दुखद खबर : चर्चित लोकदोहोरी गायक सागर बोहराको रहस्यमय निधन

काठमाडौं ।

चर्चित लोकदोहोरी गायक सागर बोहराको रहस्यमय तरिकाले निधन भएको छ । दर्जनभन्दा बढी गीतमा अाफ्नाे गला दिएका गायका सगर उनका भतिजहरु विदेश जान लागेको बेला भेटघाटका लागि भनेर कोठामा जाँदा मृत अवस्थामा भेटिएका हुन् ।

कोठाको ढोका खुलै भएको र उनी सुतिरहेकै अवस्थामा मृत भेटिएकाे पारिवारीक स्राेतले जनाएकाे छ ।

उनको शवलाई प्रहरीहरुले मुचुल्का उठाउएकाे छ । फोक्सो, लिभर र प्रेसरको समस्याले ग्रसित भएको फेला पारेपछि गायक गणेश जिसी, जुनु पुन लगायतले उपचारका लागि काठमाडौं ल्याएका थिए ।

केही समय अघि मात्र काठमाडौंको धापासीस्थित ग्राण्डी हस्पिटलमा उपचार गराएपछि सामान्य रुपमा फर्किएका गायक बोहराले काठमाडौंको गणेशस्थान नजिकै डेरा लिएर बस्दै आएका थिए ।

सागर अाफ्नाे स्वास्थ्य स्थिति सामान्य रुपमा आएपछि बसपार्कमा कामसमेत गर्न थाले थिए । गायक बोहरा एक्लै भएका कारण पुनः मादकपदार्थ सेवन गर्न थालेकाले निधन भएकाे हुनसक्ने प्रहरीकाे अनुमान छ । तर उनकाे मृत्युबारे थप अनुसन्धान भइरहेकाे प्रहरीकाे भनार्इ छ

गायक बोहराका कहिले माया लाउँदै, न्याउली जस्तै रुन्छु, अर्कैले सिन्दुर भरेको, बुटवल पोखरा लगायत जस्ता चर्चित गीतहरु बजारमा छन् ।

सुमधुर स्वरका धनी गायक बोहरा लामोसमय गाउँमा नै गुमनाम भएर बसेका थिए ।

(इमान्दारमिडियाको सहयोगमा)
सागर बोहराको सम्झनामा यो गित :