नेपालका पाँच गायिकाहरु जो सुन्दरतामा नायिकाहरुलाई पनि टक्कर दिन सक्छन !!

दस्तावेज, मंसिर १ गते शुक्रवार, २०७४ – नायिकाहरुको सुन्दरतालाई धेरैले मुल्यांकन गरेको पाईन्छ । अभिनेत्री भनेको त राम्रो अभिनय र सुन्दरता भएको हुनुपर्छ भन्ने मान्यता धेरैको छ । नायिकाको बारेमा यस्ता कुराहरु हुनु सामान्य मानिन्छ । तर कहिले काही गायिकाहरुको पनि आवाज भन्दा रुपको चर्चा भएको पाईन्छ । फलानो गायिका कती राम्री ,त्यस्तो पो हुनुपर्छ त भन्ने कुराहरु पनि सुन्न पाईन्छ । आज हामी नेपालका पाँच सुन्दर आवाज भएका गायिकाहरु जसको सुन्दरता पनि कम छैन र चाहे भने नायिकाहरुलाई पनि टक्कर दिन सक्छन् । उनीहरुको बारेमा चर्चा गर्दैछौ ।

ईन्दीरा जोशी

गायिका ईन्दीरा जोशीले आफ्नो कामबाट दर्शक र श्रोताको मन छोटो समयमा नै जितीन् । नेपाली तारा २ मा भाग लिएर उत्कृष्ठ पाँचमा परेकी ईनदीरालाई नेपाली ताराले नै तारा बनायो । टुट्यो तारा आकाशमा उनले करियरको सुरुवात तिर गाएको गीत थियो जसले उनलाई गायिकाको रुपमा स्थापित हुन सहयोग गरेको थियो । त्यसपछि उनले दर्जनौ गीतहरु गाईन् । उनको आवाजमा रहेका उध्रेको चोली, चौबन्दी चोली निकै चर्चामा रहे । हाल ईन्दीरा अनगिन्ती प्रशंसकहरु बनाएकी छिन् । उनी धेरैकी मन पर्ने गायिका हुन् । धेरैले उनीमा गायिकामा हुन पर्ने सबै गुण भएको बताउँछन् । उनको आवाज र सुन्दरता दुवैमार्फत उनले दर्शक श्रोताको मन जितेकी छिन् । आफ्नो आवाज मार्फत उनी सबैलाई लठ्ठ बनाउँछिन् । पछिल्लो समयमा उनी गायनका साथसाथै मोडलिङमा पनि जमेको पाईन्छ । फन्कोमा उनले एक गीतमा आईटम डान्स पनि गरेकी छिन् । जुन गीतमा उनको आफ्नै आवाज छ ।

मेलीना राई

झट्ट हेर्दा कोरियन अनुहार जस्तो लाग्छ गायिका मेलीना राईको अनुहार । उनको आवाजमा लठ्ठीने त थुप्रै छन् तर उनको सुन्दरता देखेर लोभीनेहरुके सङया पनि कम छैन । पछिल्लो समयमा नेपाली पाश्र्व गायनमा जमेकी मेलीनाले दर्जनौ गीतहरु गाएकी छिन् । उनका प्राय गीतहरु चर्चामा छन् । नोभेम्बर रेनको पल भरमै खुसी , हाउ फन्नीको सिरैमा सिरबन्दी लगायतका गीतहरु चर्चामा रहे । त्यस्तै उनले गाएको अर्को चर्चित गीत हो बाटो फेरेउ अरे । अहिलेका युवा पुस्ताको लागी उनी युथ आईकन बनीसकेकी छिन् । गायिकाको रुपमा स्थापित भएकी मेलीनाको सुन्दरता कुनै अभिनेत्रीको भन्दा कम छैन । यदि नायिकाको लागी अभिनय क्षेत्रमा प्रवेश गरिन् भनेपनि उनले सफलता पाउने सकेंत देखीन्छ ।

रेखा शाह

बेलाबेलामा विवादमा आउने गायिका हुन् रेखा शाह । केहि समय अघि मात्रै उनी ठगीको आरोपमा पक्राउ परेकी थिईन् । सिमसिमे पानीमा बाट चर्चीत भएकी उनी आफ्नो गीतहरुमा आफै अभिनय गर्छीन् । रेखाको सिमसिमे पानीमा बोलको गीतलाई नेपाली लोक संगीतमा सदावहार गीत पनि भनिन्छ । । उनको आवाजले व्यवसायिकता लिन नसकेपनि मोडलिङबाट उनी चर्चित छिन् । उनको सुन्दरतासँगै उनमा एक अभिनेत्रीमा हुनुपर्ने गुणहरु झल्कन्छन् । यदि अभिनयमा आएपछि उनले सामान्य अभिनेत्रीहरुलाई भने पछार्ने सम्भावना बलियो देखिन्छ ।

आस्था राउत

बोल्ड आवाजको लागी चिनीने गायिका हुन् आस्था राउत । उनले गाएको सालको पात , चौबन्दीमा पटुकी , ब्यथा भुलेर आउ आउ लगायतका दर्जनौ गीतहरु चर्चित छन् । आफूले गाएको गीतलाई दर्शक श्रोताले मन पराएपछि उनी नेपालमा मात्रै नभयर बिदेशका धेरै स्टेज कार्यक्रमहरुमा ब्यस्त हुन थालिन् । अहिले एल्बम देखी स्टेजसम्म ब्यस्त आस्थाको सुन्दरता पनि कुनै अभिनेत्रीको भन्दा कम छैन ।

मिलन अमात्य

गायिका मिलनको सुन्दरताको प्रशंसा जती गर्यो त्यति नै कम हुन्छ । धेरैले उनलाई क्युट भनेर भनेको पनि सुनिएको छ । आज भन्दा लगभग ६ बर्ष अघि गायन सुरु गरेकी मिलनलाई पहिलो एल्बम निकालेपछि करियरलाई पछि फर्केर हेर्नु परेन । पहिलो एल्बम बजारमा ल्याएपछि नै उनी निरन्तर अघि बढ्ने अवसर पाईन् । जैलेसम्म संसारमा रहन्छन् घाम जुन तारा उनको पहिलो एल्बमको शीर्ष गीत थियो । यहि गीतले उनको जीवनलाई नै बदल्यो भन्दा फरक पर्दैन । त्यसगीतमा उनको आवाजलाई मन पराएर धेरैले उनलाई गीत गाउने अफर दिए । उनी अहिले पाश्र्व गायनमा जमेकी छिन् । हालसम्म मिलनले मिलनले दर्जनौ सिनेमा र एल्बमहरुका गीतमा आवाज दिएईसकेकी छिन् ।

साभार : दर्पण नेपाल