प्रकाशको मृत्युबारे नर्भिकले गर्‍यो यस्तो खुलासा (भिडियोसहित)

प्रचण्ड पुत्र प्रकाश दाहालको निधन अस्पताल ल्याउनुभन्दा ३ घण्टा अगाडी भएको नर्भिक अस्पतालले खुलासा गरेको छ ।

माओवादी अध्यक्ष प्रचण्ड अस्पताल पुगेपछि चिकित्सकहरुले प्रकाशको निधनबारे औपचारिक जानकारी दिदै अस्पतालले ‘आकस्मिक हृदयघात’बाट उनको निधन भएको बताएको छ ।

नर्भिक अस्पतालका डा. यादव भट्टका अनुसार प्रकाशलाई विहान साढे ५ बजे अस्पताल ल्याइ पुर्‍याइएको थियो, जतिबेला उनको पल्स थिएन भने हात चिसो र शरीर केही कडा भइसकेको थियो ।

चिकित्सकहरुले विहान ६ बजे मृत्यु भएको घोषणा गरेका थिए । त्यसअघि सबै जााच गरिएको थियो । अस्पताल ल्याउनु करिव ३ घन्टा अघि नै प्रकाशलाई आकस्मिक हृदयघात भएको चिकित्सकहरुको अनुमान छ ।

चितवनमा रहेका प्रकाश अस्वस्थ रहेकाले बाबु प्रचण्डसँग झापा नगई काठमाडौं आएका थिए । पारिवारिक स्रोतका अनुसार शनिबार राति ८ बजे तिर उनले आफूलाई ज्वरो आएको बताएका थिए । कञ्चापुर १ मा उम्मेदवार भएका कारण पत्नी विना पनि काठमाडौंमा थिइनन् ।

घरमा आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए । बेलुका आमा र भाञ्जीहरुसँग बसेर खाना खाएका प्रकाश आइतबार बिहान चााडो नउठेपछि आमा सीता दाहाल हेर्न जाादा अचेत अवस्थामा भेटिएका हुन् ।

लगतै उनलाई सन्तु दराई (परवाना) लगायतले गाडीमा राखेर नर्भिक अस्पतालमा पुर्‍याएका थिए । दाहालकाे शब माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिडाडा ल्याएको छ । प्रकाशको निधनपछि प्रचण्ड परिवार शोकमा छ ।

(इमान्दारदार मिडियाबाट)