प्रकाशको यादमा श्रीमती बिना र आमा सीता चितवनमा समेत मुर्छा, माधव नेपाललाई समाल्नै गाह्रो (भिडियो सहित)

चितवनमा बाम गठबन्धनको चुनावी सभा सम्पन् भएको । प्रचण्डले आफ्नो छोरा गुमाएको २ दिन नहुदै उनी उक्त सभामा सहभागी भएका छन् । कार्यक्रममा प्रचण्डले सभामा समेत आफ्ना आँशु लुकाउन सकेनन् । पत्नी सीता दाहाल, बुहारी विना मगर, छोरीहरुसहित भरतपुरमा हुने चुनावी सभामा सहभागी हुन आएका प्रचण्ड निकै भावुक देखिन्थे । उनका अनुहारमा पीडाहरु भित्रैबाट मडारिएर आएका देखिन्थे ।
पत्नी सीतासँगै मञ्चमा बसेका प्रचण्डले बेलाबेलामा आफू सम्हालिएर पत्नीलाई सान्त्वना दिएको देखिन्थ्यो । उनलाई एमाले नेता माधव नेपालले समेत सान्तवना दिइरहेका थिए । छोरी रेणु दाहालसमेत बेला बेलामा सम्झाइरहेको अवस्थामा देखिन्थिन् । मञ्चका उद्घोषकले प्रकाशको नाम लिँदा प्रचण्ड, सीता र उनको परिवार भक्कानिन्थ्यो ।
[youtube https://www.youtube.com/watch?v=FavpRud5T8s&w=640&h=360]