Tuesday , August 22 2017
Breaking News

पन्चेबाजा भाकामा नयाँ गीत ‘सिन्दूर पोते’ सार्बजनिक (भिडियो सहित)

काठमाडौं । पन्चेबाजाको धुन मन नपर्ने नेपाली कमै छन् । विशेष गरि विवाहको सिजनमा त पञ्चेबाजाको चर्चा पनि निकै धेरै हुन्छ । बिहेकै मौसम पारेर पञ्चेबाजाको धुनमा नेपाली लोकसंगीत पनि बजारमा धेरै निस्कने गर्छन । अहिले बिहेको सिजन चलिरहेको छ । यही मौकामा चर्चित गायिका देबी घर्ती र गायक सूर्य खड्काको स्वरमा पन्चेबाजाको धुनमा नयाँ म्यूजिक भिडियो बजारमा आएको छ ।

‘सिन्दूर पोते पराईको लाउन परेनी
बिर्स–बिर्स सानु नभन मायाले मेटिदैंन तिम्रो याद म आफैं मरेनि’ गणेश अधिकारीको संगीत रहेको गीतलाई घर्ती र खड्काको सुमधुर स्वरले थप उत्कृष्ट बनाएको छ । पन्चेबाजाको उत्कृष्ट झझल्को दिने बिपिन घिमिरेको शब्द रहेको गीतमा शब्द अनुसारको अभिनयले भिडियो हेर्न लायक बनेको छ । भिडियोमा आशा खड्का र बिपेश घिमिरेले जीवन्त अभिनय गरेका छन् ।

गीतको म्यूजिक भिडियो निर्देशन बबिता श्रेष्ठले गरेकी छन् भने मुकेश हुँमागाईको छायाँकन रहेको छ । रमित ओलीको सम्पादनमा तयार गीतको म्यूजिक भिडियो म्यूनिक नेपालले बजारमा ल्याएको हो ।

Leave a Reply