छोराको कुटाइबाट बाउको मृत्यु

लालिगुँरास नगरपालिका–३ मुसाङ टोल बस्ने ७४ वर्षीय पुष्पबहादुर कार्कीको उनकै छोरा ३४ वर्षीय खडकबहादुर कार्कीले कुटपिट गर्दा मृत्यु भएको छ ।
बेलुका खड्ग बहादुर र उनको श्रीमती बिच घरायसी वादविवादका क्रममा पिता पुष्पबहादुरले सम्झाई बुझाइ गर्दा एक थप्पड हानेका र त्यतिकैमा आफ्नो पिता माथि जाईलागी कुटपिट गर्दा घाइते भएका पुष्पबहादुरलाई तुरुन्त बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पुर्याइएको थियो । कुटपिटको घटना भएको भोलिपल्ट मात्र प्रहरीलाई खबर गरिएको थियो । घाइतेको उपचारको क्रममा सोमबार मंसिर ११ गते अस्पतालमा मृत्यु भएको थियो ।
अभियुक्त खडकबहादुर पुर्व माओवादी कार्यकर्ता हुनुका साथै पोखराको बाडुल्कि दोहोरी साँझका सञ्चालक पनि हुन । अभियुक्तलाई पक्राउ गरी म्याद थप गरि कर्तब्य ज्यान मुद्दा चलाईएको र आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तेर््ह् थुुम बसन्तपुरका प्रहरी निरीक्षक गणेश कोइरालाले जानकारी दिएका छन ।