राशिफल (२०७४ मार्गशीर्ष २३ गते शनिबार/२०१७ डिसेम्बर ०९)

राशिफल (२०७४ मार्गशीर्ष २३ गते शनिबार/२०१७ डिसेम्बर ०९)
December 08, 2017 राशिफल

भोलि वि.सं. २०७४ मार्गशीर्ष २३ गते शनिबार तदनुसार ई. सं. २०१७ डिसेम्बर ०९ तारिख

भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा),

पौष कृष्णपक्षको षष्ठी तिथि, बिहान ०९:०१ बजेसम्म, त्यसपछि सप्तमी तिथि,
मघा नक्षत्र, मध्यरात्रीपूर्व ११:५२ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र,
भोलिको चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त),
वैधृति योग, दिउँसो ०१:०१ बजेसम्म, त्यसपछि विष्कुम्भ योग,
सुरुमा वणिज करण बिहान ०९:०० बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण बेलुका ०८:१४ बजेसम्म, अन्तिममा बब करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४४ बजे र सूर्यास्त : साँझ ०५:०८ बजे

भोलिको राहु काल, यमघण्ट र गुलिक काल :–

राहु काल : बिहान ०९:२० देखि १०:३८ सम्म
यमघण्ट : दिउँसो ०१:१४ देखि ०२:३२ सम्म
गुलिक काल : बिहान ०६:४४ देखि ०८:०२ सम्म

भोलिको वारवेला :–

काल वारवेला : बिहान ०६:४४ देखि ०८:०२ सम्म, साँझ ०३:५० देखि ०६:५० सम्म र मध्यरात्रीपछि ०५:०२ देखि ०६:४४ सम्म
लाभ वारवेला : दिउँसो ०१:१४ देखि ०२:३२ सम्म र बेलुका ०६:५० देखि ०८:३२ सम्म
उद्वेग वारवेला : दिउँसो १०:३८ देखि ११:५६ सम्म र बेलुका ०८:३२ देखि १०:१४ सम्म
शुभ वारवेला : बिहान ०८:०२ देखि ०९:२० सम्म र बेलुका १०:१४ देखि ११:५६ सम्म
अमृत वारवेला : दिउँसो ०२:३२ देखि ०३:५० सम्म र मध्यरात्रीपूर्व ११:५६ देखि ०१:३८ सम्म
चर वारवेला : दिउँसो ११:५६ देखि ०१:१४ सम्म र मध्यरात्रीपछि ०१:३८ देखि ०३:२० सम्म
रोग वारवेला : बिहान ०९:२० देखि १०:३८ सम्म र मध्यरात्रीपछि ०३:२० देखि ०५:०२ सम्म

भोलिको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

भाइबहिनी वा सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ, सन्ततिका लागि केही धनराशि खर्च हुने सम्भावना छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आएको अनुभूति भए पनि पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ, आजको चिन्तनले थोरबहुत काम गर्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । शरीरमा आलस्य जाग्नेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । तपाईंले चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । यद्यपि देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ, होस पुर्याएर बोल्नुहोला । उमङ्ग, जोस र जाँगरलाई संयम भई प्रयोग गर्नु श्रेयस्कर हुनेछ । दैनिक कारोबारबाट फाइदा नै हुनेछ । साझेदार वा सहयोगीको साथ पाइने छैन, त्यसैले व्यस्त रहेर दिन व्यतीत हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट सुखद समाचार आउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

मनोरञ्जनात्मक क्रियाकलापले अध्ययन–अध्यापन र पेसा÷व्यवसायको क्षेत्रमा प्रभाव पार्नेछ । मन उत्सुक र आशावादी बन्नेछ । महत्वाकाङ्क्षा र इच्छा जाग्नेछन्, तर इच्छा पूर्ण गर्न लगनशीलताका साथमा मिहिनेत गर्नु राम्रो हुनेछ । झिनामसिना र बेकामे वस्तुको किनमेलमा धनखर्च हुनेछ । नरमाइलो दिक्कलाग्दो यात्राको सम्भावना छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने बाह्रौं चन्द्रमा छ, घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आत्मविश्वासमा कमी आए पनि साथीभाइ र सहयोगीको मद्दतले सोचेजस्तै लाभ लिन सकिने छ । मातापिता वा कुनै मान्यजनको सेवासुश्रुषाका लागि खट्ने परिस्थिति छ । पेसा वा व्यवसायमा आबद्ध हुनुहुन्छ भने मिहिनेत र लगनशीलतामा कमी आउन नदिनु होला, नत्र सानो त्रुटिका कारण काम बिग्रन सक्छ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन् । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी हासिल हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । भनेको कुराले विपरीत अर्थ दिनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

झिनामसिना र सानातिना कामका लागि पनि निक्कै खट्नु पर्छ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक हुनु पर्नेछ । भरिसक्य मुद्दामामिला र झैझगडाबाट टाढा रहनु होला, निर्णय क्षमताले काम नगर्न सक्छ । प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन् । अनपेक्षित वादविवाद पनि हुनसक्छ, संयमता अपनाउनु बेस हुनेछ ।

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com