लगन गाँठो कसेको तिन दिनमै इनिस्पेक्टर जोडीको मृत्यु : दुखद खबर

काठमाडौ –सँगै बाँच्ने सँगै मर्ने कसम खाँदै लगन गाँठो कसेकै दिन मृत्युवरण गर्नुपर्छ भन्ने कल्पना सायदै कसैले गर्न सक्ला । तर, रूकुममा मुटु कमाउने यस्तै भयावह दुर्घटनामा परेर बेहुला बेहुलीसहित सातजनाले ज्यान गुमाउनुपरेको छ।

रूकुममा शुक्रबार राति भएको एउटा सवारी दुर्घटना वैवाहिक जीवनमा बाँधिएका प्रहरी निरीक्षक नवीन श्रेष्ठ र उनकी नवविवाहित पत्नी प्रहरी निरीक्षक अनिता प्रधानले ज्यान गुमाएका छन् ।
बिहे गरेर खुसीसाथ जिवन जिउने बाचा कसम खाएका नबविवाहित जोडीको निधारको टिका समेत पुछिएको छैन । विवाह गर्न घर पुगेका जोडी हतार-हतार प्रहरी सेवामा फर्क

दै थिए ।

बिहेकै दिन बेहुला बेहुली नै मृत्युवरण गर्नुपरेको यो डरलाग्दो दुर्घटनाको समाचारले जो कोहीको मुटु कमाउँछ । पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आइरहेको ग १ ज ४२६० नम्बरको जीप मुसीकोट नगरपालिकाको वडा नं ६ साँखमा दुर्घटनामा पर्दा नवविवाहित दम्पत्तिसहित सातजनाले ज्यान गुमाएका हुन् । रुकुमकोट निवासी प्रहरी इन्सपेक्टर नवीन श्रेष्ठ र उनकी नवविवाहित पत्नी प्रहरी इन्सपेक्टर अनिता प्रधानले पनि यो दुर्घटनामा मृत्युवरण गर्नु परेको छ ।

दुर्घटनामा ७ जनाको ज्यान जिल्ला प्रहरी कार्यालय रूकुमले जानकारी दिएको छ । दुघर्टनामा परेको जीप मध्यपहाडी लोकमार्गबाट झण्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो दुर्घटनामा नवविवाहित जोडीसहित मुसीकोट नगरपालिका वडा नं। १ का जनक शाह, सुदन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ र मुसीकोट नगरपालिका वडा नं। ४ की सुधा मल्लले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा त्रिवेणी गाँउपालिका वडा नं। १ की यमुना मल्ल पनि रहेकी छन् । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल रूकुम पुर्याइएको छ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६ मा जीप दुर्घटना हुँदा नवदम्पती सहित सात जनाको मृत्यु भएको छ । रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमका लागि छुटेको ग १ ज ४२६० नम्बरको स्कारपियो जीप मुसिकोट नगरपालिका ६ डाडीगाउँमा शुक्रबार साँझ दुर्घटना भएको हो । (नारीखबर बाट साभार)