Sunday , November 19 2017
Breaking News

सनसनीपूर्ण भविष्यवाणी कुन नेताले चुनाव जित्दैछन र कुन नेताले हार्दैछन् ? (भिडियो हेर्नुहोस)

सामाजिक संजाल फेसबुक र ट्विटरमा बहु चर्चित नाम हो मुकुन्द घिमिरे । सबैले मुकुन्दे भनेर चिन्ने मुकुन्द घिमिरे केहि बर्ष अगाडिसम्म सत्नपार्कको रुखमाथि बसेर भाषण गर्ने गर्थे । रत्नपार्कलाई सरकारले व्यवस्थापन गरे संगै रत्नपार्कलाई छाडेका मुकुन्दे हिजोआज फेसबुक र ट्विटरमा मज्जाले जमेका छन् । सामाजिक संजाल फेसबुकमा मुकुन्देको २ वटा आईडि मध्ये एउटामा फ्रेण्ड लिमिट भन्दा धेरै २० हजार ६ सय र अर्को आईडिमा २४ हजार ७ सय २ जनाले मुकुन्देलाई फलो गरेका छन् । ट्विटरमा भने मुकुन्देलाई २६२ K ले फलो गरेका छन् ।

मुकुन्देका कुराहरुलाई अधिकांशले मनोरन्जनको रुपमा लिएपनि बेला-बेलामा सत्य सावित पनि हुने गरेको छ । केहि समय अगाडिको स्थानिय चुनावको समयमा मुकुन्देले भनेका थिए ” मधेशको चुनाव पछाडि माओवादी केन्द्रका अध्यक्षले आफ्नो पार्टि विघटन गर्छन्” भनेर भनेका थिए । आज माओवादी केन्द्र पार्टि विघटन नभएपनि वाम एकता भनेर नेकपा एमाले संग पार्टि एकता गर्ने पहल गरिंदै छ । यदि पार्टि एकता नै भईहालेमा माओवादी केन्द्र र एमाले दुबैको नाम भन्दा थोरै फरक नेकपा मात्रै राख्ने चर्चा आईरहेको छ ।

Leave a Reply