कम्यूनिष्ट शासन आए स्वतन्त्रता पाईदैन : प्रम देउवा (भिडियो सहित)

प्रधानमन्त्री शरेबहादुर देउवाले कम्युनिष्ट शासन आए स्वतन्त्र भएर हिड्न, बोल्न नपाईने बताएका छन् ।
प्रधानमन्त्री देउवाले बुधबार पोखरामा आयोजित काँग्रेसको जनसभालाई सम्बोधन गर्दै बाम गठबन्धनले जिते संविधान खारेज गरेर कम्युनिष्ट शासन ल्याउने आरोप लगाएका हुन् ।
देश कम्युनिष्ट र लोकतान्त्रिक शासन पद्धतिको महत्वपूर्ण मोडमा उभिएको बताउदै उनले काँग्रेसले लोकतन्त्र र कम्युनिष्टले अधिनायकवाद ल्याउने भन्दै त्यस्तो महत्वपूर्ण घडीमा उभिएको बेला जनताले फैसला गर्नुपर्ने बताए । देउबाले भने “हामी कम्युनिष्टको अधिनायकवाद शासन र काँग्रेसको लोकतान्त्रिक शासन पद्धतिको मोडमा उभिएका र्छौ ।”
“अधिनायकवादले आर्थिक समृद्धिको परिकल्पना गर्न सकिदैन ।” उनले भने–“एकतन्त्रीय शासनले आर्थिक समृद्धि हुदैन् ।” उनले आर्थिक समृद्धिको लागि पुँजी बृद्धि गर्नुपर्ने भन्दै विदेशी लगानी भित्रयाउनुपर्ने जोड दिए । “विदेशीले नेपाली काँग्रेसलाई मात्रै पत्याउँछन् ।” उनले भने–“त्यसैले आर्थिक समृद्धि नेपाली काँग्रेस बाहेक अरुले सक्दैनन् ।

[youtube https://www.youtube.com/watch?v=WWrNoCX5OnE&w=640&h=360]