धुर्मुस सुन्तलीलाई साउदीको जुबैलमा भव्य स्वागत

अन्जनी कुमार अधिकारी,

मंसिर ४ गते, सोमबार,२०७४-एकीकृत नमुना सन्तपुर बस्ती निर्माण सहयोगार्थको लागि अहिले साउदी अरबमा रहनु भएका नेपालका ख्याती प्राप्त हास्य कलाकार धुर्मुस सुन्तलीलाई साउदी अरबको जुबैलमा हिजो एक कार्यक्रमका बिच भव्य स्वागत गरिएको छ ।

न्यू अन्नपूर्ण नेपाली होटेल को सभा हलमा भएको स्वागत कार्यक्रममा विभिन्न कम्पनीबाट नेपाली कामदार तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, व्यवसायी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो । न्यू अन्नपूर्णले आयोजना गरेको “धुर्मुस सुन्तली स्वागत तथा सम्मान” कार्यक्रम सोचेभन्दा धेरै नै बृहत भएको अन्नपूर्ण होटेलका सन्चालकले जानकारी दिएका छन् ।

अन्नपूर्ण होटेलको आयोजनामा भएको यो उक्त कार्यक्रममा अन्नपूर्ण का सन्चालक श्री प्रसाद यावा लिम्बुको विशेष पहलमा लगभग नेपाली रुपैयाँ ५९६७७७ (अक्षरेपी पाँच लाख छ्यानब्बे हजार सात सय सतहत्तर ) संकलन भएको थियो । समाजसेवी, तथा व्यवसायी साथै उक्त कार्यक्रमका आयोजक श्री प्रसाद यावा लिम्बुको सभापतित्वमा सन्चालित उक्त कार्यक्रममा एनआरएनए आइसिसी सदस्य तथा लामो समय साउदीमा समाजसेवीको रूपमा परिचित धर्म केसीले प्रमुख आतिथ्य ग्रहण गर्नुभएको थियो ।

विशेष अतिथि धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सितारम कट्टेल तथा कुन्जना घिमिरे रहनु भएको थियो भने अतिथीहरुमा सिटी एक्स्प्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन सहित जितेन्द्र थपलिया, यसमिन बेगम, जोन अर्याल राजु शैद हुनुहुन्थ्यो ।

अन्जनी कुमार अधिकारी द्दारा सन्चालित उक्त कार्यक्रम नेपाली राष्ट्रिय धुन बजाएर सुचारु गरिएको थियो भने उक्त कार्यक्रममा ओम प्रसाद फुयालले स्वागत मन्तव्य दिनुभएको थियो । धेरै नै छोटो समयमा तयार गरिएको उक्त कार्यक्रम सोचेभन्दा धेरै भव्य भएको आयोजकले जनाएको छ, होटेलमा खचाखच रुपमा नेपालीहरू भरिएका थिए होटेलमा दर्शको उपस्थिति धेरै नै भएपछि आयोजकले कार्यक्रमलाई केही परिमार्जित गर्दै चरण बद्ध रूपमा फाउन्डेसनलाई रकम हस्तान्तरण हस्तान्तरण थियो ।

दस्तावेजको सहयोगमा