Sunday , November 19 2017
Breaking News

लण्डन भोगाईमा गुल्मीका अर्यालको “थेम्स डायरी” बनेर आउने

गुल्मी स्थाई घर भई हाल बेलायतमा बस्दै आएका गुल्मीका एक युवाले “थेम्स डायरी” नामक पुस्तकको प्रकाशन गर्ने भएका छन् । झन्डै १ दशक देखीको आफ्नो लण्डन भोगाई, संघर्ष र सफलताको अनुभबहरुको सँगालो स्वरुप रवि अर्यालको उक्त पुस्तक प्रकाशित हुन लागेको हो । गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वार्ड नं ८ (साविकको तुराङ दाङसिङ) घर भएका अर्याल झन्डै १ दशक देखी बेलायतमा बस्दै आएका छन् ।

बुलबुल पब्लिकेशन मार्फत छिट्टै बजारमा आउन लागेको उक्त पुस्तकको फेसबुक मार्फत कभर सार्वजनिक गर्दै अर्यालले भनेका छन्, “लेखनको रहर उपन्यास बनेर निस्कन्छ होला भनेर सायदै सोंचेको थिएँ, तर सोख र इच्छाशक्तिको यो सिलसिला आज थेम्स डायरी सम्म बन्न पुगेको छ ।” उनी थप्छन्, “मेरो यो नवीन प्रयासमा सम्पूर्ण साथीभाइ, आफ्न्त र शुभचिन्तकको साथ सहयोग, माया र शुभकामनाको अपेक्षा गरेको छु ।”

आफ्नो लण्डन भोगाई र अनुभवको बारेमा अर्याल यसो भन्छन्, “कतिपय जीवन अस्तब्यस्त हुन्छन, त्यसले दिने अनुभव र अनुभूतिका पहेलीहरु असरल्ल बग्छन । सफलता र असफलता गौर हुंदैनन् । योजनाको बुनियाद कमजोर भएपनि सफलताको घर उजेलो हुन सक्छ । जलिरहेको दियोमा बढि तेल थपिदियो भने पनि बात्ती डुब्न सक्छ । निशन्देह; जिन्दगीको गणित साह्रै चाखलाग्दो हुन्छ।” थेम्स डायरी तिनै मिठा अनुभुतीहरु र तिता भोगाईहरुको दस्ताबेज बनेर बजारमा आउन लागेको हो ।

[थेम्स डायरी] चार जना घनिष्ठ साथीहरुको कथा हो।उनीहरु होनाहार छन।एकसे एक छन। जनक:- “काठमांडौमा जन्मेको करोडपतिको छोरा,धनी-गरीबको असमानताले वाक्क भएको उ पोलटिक्समा होमिन चाहन्छ!परिबर्तनको सुन्दर बिहानी राजनीतिले दुषित पारेको वाताबरणमा हु्न्न भन्ने उसको ठम्याइ छ।” बर्षा;- “जनकको छिमेकी।फास्ट फ्रेन्ड पनि!नर्स बन्ने सपना बुनेकी उ,भविष्यप्रति गम्भीर छे।” नवराज ;- “गाँउले केटा,उसको भेट उनीहरुसंग पुतलीसडकको एउटा कन्सलटेन्सीमा हुन्छ।भविष्यप्रति निरुद्देश्य छ उ।” ईभा;-“एक्स लाहुरेकी छोरी,डाउन सिन्ड्रमबाट गुज्रेको भाइको केयर गर्न उ यूके आंउदै छे।” अाम मान्छेहरु जस्तै उनीहरुको लक्ष्य जिन्दगीमा राम्रो करियर,सफलता,खुसी र प्रेम पाउनु छ।त्यसैले मौजुदा जीवन सुन्दर बनाउन यूके सम्मको यात्रा गर्छन। तर,जनक र नवराजवीच एउटा साझा समस्या छ,:- “बर्षा…।” दुवैजनाले उसलाई मन पराउछन!… के बर्षाले पनि उनीहरुलाइ चाहन्छे?यदि हो भने कसलाई साथ दिन्छे? के जनक राजनीतिमा सक्सेस हुन्छ?लक्ष्यविहीन नबराज आखिर कस्तो गन्तब्य भेटाउंछ?ईभाले यो ग्रुपमा कस्तो रोल खेल्छे?साथीहरुको यो समूहमा दरार आउला कि नआउला?…आदि ईत्यादि कुराको जबाफ थेम्स डायरीमा पाउनुहुनेछ।इगो,आत्मविश्वास,शंका र लघुतावास पात्रहरुमा अन्तर्निहित चरित्र हुन!यति मात्र हैन संसारलाइ हेर्ने अलग दृष्टिको मनोबैज्ञानिक अभिव्यक्ति पनि पाइन्छ

(गुल्मीन्युज)

Leave a Reply