Sunday , November 19 2017
Breaking News

कमाण्डो टोलीसहित नेकपाका जनसेना गाउँ पसेको हल्लापछि लमजुङमा आतंक : बिस्तृत जानकारी सहित

लम्जुंग :

आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन नजिकै जाँदा निर्वाचनका पक्षमा र निर्वाचनका बिपक्षमा उतिकै तिब्रताका साथ गतिविधि र तिनका प्रचारहरु भइरहेका छन् ।

निर्वाचन जति-जति नजिकै छ त्यति नै मिडिया युद्द पनि तिब्र बन्दै गइरहेको छ । एकथरी मिडियाले निर्वाचन बिरोधि गतिविधिका सूचना लुकाएर केवल निर्वाचनका पक्षमा मात्र प्रचार बाजी गरिरहेका छन् भने अर्को थरी मिडियाले सत्यतथ्य दुवै थरी समाचारलाई उतिकै प्राथमिकताका साथ प्रकाशन/प्रशारण गरेका छन्।

केहिदिन यता निर्वाचनका पक्षमा पैतालादेखि टुप्पीसम्मको बल लगाएर मिडिया युद्द सञ्चालान गरिरहेका केही मिडिया हाउसले विप्लव नेतृत्वको नेकपा तिर इंगित गर्दै समाचारहरु प्रकाशन गर्ने र निर्वाचन बिरोधी गतिविधिको दोस जबर्जस्त नेकपाको टाउकोमा थोपर्ने दुस्प्रयास गरिरहेका छन्।

देशभरी उम्मेदवार र संसदवादी दलहरुका नेताहरुमाथि बम हमला र गोली प्रहार हुन थालेपछि आतंकित बनेको नेपालको सुरक्षा निकाय र राजनीतिक दलले योजनाबद्धरुपमा यसरी प्रचार युद्द सुरु गर्न केही मिडियाहरुलाई उक्साएको देखिएको छ ।

आज फेरी ब्याटल ग्राउण्ड ह्याचट्याग दिदै नेपालको एक नाम चलेको अनलाइनले नेकपा नेतृ तथा पूर्व सभासद सावित्रा दुरा ‘आस्था’सहितको लडाकु टीम लमजुङ पसेको र यसले देब गुरुङमाथि सुरक्षा थ्रेड बढेको भन्दै प्रहरी प्रसाशनलाई नेतृ आस्थाको खोजी गर्न र गिरफ्तार गर्ने बाताबरण बनाउन पहल गरिरहेको छ ।

उक्त अनलाइनले लेखेको छ -‘पूर्व सांसदसहित विप्लव माओवादीका दर्जनभन्दा बढी लडाकु लमजुङ पसेको खबर सुरक्षा निकायको कानमा परिसकेको छ । केही दिनअघि नै सविन ओलीको कमान्डमा केही युवाहरू लमजुङका विभिन्न गाउँमा घुमिरहेको सूचना पाएसँगै जिल्ला प्रहरी कार्यालय लमजुङले माओवादी नेता देव गुरुङको सुरक्षामा विशेष सतर्कता अपनाएको थियो ।’

उसले अझै अगाडी लेखेको छ- ‘वाम गठबन्धनको तर्फबाट लमजुङबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका पूर्वमन्त्री देव गुरुङलाई टार्गेट गरेर पूर्व सांसद सावित्री दुराको कमान्डमा मङ्गलबार एक दर्जन युवा लमजुङ पुगेका छन् ।’

यो हल्लापछि जिल्ला सुरक्षा समितिले गुरुङलाई तीनजना अङ्गरक्षक उपलब्ध गराएको छ । जिल्लाबाट खटिएका तीनजना बाहेक प्रहरी प्रधान कार्यालयले अरू दुईजना प्रहरी खटाएको समाचारमा जनाइएको छ।

त्यस्तै उक्त समाचारमा नेकपाको पोलिटब्युरो बैठकबाटै गण्डक क्षेत्रमा तीनजना नेतामाथि भौतिक आक्रमण गर्ने निर्णय गरेको बनावटी कहानी बनाउदै समाचार सम्प्रेषण गरेको छ । तर यो सबै एक प्रकारको कपोकल्पित र पित पत्रकारिता गर्ने समुहको प्रचार प्रपोकाण्डा मात्र भएको नेकपाकी नेतृ आस्थाले बताएकी छन् ।

उक्त अनालानको समाचार बनावटी कहानी हो भन्ने यो वाक्यले प्रमाणित गर्छ । हेर्नुहोस् उक्त अनलाइनमा प्रकाशित समाचारको एक अंश जस्ताको त्यस्तै – (प्रहरी स्रोतअनुसार लमजुङका लागि १२ जना विप्लवका लडाकु पोखरा हुँदै त्यसतर्फ प्रस्थान गरेका थिए । ‘विप्लवको टार्गेट माओवादी र एमाले मात्र हो’– एक सुरक्षा अधिकारीले भने– ‘काङ्ग्रेसमाथि टार्गेट गरेको देखिँदैन ।’)

उक्त अनलाइनले केही नेकपा कार्यकर्ता, नेताहरुका नाम नै उल्लेख गरेको छ। जुन कुरा व्यक्तिको गोपनियताको अधिकार हननसँग जोडिएको छ । यसरी अप्रमाणित रुपमा व्यक्तिका नाम नै उल्लेख गरेर समाचार प्रकाशन गरी निर्वाचनका पक्षमा र नेकपाका बिपक्षमा प्रचार युद्द संचालन गर्नुले नेपालका मिडिया कति हदैसम्मको कठपुतली छन् प्रमाणित हुन्छ । यसले मिडिया स्वन्त्र हुन्छन् भन्ने कथनको खिल्ली उडाएको छ ।

यसरी बाम गठबन्धनको मुखपत्रका रुपमा आफुलाई स्थापित गर्दै केही अनलाइन र पत्रपत्रिकाहरूले समाचारहरु सम्प्रेषण गर्न थालेपछि लमजुङका केहि मतदान स्थलहरूलाई अति संवेदनशील घोषणा गरिएको छ । बाक्लो प्रहरी परिचालन गरी मतदाताको मनमा झन त्रास फैलाइएको छ।

इमान्दारमिडिया

Leave a Reply