विश्व क्रिकेट लिग नेपाल भर्सेस युएई (LIVE) हेर्नुहोस्

नेपालले युएईविरुद्धको खेलमा दोस्रो विकेट गुमाएको छ। ५४ रन बनाएका ज्ञानेन्द्रलाई रोहन मुस्तफाले एलबिडब्लुको धरापमा पारेका थिए।

समाचार तयार पार्दासम्म नेपालले २५.२ ओभरमा २ विकेट गुमाएर ९१ रन बनाएको छ। क्रिजमा शरद भेषावकर १४ रन र कप्तान पारस खड्का ५ रन बनाएर खेलिरहेका छन्।

विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत सातौं चरणको पहिलो खेलमा यूएर्इ विरुद्धको खेलमा टस हारेर ब्याटिङमा उत्रेको नेपालले पहिलो विकेटको रुपमा अोपनर दीलिप नाथलार्इ गुमाएको थियो। ज्ञानेन्द्र मल्ल र दीलिपले ४३ रनको अोपनिङ साझेदारी गरेका छन्।

आबुधावीको शेख जायेद रंगशालामा जारी खेलमा ज्ञानेन्द्र मल्ल र दिलीप नाथले नेपालबाट ओपनिङ गरेका थिए।

च्याम्पियनसिपको शीर्ष चारमा रहने टोली विश्वकप छनोट खेल्ने प्राबधान थियो तर हाल छैँटौ स्थानमा रहेको नेपालको सो संम्भावना सकिसकेको छ। यसअघिको खेलमा हङकङसँग पराजित भएपछि नेपाल डिभिजन टु मा घटुवा भइसकेको छ।

अब नेपालले विश्वकप छनोट खेल्न आगामी फ्रेब्रअरीमा हुने डिभिजन टु खेल्नुपर्नेछ। सोही खेलको तयारीका रुपमा नेपाल यूएई विरुद्ध मैदान उत्रन लागेको हो।

नेपाली टिम : ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, शरद भेषावकर, पारस खड्का, आरिफ शेख, विनोद भन्डारी, सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन, सन्दीप लामिछाने र ललितसिंह भन्डारी।

हेर्नुहोस् लाइभ