Monday , December 11 2017
Breaking News

गायक सुर्य खड्का भन्छन् बल्ल माया बुझियो – भिडियो सहित

किस्ना आचार्य रोशनी
फागुन १२, काठमाडौ
जापानलाई कर्मथलो बनाई लामो समय देखी नेपाली लोकगित संगितमा सिर्जना तथा गायन मा सक्रिय चर्चित गायक सुर्य खड्काले निकै रमाईलो एवं नचाउने खालको कौडा रोईला गित बल्ल मायाँ बुझियो बजारमा ल्याएका छन। परदेशी गायक को रुपमा समेत आफ्नो परिचय बनाईसकेका खड्काले सधैँ भावुक गित मात्र गाउछ भन्ने हरुका लागि यो गित मार्फत सबैखाले श्रृजना गर्न र गाउन सक्ने कलाकारका रुपमा उभ्याउन खोजेका छन। गितमा खड्का कै लय तथा स्वर रहेको छ भने शब्द सुर्य खड्का र नारायण कंडेल को संयुक्त रहेको छ। खड्कालाई गायनमा साथ दिएकि छन गायिका प्रिति आले ले।जापानकै सफल व्यवसायी ईश्वरी कंडेलको निर्माण मा रहेको गित को भिडियो लाई स्मृति तिमिल्सिना (गुरुआमा) ले निर्देशन गरेकि छन। सुरेश श्रेष्ठ को छाँयांकन, दिपक बिष्ट को सम्पादन रहेको गितमा गायक तथा मोडल प्रकाश सपुत र जापानमै रहेकि नव नायिका सुजता ज्ञावली ले अभिनय तथा नृत्य गरेका छन। गुराँस फिल्मस ले बजार ब्यबस्थापन गरेको गित खड्काको आफ्नै युटुव एकाउन्ट बाट बजारमा आएको छ।

Leave a Reply

%d bloggers like this: