात्रै अरूले पनि क्रमशः उदाहरणीय काम गर्दै जान्छन् भन्ने सन्देश बोके हुन्छ । जबसम्म उद्यमशीलताको विकास हुँदैन तबसम्म आर्थिक विकास कल्पनामात्रै हुुन्छ । त्यही भएकाले आफू अरूकोमा काम गर्न जाने हैन, अरूलाई कसरी काम लगाउन सकिन्छ, रोजगारी कसरी दिन सकिन्छ भन्ने चिन्तनसहित काम थाले देशको आर्थिक विकास सम्भव हुन्छ । व्यक्तिको व्यवहारले राम्रो र नराम्रो हुने भएकाले हाम्रो व्यवहार र प्रवृत्तिमा सुुधार ल्याउन जरुरी छ । व्यक्तिको व्यवहारले राम्रो र नराम्रो हुुने हो । आफ्नो व्यवहार सुधार्यौं भने हाम्रो उन्नतिलाई कसैले रोक्न सक्दैन।

व्यवहार सुुधारको कुरा गर्नुभयो । सबैभन्दा विकृति त राजनीतिक नेताहरूमै छ नि ?

हो, सही कुुरा भन्नुभयो । म पहिलोपटक मन्त्री बन्दा एकजना पुराना नेताले नयाँ मन्त्री पुरानाको पछिपछि हिँड्नुुपर्छ भनेका थिए । विदेशीबाट ऋण लिएर दुरुपयोग गर्ने प्रवृत्तिले नै समस्या उत्पन्न भइरहेको छ । म मन्त्री भएकै बेला विदेशीले दिएको ऋण अर्थमन्त्रालयबाट अनुदानको रूपमा लिएर घर–परिवारमा करेसाबारी लगाउने कार्यक्रम चलाइएको थियो । घुरेनमा साग रोप्न कुनै तालिम चाहिन्छ ? नचाहिने ठाउ“मा ऋण लिएर खर्च गर्नु सरासर ठगीसिवाय केही हैन ।

२०५१ सालमा मन्त्री भएका बेला १० करोडको प्रोजेक्ट लिएर एक जना आएका थिए । प्रोजेक्ट स्वीकृत गरेबापत २ करोडको अफर गरेका थिए । परियोजना के थियो भने नाङ्गा डा“डामा रुख रोप्ने । सुुन्दा कति राम्रो योजना तर, मैले अस्वीकृत गरिदिए“ । किनभने, हेलिकोप्टरबाट पहाडका डा“डामा माटो मिसाएर बीउ छर्ने अनि रुख उमार्ने । यसरी बीउ छरेर बिरुवा उम्रिन्छ भनेर सोधेको । ऋण स्वीकृत गर्नुहोस् काम हुन्छ । उम्रे पनि नउम्रे पनि काम देखिएपछि पैसा आइहाल्छ परियोजना ल्याउने व्यक्तिले जवाफ दिएका थिए । यस्ता खालका योजना स्वीकृत गरेर देश डुबाउने काम म गर्दिनँ । अहिले पनि थुप्रै बकमफुसे काम देशभर भइरहेका छन् ।

यस्ता खाले ठगी गर्ने प्रवृत्तिको अन्त्य गर्नु नै अबको चुनौती हो । देश बिग्रेकै अनियमितताले हो । कागज मिलाउने र बजेट पचाउने प्रवृत्तिले विकास बजेट खर्च नहुने साधारण खर्च भने चुलिँदै गइरहेको छ । विकासका काम कमसल गर्ने र बारम्बार ठेक्का पारेर एउटै काम वर्षैपिच्छे गरेर पैसा कमाइराख्ने प्रवृत्ति पनि देखिएको छ । यस्ता अनियमितता र विकृतिको अन्त्य नगरेसम्म देशको विकास हुनसक्दैन।

विराटनगरमा वर्षौंदेखि विकासका एउटै माग दोहोरिइरहेका छन् । के अब ती माग सुनुवाइ हुन्छन् ?
विराटनगरवासीले मुख्य पाँचवटा विकासका पूर्वाधार निर्माणको माग गरिरहेका छन् । विराटनगर रिङरोड, विमानस्थल विस्तार, रेलमार्ग निर्माण, विशेष आर्थिक क्षेत्र स्थापना र एकीकृत जा“च चौकी निर्माणका मागलाई यहा“का स्थानीयले पटक—पटक उठाइरहेका छन् । यी सबै कामका लागि आवश्यक बजेट व्यवस्था गरी काम अघि बढाउन म प्रयास गर्नेछु । यी सबै योजना चा“डो निर्माण हुनुुपर्छ भन्ने मेरो पनि धारणा हो।

अन्तिममा जनतालाई के भन्न चाहनहुुन्छ ?

जनताले मलाई विश्वास गरेर मत दिनुभएकामा आभार व्यक्त गर्छु । ममाथि जनताले आशा र विश्वास पनि गरेका छन् । जनताको आशा र विश्वास पूरा गर्ने मेरो संकल्प छ । नकारात्मक कम र सकारात्मक बढी सोच्नुस् । परिवर्तन अहिले नै सम्भव छ । अब, देश आर्थिक विकास र समृद्धितर्फ अघि बढ्छ ।

(लालबाबु पण्डित सँग विनोद सुवेदीले गरेको कुराकानी नागरिकन्युजबाट लिइएको)