टुरिष्ट उम्मेद्वार ” को ट्याग भिराएपछि नेपाललाई अमेरिका जस्तै बनाइदिन्छु भनिचन् हाम्री कैलालीकी आरजु काकीले।

ज्वाला संग्रौला को फेसबुक स्टाटस 

“टुरिष्ट उम्मेद्वार ” को ट्याग भिराएपछि नेपाललाई अमेरिका जस्तै बनाइदिन्छु भनिचन् हाम्री कैलालीकी आरजु काकीले। अस्ति नै उतै काकीका गाँउतिरै छाउ भएका बेला गोठमा सुत्न पठाइएकी बुइनीलाई टोकेर ‘हत्या ‘ गर्ने सर्पलाई पहिला समाएर त्यस्को बिष निकालेर , दाँत खुस्काएर कारबाही गरे हुने नि बरु?।अरु केहि गर्न नसकेपनि नछुने भएका महिलाहरुलाई गोठबाट घरमा सार्ने ब्यबस्था मात्रै मिलाउदेऊ,उनीहरुको लागि अहिले त्यै काफी हुने छ।अमेरिका समेरिकाका कुइरे गन्ध सुँघाएर सोझा मान्छेलाई लठ्याउने? नाइलनको सारी ला’ र मात्र महिला भैदैन काकी , तिम्रै टोलमा अन्धविश्वास र कुरीतिका काला माकुराका जालमा दिदीबहिनी र आमाहरु जेलिइरहेका छन् ,तिनीहरुलाई कहिले मुक्त गराउने?गरिब समाजका त्यस्ता गम्भीर मुद्दा उठाउन छोडेर तिमीले आफूजस्तै सम्पन्न र महँगा युरोपियन सपना देखाउन सुहाउँछ? यसरी पुरै काउँरेस टिमको बदनाम नगर त काकी ,राम्रा काउँरेसहरु नि निक्कै छन् हाम्रा नजरमा । उनीहरुलाई लाज लाउँच के..?!!