“कृष्ण बस्नेत समिप को प्रस्तुतिमा राजु बोहरा र सिर्जु अधिकारीले गरे बिकृति माथि प्रहार” भिडियो सहित

काठमाडौँ । जुन बेला सम्म कुनै मान्छे आफ्नो आमाको काखमा हुन्छ त्यो बेला सम्म उस्ले उक्त काखको महत्व बुझ्दैन, तर त्यो समय बाट बन्चित भैसके पछी बल्ल उस्लाई त्यस आफ्नो मातृत्व प्रतिको मोहले दिनप्रतिदिन सताउँदो रहेछ क्यारे ! प्रसङ्ग नेपाली लोक तथा दोहोरी गीत संगीत कै ! नुवाकोट जिल्लाको लिखुमा जन्मिएका प्रतिभावान सर्जक कृष्ण बस्नेत “समिप” अहिले बिगत ४ बर्ष यता मलेसियामा रहेका छन् ।

उनि स्वदेश रहंदा बरु नेपाली गीत संगीतको क्षेत्रमा लागेनन् जब प्रबास पुगे त्यस पछी आफ्नै कला संस्कृति र मौलिक परम्पराको झझल्कोले उनलाई खुबै सताउन थाल्यो र फलस्वरूप उनले पछिल्लो समयमा नेपाली समाजमा आएको बिकृति र विसंगति लाई प्रहार गर्दै “जमाना नि के आयो” बोलको गीत बजारमा ल्याएका छन् । रोमान्चक धारमा तयार पारिएको यस गीत सुन्दा कमिड़ी भए ता पनि सामाजिक यथार्थ संग मिल्दोजुल्दो रहेको छ ।

प्रस्तुत गीतमा लय बिगत निकै लामो समय यता एक संचार गृहमा कार्यरत लोकप्रिय सर्जक शाहस भट्टको रहेको छ । शाहसले यस अगी पनि थुप्रै गीतहरु सिर्जना गरेर अशंख्य श्रोता तथा दर्शकहरुलाई मख्ख बनाइसकेका छन् । उनि भन्छन् म द्वारा श्रीजित बिभिन्न गीतहरुलाई यसै गरी मोह दर्शाउने क्रममा यस पटकको लोक दोहोरी गीत “जमाना नि के आयो” लाई पनि उत्तिकै मन पराइदिनु भएर अझै भबिस्यका दिनहरुमा थप अन्य गीतहरु तयार गर्न हौसला प्रदान गरिदिनु हुने छ भन्दै आफ्ना सम्पूर्ण दर्शक एवं श्रोतहरु माझ विश्वास प्रकट गरेका छन् ।

कृष्ण बस्नेत समिप र शाहस भट्ट द्वारा तयार भएको यस गीतको शब्द बाट गायक राजु बोहराले गायिका सिर्जु अधिकारीलाई आफ्नो गुनासो ब्यक्त गरेका छन् । उनको गोनासोमा , आधा छोपी आधा देखाई मोडन बन्ने अरे बाँची बसे के के देख्न पाइँदो रैछ हरे, कलियुग हो यार जमाना नि के आयो खुल्लम खुल्ला प्यार आज मलाई एउटीले बीच बाटो मै छेकेर लभ यु भनि यार ……. यसै गरी गायिका सिर्जुले पनि राजु संग यसैगरी बिकृति माथि छेड हान्दै आफ्नो गुनासो सुनाउदै यो “जमाना नि के आयो” बोलको गीतले पूर्णता पाएको छ ।

निकै रोमान्चक सैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोमा लक्ष्मी तामांग र राम खाती आधुनिक जमानाको एक जोडीको रुपमा खुल्ला पार्क मा नै बसेर किस गर्ने जस्ता भूमिका मन नपरी अर्का बहुचर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ “बल्छी धुर्बे” र सिर्जु अधिकारीले यसरी बिकृति फैलाउने हरुलाई खेदो गर्दै निकै आकर्षक अभिनय मार्फत प्रस्तुत भएका छन् तर मरिचमान श्रेष्ठ “बल्छी धुर्बे” र सिर्जु अधिकारी जे जसरि यस गीतको म्युजिक भिडियोमा प्रस्तुत भएका छन् , उनीहरु स्वयम् ले पनि यस्ता किसिमको बिकृति रोक्न आफ्नो तर्फ बाट भूमिका निर्वाह गरेका छन् त ? यो पनि प्रश्नको बिषय हो ।

“जमाना नि के आयो” बोलको यस गीतको म्युजिक भिडियोलाई पछिल्लो समयमा अन्यन्त ब्यस्त रहेका निर्देशक बिक्रम चौहानले निर्देशन गरेका छन् । म्युजिक नेपाल को युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोलाई छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन मिलन बि.क गरेका हुन् । हामी संगीत सरोबर डट कम को तर्फ बाट यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।