Sunday , November 19 2017
Breaking News

राशिफल (२०७४ कार्तिक २८ गते/२०१७ नोभेम्बर १४)

राशिफल (२०७४ कार्तिक २८ गते/२०१७ नोभेम्बर १४)
November 13, 2017 राशिफल

भोलि वि.सं. २०७४ कार्तिक २८ गते मङ्गलबार तदनुसार ई. सं. २०१७ नोभेम्बर १४ तारिख

भोलिको चाडपर्व र उत्सव : उत्पत्तिका एकादशी व्रत, विश्व मधुमेह दिवस, त्रिपुष्कर योग दिउँसो ०२।२४ देखि ०३।१० बजेसम्म,
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र,

मार्गशीर्ष कृष्णपक्षको एकादशी तिथि, दिउँसो ०२:३० बजेसम्म, त्यसपछि द्वादशी तिथि,
उत्तराफाल्गुनी नक्षत्र, दिउँसो ०३:१३ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र,
भोलिको चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त),
विष्कुम्भ योग, मध्यरात्रीपछि १२:५० बजेसम्म, त्यसपछि प्रीति योग,
सुरुमा बालब करण दिउँसो ०२:२९ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपछि ०२:१७ बजेसम्म, अन्तिममा तैतिल करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२५ बजे र सूर्यास्त : साँझ ०५:१० बजे

भोलिको राहु काल, यमघण्ट र गुलिक काल :–

राहु काल : दिउँसो ०२:२९ देखि ०३:५० सम्म
यमघण्ट : बिहान ०९:०६ देखि १०:२७ सम्म
गुलिक काल : दिउँसो ११:४८ देखि ०१:०८ सम्म

भोलिको वारवेला :–

रोग वारवेला : बिहान ०६:२५ देखि ०७:४६ सम्म, साँझ ०३:५० देखि ०६:५० सम्म र मध्यरात्रीपछि ०४:४५ देखि ०६:२५ सम्म
काल वारवेला : दिउँसो ०१:०८ देखि ०२:२९ सम्म र बेलुका ०६:५० देखि ०८:२९ सम्म
लाभ वारवेला : बिहान १०:२७ देखि ११:४८ सम्म र बेलुका ०८:२९ देखि १०:०८ सम्म
उद्वेग वारवेला : बिहान ०७:४६ देखि ०९:०६ सम्म र बेलुका १०:०८ देखि ११:४८ सम्म
शुभ वारवेला : दिउँसो ०२:२९ देखि ०३:५० सम्म र मध्यरात्रीपूर्व ११:४८ देखि ०१:२७ सम्म
अमृत वारवेला : दिउँसो ११:४८ देखि ०१:०८ सम्म र मध्यरात्रीपछि ०१:२७ देखि ०३:०६ सम्म
चर वारवेला : बिहान ०९:०६ देखि १०:२७ सम्म र मध्यरात्रीपछि ०३:०६ देखि ०४:४५ सम्म

भोलिको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने दिन छ । पुख्र्यौली सम्पत्तिको विवाद छ भने आज त्यसलाई निराकरण गर्ने दिन हो । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ । बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । मनमा शान्तिको अनुभूति हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

विद्यार्थीका लागि सकारात्मक दिन नै रहने छ, तर प्रेमसम्बन्ध, मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ । आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ, त्यसैले बढी नघोरिनु राम्रो हुन्छ । व्यावहारिक र प्राविधिक काममा ठूलो सफलता नमिल्न सक्छ, तर परिश्रम गर्न छाड्नु हुँदैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । घरायसी सुखको अनुकूलता हुनेछ । आफन्तजनसँग भेटघाटको योग छ । मानसिकतामा थोरै विचलन ल्याए पनि प्रेमको वातावरण सुदृढ बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आध्यात्मिक भावनाको विकास हुनेछ । सेवामूलक र परोपकारी काममा खट्ने वातावरण प्राप्त हुनेछ, दिनदुःखी र असहायको आशीर्वाद लिन सके लाभ हुनसक्छ साथै धार्मिक/सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ । बन्दव्यापारमा राम्रो छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको समय लाभकारी नै हुनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

गरेको प्रयास सार्थक बन्नेछ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्नेछन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारका सदस्यको स्वास्थ्यमा देखिएका समस्या हट्ने छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ । घरायसी सम्बन्ध राम्रै रहने छ । बन्दव्यापारमा सानो प्रयासले राम्रो आम्दानी गर्न सकिन्छ । पारिवारिक समस्या हल गर्ने दिन हो । जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । आठौं चन्द्रमा छ, आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । किसिमकिसिमका समस्याहरू निम्त्याउनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ । रमाइलो र रमझममा समय व्यतीत हुने समय छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ ।

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com

Leave a Reply