रातै रात नेपाली कांग्रेसको चुनाबी गित गाएर हिट हुने युवा को हुन् ? भिडियो सहित !!

बाम गठबन्धनलाई पराजय भोगाऔं…..
नुवाकोट क्षेत्र नं १ का बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाको उमेदवार हित बहादुर तामाङ तपाईकोमा भोट माग्न आउँदा यी प्रश्न सोध्नु होस:-
१.नेकपा एमाले संगै पार्टी एकता गर्ने सोच नै माओबादीमा थियो भने किन जनयुद्धका नाममा सोझा सिधा जनतालाई बलीको बोका बनाएर १७ हजार भन्दा बढिलाई मार्ने मराउने काम गरीयो भने किन हजारौ महिला दिदिबहिनीहरूको सिन्दुर पुछियो?

२.२०५२ साल देखि २०६२/६३ सम्म तपाईले अनुशरण गर्नु भएको जनयुद्धले तत्कालिन श्री ५ को सरकारले ल्याएको बजेटलाई लागु गर्न नदिई देशको बिकासलाई किन ५० बर्ष पछाडी धकेल्नु भयो।
३.जनयुद्धको नाममा किन सरकारी तथा निजी भौतिक संरचना ध्वस्त गराईयो?
४.नुवाकोट जिल्ला क्षेत्र नं १ अन्तर्गत सुर्यगढी गाँउ पालिका र लिखु गाउँ पालिकाका नागरीकहरू चाहे त्यो माओबादी होस वा सरकारी र सर्वसाधरण जनता किन नहोस यी ब्यक्तिहरू उत्तम अधिकारी,गोपाल अधिकारी,बद्री ढकाल ,नवराज ढुंगाना,बिष्णु प्रसाद अधिकारी लगाएतका ब्यक्तिहरूलाई चरम यातना दिई किन मृत्यु दण्ड दिईयो।आजको दिन सम्म पनि मृतक बिष्णु प्रसादका परीवारले शव नपाउनुको कारण के ?
५.२०६४ सालको संबिधान सभा चुनावमा नुवाकोट क्षेत्र नं २ बाट तपाई प्रति निधि सभाको उमेदवार हुनु हुन्थ्यो।तपाईकै पार्टीको बहुमत पनि आयो तर सरकार तपाईको पार्टीको मातहातमा रहदा पनि तपाई झिंगाको टाउँको जतिको पनि बिकास गर्न सक्नु भएन आखिर किन? के तपाईको केन्द्रिय स्तरमा पहुँच नपुगेरै हो त ?
६.डा.रामशरण महतको पालामा निर्माण भएका भौतिक संरचनाहरूको तपाईलाई पूर्ण रूपमा ज्ञान हुँदा हुँदै पनि किन नुवाकोट बासी जनताको आखाँमा छारो हाल्ने काम गर्दै हुनु हुन्छ?
७.बिद्यालय,स्वास्थ्य चौकी,बिजुली बत्ति,खाने पानी,सिचाई र सडक निर्माण नुवाकोटमा माओबादीले गरेको हो की काँग्रेसले?
८.नुवाकोटका यूवाहरूलाई बिदेश पलायन गराउने प्रमुख योजनाकार तपाईहरू नै हुँदा पनि किन दोष चाहि काँग्रेस र डा.महतलाई?
९.बिगतका बर्षहरू देखि नै ककनी आसपासका क्षेत्रहरूमा स्टवेरी खेती र ट्राउट माछा पालन भई रहेको र त्यस क्षेत्रका उद्धमीहरू सन्तुष्ट नै भई रहेको अबस्थामा कृषि क्रान्तिको नारा दिएर भाषण छाटि रहनुको कारण के होला?कृषि क्रान्ति नै गर्ने भए जन क्रान्ति किन गर्यौ कमरेड?
१०.नुवाकोटका सबै जात जातिका भाई बहिनीहरूले कलम समातेर पढ्नु पर्ने अबस्थामा जनक्रान्ति र जनयुद्धको नाम दिएर ती कलिला भाई बहिनीहरूको कलम कापी समाउने हातमा बम बारूद र बन्दुक समाउन दिनु भयो।जसको परिणाम आज ती बिगतमा जनयुद्धमा होमिएका भाई बहिनीहरू ३०/३५ बर्षको उमेरमा कम शिक्षा कै कारण खाडी मुलुकमा बिदेशीको गुलामी बन्नु परेको छ।अब तपाई नै भन्नु होस यस अबस्थाको दोषी को?
नुवाकोटका जनता संग यस्ता प्रश्नहरू थुप्रै छन।यी प्रश्नको सहि जवाफ दिएर जनताको मन र भावना जित्न सक्नु भयो भने परीणाम सकरात्मक पनि आउन सक्ला तर यदि तपाईहरूको पुरानै पारा हो भने पराजय निश्चित छ।
जय नेपाल।