विष पिउनु अघि रविलाई भेट्न पुगिन एक चेली, रबिलाई नै ५ लाखमा किनेको भन्दै यी व्यक्तिले २ करोड ठगे भिडियो

टिम रविको पहलमा फेरि समातिए राष्ट्रघाती घुसखोरीहरु
टेलिभिजन कुनै पनि स्टुपीड नेतालाई जिरोबाट हिरो बनाउने माध्यम नबनोस

ठगी गर्नेहरुका अनेक उपायहरु हुन्छन् । त्यस्तै ठगले एउटा यस्तो उपाए अपानाए कि हामीलाई समेत मिलाएको भन्दै पिडितहरुलाई धम्काउन थालेका छन् ।

सामाखुशीमा रहेको सत्कार कन्सल्ट्यान्सीका सञ्चालक धनकुटा र मारेकटरे ३ का टिकाराम काफ्ले र निलम पौडेलले बरर्कीङ भिषामा टर्की लैजाने भन्दै संखुवासभाका जनक कार्की र अनुज बुढाथोकी सहित ४५ जना युवाहरुसँग ५/५ लाखका दरले २ करोड २५ हजार रुपयौँ लिए । आफु ठगिने हु कि भनेर शंका लागेपछि उनिहरु मध्येका एक सुजन पठाकले पैसा दिदा भिडियो पनि रेकड गरे ।

वर्कीङ भिषा भनेर पैसा लिएर उनिहरुलाई भिजीट भिषामा टर्की सम्म त पु¥याए तर काम भने लगाउन सकेन । २ महिनासम्म बस्दा हप्ता हप्तामा फरक फरक काममा लगाउने तर पैसा नदिएपछि नेपालबाटै टिकट मगाएर उनिहरु नेपाल आए । साथी भाईको समेत गरी २० लाख रुपयां टिकाराम काफ्लेलाई बुझाएका सुजनले शंखुवासभा आफु बोलेको भिडियो आफै पठाए ।

अहिले उनिहरुले आँफुहरुलाइ पठाउने सत्कार कन्सल्टेन्सीका सञ्चालक टिकाराम काफ्लेलाई पैसा फिर्ता मागिरहेका छन् । पीडितहरुले पैसा फिर्ता नदिए सिधा कुरामा जाने बताएपछि काफ्लेले रावि लामिछाने ५ लाख दिएर मिलाएको भनि म्यासेज पठाए ।

पीडितलाई उल्टो रवि लामिछानेसंगको फोटो पठाईदिने भन्दै धम्याउछन् टिकाराम काफ्ले । पीडितहरुलाई हाम्रो कार्यालय आउनबाट रोक्न काफ्लेले यसरी सिधा कुरा टिमलाई मिलाएको भन्ने गरेका रहेछन् ।

मंगलबार रुदै हाम्रो कार्यालयमा आएकी मिना आफ्नै श्रीमानबाट पीडित छिन् । मलेलिसिमा कार्यरत उनकी श्रीमानले पाईला पाईलामा उनि माथि शंका गरेपछि झोलामा विष बोकेर छटपटाई रहेकि थिइन् । ८ बर्षकी छोरीलाई सम्झेर झोलामा बोकेको बिष खान नसकेपछि उनि हाम्रो कार्यालय आएकी हुन् ।

१५ बर्षको कलिलो उमेर चितवनकै केटासँग विहे गरीन उनले । अहिले उनिहरुको ८ बर्ष कि छोरी समेत छन् । तर रोजगारीको लागि मलेशिया गएका श्रीमानले उनलाई शंका गरीरहेका छन् । आफ्नै दाजुभाईसँग बोल्दा हिँड्दा समेत अनैतिक सम्बन्ध भन्दै अनावश्यक संका गर्ने, फोनमा बारम्बार धम्काउने, सम्बन्ध विच्छेद गर्ने , मार्ने भन्दै धम्काउने, काम गर्ने हरेक कार्यालयमा फोन गरेर कामबाट निकाल्न लगाउने गरेको उनको गुनासो छ ।

विहे गरेको डेढ महिनामा विदेशीएका उनी छोरी हुर्कीसकेपछी ३ बर्षमा मात्र स्वदेश आए । नेपाल आएपछि शंका गर्ने कुटपिट गर्नेक्रम झनै बढ्यो ।

मिना आफ्नो श्रीमान छाड्न पनि तयार छिन । श्रीमान सुर्धिए संगै बस्न पनि राजी छिन् । मिना एक प्रतिनीधि पात्र हुन् । पछिल्लो समय विदेशमा वस्ने युवाहरुले आफ्नी श्रीमति माथि संका गरेकै कारण सयौको संख्यामा सम्बन्ध विच्छेद भएका छन् । न्युज24बाट

हेर्नुस आजको बेजोड भाग

बिष किनेर एक युवती सिधै हाम्रो कार्यालयमा । चौकीका प्रहरी प्रमुख ५० हजार सहित रंगेहात पक्राउ !

मर्छु भनेर बिषका प्याकेटहरु किनेपछि विष पिउनु अघि उनलाई लाग्यो एक पटक सिधाकुरा जनतासँग कार्यक्रममा जान्छु, रबि लामिछाने भन्ने मान्छेलाई भेट्छु। बाँकी कुरा आजको कार्यक्रमले बोल्छ। दह्रो मन गरी हेर्नुहोला है। (Panakhabar)