Friday , October 20 2017
Breaking News

बाबुरामले जुत्ता खाँदा तिन हात माथी उफ्रनु पर्दैन नेताज्यु ! तपाईकोनी पालो आउँदै छ- महेश नेपाल

महेश नेपाल

एक समयको सारा नेपालीको रोल मोडेल, आशा अनि भरोसाको एउटा केन्द्रको नाम हो डा. बाबुराम भट्टराई । माओवादी हिट हुनुमा उनको महत्वपुर्ण स्थान थियो र छ । माओवादीमा प्रचण्ड पनि छन भनेर कसैले बिस्वास गर्दैन थिए । यदि कसैले बिश्वास गर्थे भने धेरैले भन्थे प्रचण्ड भनेका बिरेन्द्र हुन । अनि अझ धेरैले भन्थे प्रचण्ड भनेको ज्ञानेन्द्र हो, राज संस्थाले नै माओवादी चलाईरहेको छ । यस्तै कुराहरु आम मानिस सोच्थे र चिया चौतारी, गाउँघरमा यस्तै बहस हुन्थे । माओवादीमा पनि राम्रा मान्छे छन भनेर बिश्वास गरिन्थ्यो भने बाबुरामले माओवादिको प्रतिनिधित्व गर्थे ।

धेरैले भन्थे बाबुराम डाक्टर रे, अमेरिकाले  बाबुराम भट्टराईलाई अमेरिकामै बस गरिब देशम गएर के गर्छस? हामी यहिँ जे चाहन्छस त्यही सुख सुबिधा दिउँला । तर उनले मानेनन र फर्कीए नेपाल र होमिए राजनितिमा । यो कुरामा कति सत्यता छ भट्टराई नै जानुन । यी आम मानिसले सुनेका र जनजिब्रोमा अहिले सम्मनी रहेको कुरा मैले ओकलेको हुँ । हजारौं मान्छे मर्दा, बिहान हिँडेको मान्छे बेलुकी फर्कन्छकी फर्कदैन भन्ने त्रासले हरेक मानिस पिडित भैरहँदा पनि एउटा झिनो आशा माओवादी प्रती सँधै रहन्थ्यो आम मनिसको ।त्यो आशाको नाम हो बाबुराम भट्टराई । उनी नेपालको प्रधानमन्त्री भए देशको लागि केही गर्छन र माओबादीमा नी पढेलेखेका बुद्धिजिवी मान्छे छन भनेर बिश्वास गर्थे हरेक मानिसले उनै बाबुरामकै कारणले ।

तिनै माओवादी १० बर्षको लामो गृहयुद्द पश्चात् शान्ती सम्झौता मार्फत नेपाली राजनितिको मुलधारमा आए र उसले आफ्नो हरेक एजेण्डा हरु पास गराएरै छाड्यो । संविधान सभाको चुनाव उसको मुख्य एजेण्डा थियो । उसले यो चुनाब पनि गराएरै छाड्यो र त्यस चुनावमा माओबादी सबै भन्दा ठूलो दल बन्न सफल पनि बन्यो । भलै जनताले डरले, सुध्रेलान कि माओवादी भनेर, काटमार नगर्लान कि , देशमा शान्ती आउलाकी भनेर या जुनसुकै कारण जिताएर पहिलो बनाएका किन नहुन । माओबादी पार्टीका उनै  बाबुराम भट्टराई अर्थमन्त्री भए पछि प्रधानमन्त्री पनि भए । उनी प्रधानमन्त्री भएको बेलामा पहिलो संबिधान सभाले संविधान जारी गर्न सकेन र फेरि अर्को चुनाव गर्न परेको सर्वबिदितै छ ।सरकारमा हुँदा उनले गरेका प्राय कामहरु चर्चित नै भए र दिर्घकालिन महत्वकै कामहरु उनले गरे ।

भारतिय एजेण्टको  रुपमा आरोपित ब्यक्ती बाबुरामले पुर्व पश्चिम रेलमार्गको अवधारणा, फाष्ट ट्र्याक, राजधानिको बाटो बिस्तारय अर्थमन्त्री भएर सर्वाधिक राजस्व संकलन  गरे । भारत चिन बिच समदुरीको नीति लागू गर्न चिनसंगको नाका खोल्न तदारुकता देखाए । हिमाल पहाड जोड्न मध्यपहाडी लोकमार्ग निर्माण थाले । पोखरा र बाराको निजगढ बिमानस्थललाई अन्तराष्ट्रीय विमानस्थल बनाउन कार्य अगाडि बढाए । नेपाली उत्पादनलाई प्रोत्साहन गर्न नेपालमै बनेको मुस्ताङ गाडी चढे । बुढी गण्डकी १२०० मेघावाट जस्ता जलविद्युत आयोजना नेपाली लगानीमा नै बनाउनुपर्छ भन्दै प्रकृया अगाडि बढाए । पश्चिम सेती लगायत एक दर्जन भन्दा बढी मेघा प्रोजेक्टको थालनी गरे ।

सत्र वटा राष्ट्रीय गौरबका योजना पहिचान गरि कार्यान्वयन गरे । गरिबको पहिचान गरी परिचयपत्रको ब्यवस्था गर्ने अभियानको सुरुवात गरे । कृषीलाई उच्च प्राथमिकतामा राख्दै बैँक तथा बित्तिय संस्थाबाट १०% ब्याजमा कर्जा प्रवाह नीति कार्यान्वयन गरे । छापा र वैद्युतिय सञ्चार माध्यमलाई समानुपातिक बिज्ञापन बितरण प्रणालिको सुरुवात र सञ्चार क्षेत्र तथा पत्रकार्हरुलाई राहत कार्यक्रम ।  हेलो सरकार, जनता सँग प्रधानमन्त्री, जनताको घरमा प्रधनमन्त्री लगायत चर्चित कार्यक्रमको सुरुवात गरे । तर उनी एउटा कुरामा भने नराम्ररी बिवादीत बने भारत संग भएको बिप्पा सम्झौता मार्फत । त्यसपछी उनलाई भारत परस्तको आरोप लाग्न थाल्यो, बाबुराम डाक्टर हैन रहेछन हराम रहेछन पनि धेरैले भन्न थाले । यो आरोप अहिले सम्म आईपुग्दा त झनै व्यापक भएको छ ।

अब सवाल उठ्छ । यति धेरै काम गर्ने र चर्चित मान्छेलाई किन जुत्ता हानियो । सिधा उत्तर छ जनताले अपेक्षा गरिको जत्ती काम राजनितिक नेतृत्वले गर्न सकेनन । जनताको मनमा राजनिती प्रती तिब्र बितृष्णा छ । विश्व नियालेर हेर्दा दुई चार बर्षमै देशको आमूल परिवर्तन भएको देखेका जनताले नेपालमा पचासौँ बर्ष देखि सँधै राजनितिक खिचातानी र एक आपसमा दोषारोपण मन पराउने कुरा भएन । भाषण चिल्ला गर्ने, बिदेशी प्रभुको पाउ पर्ने र उनिहरुकै योजना अनुसार मुलुकलाई अन्धकार तर्फ धकेल्ने यो तितो यथार्थता सचेत नागरिकले कसरी पचाउन सक्छन र ?

हो नेताहरु हामिले सोचे जति राम्रा नहोलान । र सोचेजती नराम्रा पनि त नहोलान तर ब्यक्ती पिच्छे फरक फरक बुझाई क्षमता त अवश्य हुन्छ । जसलाई ब्यक्तिगत रुपमा बढी रिष उठ्यो उसले आफुलाई कन्ट्रोल गर्न सकेन र हन्यो जुत्ता । बाबुरामलाई जुत्ता हान्नु पहिलो घटना अवश्य पनि हैन बिगतमा झलनाथ खनाल, प्रचण्ड, स्व. शुशिल कोईराला र रामचन्द्र पौडेल लगायतले पनि जुत्ता, चप्पल, कुर्सी र झापड खाईसकेका छन । दलहरुको, नेताहरुको बानी नसुध्रीए यो शृङ्खला अझै बढ्ने छ घट्ने छैन ।

त्यसैले   कसैलाई जुत्ता बर्साउँदा तीन हात माथी उफ्रेर खुसियाली मनाउनुभन्दा यी यस्ता घटनाहरुबाट नेताहरुले पाठ सिक्नु जरुरी छ, सुध्रीनु अत्यावश्यक छ । अहिले त झन देश संघियताको बहसले निकै तातेको छ र संबेदनशिल बनेको छ । यस बेलामा झन नेताहरु निकै सजग हुनुपर्ने अवस्था छ  । राष्ट्र भन्दा ठूलो केही हैन रहेछ । देशको लागि मान्छेले पार्टी धर्म, जात र रँग हेर्दैन । देश भन्दा प्यारो चिज के छ ? राष्ट्रीयताको बिषयमा हरेक नेता संबेदनशिल हुन आवश्यक छ  । सबिले लिडे ढिपी गर्नु भन्दा, सत्ता लिप्साको लागि बिदेशिको स्वार्थ पुर्ती गर्नुभन्दा राष्ट्रको हितकी लागि सबै जना हातेमालो गर्दै अगाडि बढ्नु आवश्यक छ ।

जय देश  !!!

बाबुरामले जुत्ता खाँदा तिन हात माथी उफ्रनु पर्दैन नेताज्यु ! तपाईकोनी पालो आउँदै छ- महेश नेपाल

Leave a Reply