प्रकाशको प्राकृतिक मृत्युभन्दा पनि हत्या भएजस्तो लाग्यो – प्रचण्ड

काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । बुबा प्रचण्डले दागवत्ती दिएका थिए ।

प्रकाशको पार्थिव शरीर नर्भिक अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीको लागि पार्टी कार्यलय पेरिसडाँडामा लागिएको थियो । प्रकाशको निधन विहानै भइसकेको भएपनि बुबा प्रचण्ड झापाबाट काठमाडौँ ढिला पुगेका कारण दिउँसो मात्रै औपचारिक रुपमा घोषणा गरिएको थियो ।

चुनावी कार्यक्रम छोडेर प्रचण्ड झापाबाट हेलिकोप्टर चढेर काठमाडौँ आएका थिए । प्रचण्ड काठमाडौँ पुगिपछि आफ्नै निवास लाजिमपाटमा प्रहरी प्रमुख र पार्टीका केही नेताहरुसँग छलफल गरेका थिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धन विभागका प्रमुखसँगको छलफलमा प्रचण्डले छोरा प्रकाशको हत्या भएको हुन सक्ने भन्दै छानविन गर्न भनेका थिए ।

प्रचण्डले बोलाएपछि नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल, सशस्त्रका सिंहबहादुर श्रेष्ठ तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई निवासमै बोलाएर निधन नभई हत्या भएको हुन सक्ने आशंका गर्दै छानविनका लागि निर्देशन दिएका हुन् ।

अध्यक्ष प्रचण्डले शनिबार साँझ प्रकाशले आफूसँग फोनमा कुरा भएको भन्दै आइतबार चितवन जाने जानकारी गराएको समेत प्रहरी प्रमुखलाई बताएका थिए ।

शरीरका केही भागमा चोट लागेका कारण प्रकाशको मृत्यु रहस्य भएको माओवादी केन्द्रका नेता-कार्यकर्ताहरु बताउँछन् ।

आइतबार बिहान साढे ५ बजेपछि अचेत अवस्थामा उनलाई परिवारजनले नर्भिक पुर्याएका थिए । अस्पताल पुर्याउनु भन्दा ३ घण्टा पहिले नै उनको मृत्यु भइसकेको नर्भिक अस्पतालले प्रष्ट पारेकाे छ।

(इमान्दारमिडिया)