Tuesday , August 22 2017
Breaking News

जानी राखौं : जाडाेमा यौनाङ्गकाे सरसफाइ कसरी गर्ने ?

 

अहिले पनि अधिकांश मानिसहरु यौन र यौनागंको विषयमा खुलेर कुरा गर्न चाहँदैनन् । शरीरको निके संवेदनशील मानिने यौनाङ्गका बारेमा सोच्नु पनि नराम्रो मानिन्नछ हाम्रो समाजमा ।

तर जति नै यसको विषयमा मानिसहरु लजालु बन्दै जान समस्याहरु उतिनै बढ्दै जान्छन् । अझ यौनाङ्गको सरसफाई झनै महत्वपूर्ण हुन्छ । अधिकांश मानिसहरुले यौनाङ्गको सरसफाई भन्दा बयस्कहरुको मात्र भन्ने सोच्ने गरेका पाइन्छन् ।

यो गलत हो । बच्चादेखि वृद्धसम्मका मानिसहरुले यौनाङ्को सफाइमा ध्यान दिनुपर्ने स्वास्थ्यविज्ञहरु बताउँछन् । आज हामी जाडोको मौसममा महिला प्रजनन् अङ्गको सरसरफाईको बारेमा चर्चा गर्दै छौं ।

– महिनावारीको समयमा सबैले सेनेटरी प्याडहरु प्रयोग गर्नुहुन्छ भन्ने छैन तर कपडाहरु त प्रयोग त गर्नुहुन्छ । त्यस्तो अवस्थामा सुतीको कपडाहरु प्रयोग गर्नुपर्दछ । यसले महिनावारीको रगतलाई सोस्ने गर्छ । सुतीको कपडा प्रयोग गर्दा ध्यान भने अवश्य पुर्याउनुपर्छ ।

– संक्रमण हुने मुख्य समय र कारण नै त्यहि बेला हो । त्यसैले महिनावारीको समयमा सरसफाईमा बिशेष ध्यान दिनु आवश्यक हुन्छ ।

– जाडोको समयमा यदि नुहाउनमा समस्या भएमा मनतातो पानीमा थोरै मात्रामा डेटोल वा बेटाटिन पानीमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।

– यसले योनीमा हुने संक्रमणबाट जोगीनको लागि मद्दत गर्छ तर बेटाटिन वा डेटोल ले नै योनी सफा गर्नु भने हुदैँन ।

– सामान्यतया हामीले बाहिर लगाउने कपडाहरु एकदुई दिनमा धुन्छौँ भने भित्री कपडाहरु दिनैपिच्छै सरसफाई गर्नु आवश्यक हुन्छ ।

– भित्री कपडाहरुलाई सरसफाई गर्दा सरफ पानीमा भिजाएर राम्रोसँग धुनुहोस् । जब निचोरेर सुकाउने बेला हुन्छ, आधा घण्टा डेटोल पानीमा भिजाएर घाममा सुकाउनुहोस् ।

यसो गर्नाले कपडा सफा पनि हुने भयो सँगसँगै किटाणुहरु पनि नरहने भए । यी उपायहरु अपनाई सरसफाई मा एकदम ध्यान पुर्याउनुभएमा यौनजन्य संक्रमणबाट बच्न सकिन्छ ।

 (नेपाली पत्र बाट)

Leave a Reply