Sunday , November 19 2017
Breaking News

नविन र एन्जिलाको दमदार डान्स ‘दिलको भित्तै’ मा भिडियो सहित

काठमाडौ । नेपालको चर्चित डान्स ग्रुप ‘द कार्टुन्ज क्रु’को नयाँ डान्सिङ भिडियो आज सार्वजानिक भएको छ । ‘दिलको भित्तै’मा बोलको गितमा नविन रावल, अल्मोडा राना उप्रेती र एन्जिला रेग्मीको स्वर छ ।
द कार्टुन्ज क्रुका सरोज अधिकारीले निर्देशन गरेको म्युजिक भिडियोमा कलेज लाईफमा गरिने रमाइला हर्कतहरु समेटिएको छ । यो भिडियोमा आश्मा विश्वकर्मा र सरोज अधिकारीको अन्य भिडियोहरुमा जस्तै लभ सिक्वेन्स हेर्न सकिनेछ । साथै द कार्टुन्ज क्रुका अन्य सदश्यहरुको जोडी पनि यो म्युजिक भिडियोमा हेर्न सकिन्छ । स्वयं गायक समेत रहेका नविन रावलकै संगितमा तयार गितलाई मिलन विष्टले लेखेका हुन । रमाईला शब्दहरु लेख्न माहिर गितकार मिलन विष्ट भिडियोमा होस्टेल वार्डनको भुमिकामा समेत देखिएका छन् ।
गायक नविन र एन्जिलालाई भिडियोको अन्तिममा शिक्षकको रुपमा रोचक तवरले प्रस्तुत गरिएको छ । नयाँ क्रियशन गर्दै भिडियोलाई मसालेदार बनाउने डान्स ग्रुपको रुपमा चिनिएको कार्टुन्ज क्रुको यो भिडियोलाई सार्वजानिक भएको भिडियोबाट राम्रो प्रतिकृया पाउने आसा राखेको गायिका एन्जिलाले बताइन् ।
काठमाडौ मोडल कलेजमा सुटिङ्ग गरिएको यस भिडियोमा रामेश्वर कार्कीको छायाङ्कन, प्रविन श्रेष्ठको सम्पादन रहेको छ । यस गीतलाई चर्चित गायक, संगीतकार तथा एरेन्जर अल्मोडा राना उप्रेतीले नै एरेन्ज गरेका हुन ।
भिडियो हेर्नुहोस :– विशाल चौतारी समाचारको सहयोगमा

ढोका खुला छ ब्वाइफ्रेन्डको लागी !! सुमधुर स्वर की धनी ” एन्जिला रेग्मी” भन्छिन भिडियो सहित
स्कटनेपाल को प्रस्तुति ” नमस्ते बुटवल ” कार्यक्रम
लन्डनबाट सन्चालनमा आएको अनलाईन पत्रीका स्कटनेपाल डट कम को आधाकारिक फेसबुक पेज मार्फत बिगत केही महिना देखि सन्चालनमा आएको कार्यक्रम नमस्ते बुटवल को दिनहु लोकप्रियता बढ्दै गइरहेको छ। मोफसलको राजधानी बुटवल को बुद्धसामुदाहिक टेलिभिजन र सामुदायिक रेडियो समाबेसी कि चर्चित अनि एकदमै राम्री प्रस्तोत प्रेरणा केसिले उक्त कार्यक्रम सन्चालन गर्ने गर्दछिन। अहिले अत्यन्तै चर्चित बन्दै गैइरहेको फेसबुक लाईभ मार्फत कार्यक्रम सन्चालन हुने गर्दछ।उक्त कार्यक्रममा विभिन्न कलाकारलाई आमन्त्रण गरि रमाईलो भलाकुसारी हुने गर्दछ जुन पछिल्लो समयमा लोकपृय पनि हुँदै गइरहेको छ। रुपन्देहीका कलाकार एबम ख्ताती कमाएका कलाकार हरुले उक्त कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको उनिहरु बताउछ्न। यो उक्त पेजको सन्चालक टीका अधिकारी हुन जो लामो समयदेखि बेलायत मा बस्दै आएका छ्न। उक्त कार्यक्रम बुटवलको रेडियो समाबेसी बाट पनि प्रसारण हुने गर्दछ।

आज को live show ” नमस्ते बुटवल ” मा Anjila Regmi को साथ् मा
बुद्धटेलिभिजन र रेडियो समाबेसी कि प्रस्तोता प्रेरणा के.सी जी को साथ् मा …… यहाँहरुको साथको अपेक्षा चाहन्छौ
धन्यवाद 🙏

हेरौ भिडियो

Leave a Reply