सामाजिक संजालमा भाइरल , हारेर पनि जितेका विश्वप्रकाश (भिडियो सहित )

राजनीतिमा यो विचार, त्यो विचार र पार्टी मुक्त भन्दै हिन्नेहरुलाई गतिलो जवाफ दिएको तस्विर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ जुन तस्विर हो झापा क्षेत्र नं १ नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्मा र बाम गठबन्धनका राम कार्कीको ।राजनीति एउटा संस्कार हो र घृणा संस्कार भित्र पर्दैन । राजनीति विचारको लड़ाई हो र यहाँ विचारले जित्नपर्छ । अर्को विचारलाई निषेध गर्ने सोच राख्नेहरु असल राजनीतिज्ञ होइनन् ।

झापा १ मा नेता विश्वप्रकाश शर्मालाई हराउँदै बाम गठबन्धनका राम कार्की विजयी भए र उनलाई सबै भन्दा पहिला काँग्रेस युवा नेता शर्माले हार स्वीकार्दै कार्कीलाई बधाई दिएका छन्, उक्त बधाई दिएको बेलाका फोटोहरु अहिले सामाजिक संजालमा भाइरल भएका छन् । तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=cOc1JNNZzPc]