समिरको ‘स्टाईल यस्तै छ… भिडियो सहित !!

‘दुनियाँ बेग्लै छ’ बोलको गीतबाट संगित क्षेत्रमा उचो ‘हाईट’ बनाएका गायक समिर आचार्य निरन्तर संगित कर्ममा छन् । युवा पिढीहरुलाई ‘टार्गेट’ गरेर एक पछि अर्को गीतको ‘बहार’ ल्याईदिन सफल समिरले पछिल्ले समयमा फेरी यस्तै हंगामा पिटेका छन्, नेपाली संगित क्षेत्रमा । ‘मेरो स्टाईल यस्तै छ’ बोलको गीत हालै मात्रै बजारमा ल्याएका समिरको यो गीत पनि युवा पिढीको ‘रियल च्वाईस’ बनिदिएको छ ।‘अहिलेको युवा पुस्ताको मनोभावलाई मुल्यांक गरेर उनिहरुको मनको गीत बनाउन खोजेको छु,’ गायक समिरले भने ‘अहिलो राम्रो रेस्पोन्स आईरहेको छ ।’ तीन दिन अघि मात्रै यो गीत युट्युवमा रिलिज भएको छ । ‘द नेफोलिक क्र्यु’ को ग्रप डान्स रहेको यो गीतको भिडियो प्रस्तुती युएस खवर मिडिया नेटवर्कले गरेको हो । थारु र पप लयको फ्युजन रहेको यो गीतलाई युट्युवमा निकै रुचाईएको छ ।अहिले चलिरहेको ‘एक्सपर्ट चान्स टु डान्स’ प्रतियोगीताका लागि पनि यो गीत छानिएको छ ।
हाल अष्ट्रेलियामा रहेका गायक समिरले यसअघि हैन भन्देउन, घिनघिन बज्यो मादलु,लगाएतका चर्चित गीतहरु बजारमा ल्याईसकेका छन् ।

हेरौँ , समिरको नयाँ गीतको भिडियो ।