श्रीमतीको लागि लैजाँदै गरेको ‘गिफ्ट’ जाँच गर्दा एयरपोर्टमा सुरक्षाकर्मीको भागाभाग

एजेन्सी। तपाई कुनै अर्को शहर घुम्न जाँदा त्यहाँका सुन्दर चीजहरु आफूसँग ल्याउनुहुन्छ । तर चीनमा एक व्यक्तिले आफ्नी श्रीमतीको लागि यस्तो चीज किनेर लिएर हिँडेका थिए जसलाई देख्दा एयरपोर्टमा सुरक्षाकर्मीकै भागाभाग भएको छ ।

सुरक्षा जाँचका क्रममा सुरक्षाकर्मीले उनको झोला खोलेर हेर्दा उनीहरु आत्तिएर चिच्याउन थालेका छन् । एयरपोर्टमा भएका मानिसहरु उनको झोला हेर्नासाथ चकित परे ।

चीनको गुआंग्डोंगको एयरपोर्टमा एक जोडीको लगेज जाँच गर्दा त्यहाँ भएका मानिसहरु आत्तिएर चिच्याउन थाले । केही मानिसहरु डराएर भागे । एयरपोर्टका सेक्युरिटी अफिसरहरुले उनको झोलामा केही किराजस्तो चीज चलिरहेको देखे ।

एक महिला अफिसरले उनको ब्याग खोल्नासाथ आत्तिएर चिच्याइन् । उनको आँखाबाट आँसु निस्कियो । वास्तवमा उनको ब्यागमा साङ्ला भरिएका थिए ।

अफिसरहरुले यसरी ब्यागमा साङला (कक्रोच) भरेर लैजानुको कारण सोध्दा उनीहरु झनै चकित परे । ती व्यक्तिले यी साङ्ला आफ्नी श्रीमतीको लागि लैजाँदै थिए ।

उनका अनुसार उनकी श्रीमतीलाई छालाको रोग थियो । यो समस्यामा प्रयोग गरिने औषधी बनाउनका लागि साङ्लाको उपयोग हुन्थ्यो । यो औषधी अनुहारमा लगाउँदा राहत मिल्ने उनले बताए । उनकी श्रीमतीलाई के रोग छ भन्नेबारे भने उनले बताएनन् ।

उनले आफ्नी श्रीमतीलाई यतिसम्म माया गर्ने थाहा पाएर सुरक्षाकर्मीलाई उनीप्रति सहानुभूति भने भयो । तर, सुरक्षाकर्मीले उनलाई साङ्ला लैजाने अनुमति भने दिएनन् ।