प्रकाशपछि पाख्रिनलाई ह्दयघात ! प्रकाशकै श्रद्धाञ्जली सभामा गीत गाउँदा गाउँदै स्टेजमै गयो प्राण

बामगठबन्धनको चुनावसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जलीसभामा गीत गाउन चितवनमा गएका जनकलाकार खुसीराम पाख्रिनको मृत्यु भएको छ ।
गीत गाएर पाख्रिन मञ्चमा बसेका थिए । उनले ‘उठ जाग यूवा’हरु बोलको गीत गाएर यूवाहरुलाई उत्साहीत बनाएका थिए ।
त्यसपछि उनी मञ्चमा बसे । त्यसको केहीबेरपछि उनले अफ्ठारो भयो भन्दै असहजिलो माने । लगत्तै ढले । लगत्तै उनलाई अखिल क्रान्तिकारी पूर्व उपाध्यक्ष गोपाल न्यौपानेलगायतका माअ‍ोवादीका स्थानीय नेताले अस्पताल लगे । अस्पताल जाँदाजाँदै पाख्रिने बाटो वान्ता गरेका थिए । न्यौपानेका अनुसार उनको शरीर चिसो भैसकेको थियो । उनी अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो ।
थप भिडियोबाट हेर्नुहोस्
[youtube https://www.youtube.com/watch?v=0hr1VlxcbvI&w=640&h=360]