Wednesday , November 22 2017
Breaking News

दीपक-दीपाश्रीलाई कतारबाट परदेशीको खुल्लापत्रः सबै श्रीमती त्यस्ता हुँदैनन्

फिल्म ‘६क्का पन्जा’को सबैभन्दा ठूलो कमजोरी

राज लामा

यतिबेला फ़ेसबुक बजारमा हटकेकको रुपमा लिएको,निकै तातिएको, सबैको फ़ेसबुक भित्ता भित्तामा शेयर र ट्यांग भेटिएको, वाहवाहीको स्टाटस र कमेन्टहरु लेखिएको, कुरा हो फिल्म छक्का पन्जाको ।

युट्युबमा सार्बजनिक हुनु एक दिन अगि मात्र फ़ेसबुकमा सार्बजनिक भएको कारणले पनि फेसबुक बजार अझ धेरै तातियो।धेरैले हेर्न र शेयर गर्न भ्याए । र युट्युबमा अपलोड भए पछि झन् शेयर र ट्यांग बढे फेसबुक छक्का पन्जामय भए र हुदैछन् ।

फिल्म निकै मनोरन्जनात्मक हाँस्यत्मक छ।फिल्मको शुरु देखि अन्त सम्म हाँस्य खुराकहरु प्रसस्त छन् जस्का कारण हेर्ने दर्शक हाँस्दा हाँस्दै फिल्म कति बेला सक्यो पत्तै हुन्न ।

फिल्म हेरुन्जेल सबैले वाह क्या फिल्म बनाएछ।फिल्म भनेको त यस्तो पो हुनु पर्छ भन्दै ताली बजाउँदै पेट गानो दुख्ने गरी हाँस्दै हेर्छन् यस्मा कुनै दुई मत छैन । साँचै छन पनि फिल्म त्यस्तै हसाएर पेट गानो पित कलेजो सबै दुखाउने खालको छ मनोरन्जनको हिसाबले ।

फिल्म हेरुन्जेल कतै कुनै खोट कमी कमजोरी  भए जस्तो लाग्दैन,हाँस्दा हाँस्दै फिल्म सकिन्छ ।

यदि कसैले फिल्म हेरिसके पश्चात थोरै मात्र फिल्मको समीक्षा गर्ने कोशिस गर्छ भने फिल्ममा केहि कमी कमजोरीहरू पक्कै छन् ।

“आजकल सबैको सपना बिदेश । एउटा केटा बिहे गर्छ र ज़िम्मेवारी निभाउन बिदेश जान्छ । बिदेशबाट श्रीमतिलाई मनग्य पैसा पनि पठाउँछ।तर फर्केर आउँदा न उस्को श्रीमति हुन्छ न उस्को सपना नै । त्यसपछि उस्ले हताशमा आत्महत्या गर्ने निर्णय गर्छ।”

यो हो फिल्मको शुरुको एककोहोरो सम्बाद। म त यी सम्बादहरुमै खोट देख्छु। हो यो बास्तबिक हो। फिल्मले समाजको बास्तबिकताहरु देखाएको छ। समस्याहरु उजागर गरेको छ। बैदेशिक रोज़गारी संगै एउटा ठूलो समस्या पनि निम्तिएको छ भन्ने कुरामा जोड दिएको छ र देखाएको छ। तर ती समस्याहरुको उपाय समाधान भने फिल्मको शुरु देखि अन्त सम्म कतै देखिन, पाइन । यो नै फिल्मको सबै भन्दा ठूलो कमजोरी हो ।

कुरा रह्यो माथिको फिल्मको शुरुको एकोकोहोरो सम्बादको । त्यो सम्बादले बैदेशिक रोज़गारीमा जाने लाखौ युबाहरुलाई हतोत्साहित र निराश बनाउने काम मात्र गर्यो । र जो पीडित छन् झन् त्यस्लाई निराश र पीडा थप्ने मात्र काम गर्यो । श्री सम्पति सुन पैसा लिएर स्वास्नी पोइल गएपछि अन्तिम बाटो भनेको आत्महत्या मात्र हो भनेर सम्बादले बतायो ।

के यो सम्बादले भने जस्तै श्रीमतिहरु पोइल गए पछि अन्तिम बाटो उपाय भनेको आत्महत्या मात्र हो ? फिल्मले सम्बादले के भन्न देखाउन खोज्यो भने समस्याहरु देखाए र त्यस्को समाधान छदै छैन । अन्तिम बाटो भनेको आत्महत्या नै हो । श्रीमति पोइल गए पछि समाजमा बाँच्न लायक छैन ।

समस्याहरु देखाए पछि समाधानको बाटो पनि देखाइनु पर्थ्यो।नकरात्मक पाटो देखाए पछि सकरात्मक  पाटोहरु पनि देखाइनु पर्थ्यो । के यी समस्याहरुको समाधान गर्न सकिन्दैन ? न्युनीकरण, निराकरण गर्न सकिन्दैन ? बैदेशिक रोज़गारीको जानुको साटो देशमै घर परिवार संगै बसेर  केहि उध्यम ब्यबसाय गरेर बस्न सकिन्दैन ? सकिन्छ-गर्नेले गरिरहेका छन् सकिरहेका छन्।स्वदेशमै बसेर गर्नेले केहि गरेका छन् ।कमाएका छन् परिवार पालेका छन् । यो पाटो पनि फिल्ममा देखाइनु पर्थ्यो ।

तर फिल्ममा देखायो के भने-“तेरो बाउ होला माग्ने। KC दादा हुँ म kc(किड्नी चैट) दादा।” आमालाई बिदेश जान्छु भनेर ढाँटेर बिदेशै नगइ किड्नी बेचेर आमालाई पैसा पठाएर आफू डनहरुको एउटा ग्यांग जस्तो बनाएर बस्छ। कुरा मगन्ते नारायण अर्थात माग्ने बुडाको । यो दृय्श र कथाले के देखाउन खोज्यो भने हरेक नेपाली बिदेश जान बाध्य छन् र यदि कोहि गएनन् भने किड्नी बेच्न बाध्य छन् ।

के फिल्मले देखाए र भने जस्तो बिदेश नजानेहरुको अन्तिम बाटो उपाय भनेको किड्नी बेच्ने हो?के गरी खान अरु बाटो उपाय छैनन्? यहाँ निर पनि फिल्म टिम चुकेका छन् ।

फिल्मको सबै पात्रहरु बिदेश गएको देखाए पनि माग्ने बुडालाई किड्नी बेचेको नदेखाएर अर्थात निगेटिभ रोलमा नदेखाएर पोजिटिभ रोलमा देखाएको भए । स्वदेशमै केहि उद्यम ब्यवसाय काम गरेर हाँसाखुसी परिवार संग बसेको देखाएको भए अझ राम्रो हुने थियो ।

“तिर्खा लागे पछि कुवामा जाने पानी खाने आउने त्यहाँ हाम फालेर मर्ने हैन”

“आफ्नो खाता खोल्नु भन्दा अरुकै खाता खोल्नुमा मज्जा छ।”

लेखक

माथिको यी सम्बाद पढ्ने बितिकै कहाँ निरको र कुन दृश्यको भनेर फिल्म हेर्नेहरुले सजिलै थाह पाउन सकिन्छ । जसरी भगवान राजा (दिपकराज गिरी बैदेशिक रोज़गारीमा जानेहरूको पत्नी/श्रीमतिसंग माथिको सम्बाद भन्दै अर्कार्की स्वास्नी बिगार्न लाग्छन् र पत्नी/श्रीमतिहरु पनि भगवान राजा जस्ता आवारा भुसतिघ्रे पर पुरुषसंग लहसिन्छन् त्यतिबेला कतिलाई  लाग्दो हो अथवा मन मनै भन्दो हो त्यो पात्र मै हुँ, यो फिल्म मेरै लागि मलाई नै देखेर थाह पाएरै जानेरै बनाइएको रहेछ । तर फिल्म हेरुन्जेल यी कुराहरूलाई एक साइड राखेर जो कोहि नहाँसी बस्नै सक्तैन।

अर्को कुरा जो महिला इमान्दार छन् सज्जन छन् तिनलाई त्यो फिल्मको देखाइएको परपुरुषसंग लहसिएको दृश्यले मनमा चस्स लागेकै हुनुपर्छ र कतिले मनमनै (जो बिन्दा जस्तै भगवान राजा संग सल्केकी) भन्दा हुन् सराप्दा हुन् मुर्दार दिपके।

तर फिल्म हेरुन्जेल यी कुराहरु गौण लाग्छन् वास्त हुन्न र  नहाँसी बस्न सक्तैनन् । यसरी फिल्मको देखाइएको दृश्यले सबै महिलालाई एकै ड्यांगमा राखेर देखाइयो । यहाँ निर थोरै कमजोरी छ । बैदेशिक रोजगारीमा जाने हरेक पुरुषका हरेक पतिहरुका हरेक पत्नि महिलाहरु एकै छैनन् । सबैलाई एकै ड्यांडमा राख्न मिल्दैन । केहि मात्रमा त्यस्तै भए पनि केहि सज्जन इमान्दार र चरित्रवान पनि छन् । त्यो पाटोलाई पनि फिल्ममा देखाइनु पर्थ्यो । अर्को कुरा म जस्तै बिदेशमा बस्ने रहने काम गर्ने हामी महान पुरुषहरु फिल्म हेरुन्जेल त घरकी पत्नी/श्रीमति नि बिर्सेर वाह वाह गर्दै थपडी बजाउँदै हाँस्दै हेर्छन्, जब फिल्म सकिन्छ तब सपना बाट ब्युँझे झै झसंग होशमा आउँछन् ।

फिल्मको देखाइएको त्यो दृश्य सम्झिन्छन् अनि घरकी बुडी सम्झिन्छन् ला~~फिल्ममा देखाए जस्तै त भएन कतै ? मुटुले ढ्यांग्रो ठटाउन थाल्छ । मन भतभति पोल्न थाल्छ । कतिले फिल्म सकिदा नसकिदै घर तिर कल गर्दा हुन्-ओइ कहाँ छेस् तँ ? यताबाट के भन्छ यो बुडा ?

घरै छु कहाँ जानु र ?यति भने पछि थोरै ढुक्क हुँदा हुन् । यसरी हामी स्वास्नी पाल्ने ठेक्का लिएर बिदेश जाने युबाहरुलाई यसरी भतभती मुटु पोल्ने छातीभरि भाला रोप्ने पीडाको क्षतिपूर्ति कस्ले दिन्छ ? यो फिल्म हेरिसके पछि घराँ राम्री राम्री स्वास्नी हुने लोग्नेहरु त्यति राम्रो खाइरा जागिर छोडेर झोला तुम्बी बोकेर भोलिपल्टै घरतिर कुले ठोके होलान् ।किन भनेर कुरो आफै बुझ्नुस ।

त्यस्तै अर्को दृश्य छ हैटवाला बुद्दि नभा बुद्दी बिदेश जाने बेला गाउँको भए नभएको बिहा नगरी बसेका भुसतिघ्रे केटाहरु जम्मा गरी “ल आज तिमीहरु दिदी भाई भयौ, दिदी भाइ, यति गरे पछि बिदेश जाँदा नि केहि फरक पर्दैन होला हउ” भन्दै टीका माला लगाउन लाउँछन् र आफू बिदेश हिड्छन् । कुरो प्रष्टै बुझ्नु भो होला हैन ? यहाँ फेरि माथिको कथा दृश्यमा बिदेश गएका श्रीमितिहरुलाई एउटै ड्यांडमा राखे जस्तो केटाहरुलाई एकै ड्यांगमा राखियो । केटाहरुलाई पनि डोमिनेट गरियो । सबै केटाहरु पनि लोग्ने बिदेश गएका स्वास्नीहरु ताकेर बिगारेर हिड्दैनन् । यहाँ न गलफ्रेण्ड न स्वास्नी न अर्का स्वास्नी नै ताकेर हिड्छन् यस्ता सज्जन इमान्दार पुरुष पनि छन् । पुरुष भन्ने बितिकै खाली फिल्ममा देखाए जस्तो राजा(दिपकराज गिरी) जस्तो अर्का बुडी ताकेर बिगारेर हिड्ने मात्र हुदैनन् ।

 

फिल्मको एउटा दृश्य छ हैट वाला (बुद्दि नभा बुद्दी तामांग)को श्रीमति फकाउन भाले लिएर जान्छ र भाले भित्र राख्छ हैट वाला बुद्दि नभा बुद्दी बाहिरै सुत्छ । हैटको जेठानले आफ्नी बैनीलाई “कुखुरा भाले चै भित्र परेछ तेरो भाले चै बाहिर” भन्दै हाहाहहाहा हाँस्छ । यो सम्बाद पटक्कै भएन । कोहि दाइले आफ्नै बैनीलाई तिम्रो भाले चै बाहिर यसो भन्छ र ? भन्न सुहाउँछ र ? स्वभाबिक हुन्छ र ? पक्कै हुदैन ।

अर्को एउटा सम्बाद छ कता कता  के नमिले नमिले जस्तो लाग्ने-“बदलामा तिमीले त्योसंग देखावटी र म संग बिहे नै गर्नुपर्छ । “यो सम्बाद हो कथाले यु टर्न लिए पछि जुन चम्पा (प्रियंका कार्की) र आर्यन सिग्देलले भगवान-राजा (दिपकराज गिरी) लाई जंगलको बाटोमा लाठीले हानेर लडाएर भागेर बिन्दाको बुडा डिभी वाला(शिबहरी पौडेल) संग मन्दिरमा बिहा गर्न लाग्दा राजालाई शिबहरीले सुनाएको सम्बाद । देखावटी भन्ने शब्द नै नराखेको भए हुन्थ्यो । कि देखावटी राखेपछि म संग बिहे नै गर्नु पर्छ नभनेको भए हुन्थ्यो । यहाँ कस्तो भयो भने देखावटी नाटक जस्तो पनि र साँचै बिहे जस्तो पनि ।

र फिल्मको अन्तमा बिन्दा र राजाको आमा दुबै जनाले राजाको बच्चा राजाकै घरमा खेलाइरहेका दृश्य हुन्छ र राजा भने घर गृहस्थी त्यागेर योगीको भेषमा बाहिर प्रबचन जस्तो दिइरहेको दृश्य हुन्छ । यो दृश्य पनि कता कता नमिले जस्तो । बिन्दा र बच्चा राजाको घर भएपछि राजा पनि घरमा संगै राम्रोसंग घर गृहस्थी गरेर बसेको देखाएको भए राम्रो हुने थियो । कि त राजा त्यसरी योगी जस्तो भएर हिडे पछि बिन्दा र बच्चा पनि अलपत्र परेको देखाउनु पर्थ्यो ।

ति कमीकमजोरी औल्याए पनि मनोरन्जनात्मक हिसाबले अत्यंत फिल्म राम्रो बनेको छ र कलाकारहरुको प्रस्तुति अभिनयमा भने कुनै खोट लाउने ठाउँ छैन । खोट कमीकमजोरी छ त कथा बस्तुको । फिल्मले जे जति शन्देश दिनु पर्थ्यो त्यो कमी छ । फिल्म सिर्फ़ एकतर्फि समस्याहरु र नकारत्मक पाटोहरू मात्र देखाएर फिल्म सकाए ।

सरी हैट बुद्दी नभा बुद्दी र अर्को जड़ियाँले स्वास्नी कुटेका थिए कारण स्वास्नी मान्छेहरू निरिह कमिजोर हुन्छन् । र जब राजाले चम्पा बिहा गरे पहिलो रातै रक्सी खाएर थप्पड लाउन खोज्दा चम्पाले हात च्याप्प समातेर खरो उत्रिन् र राजाले थप्पड त बोल्न नि सकेनन् ।यहाँ सबै नारी महिलाहरु पुरुष लोग्नेको थप्पड मात्र खाएर बस्ने निरिह कमजोर हुदैनन्,चम्पा जस्ति लोग्नेको अन्याय अत्यचार डटेर लड्ने पनि हुन्छन् ।

हो यसरी फिल्मको हरेक पाटोलाई कमजोर निरिह र शसक्त,सरकारात्मक र नकरात्मक,समस्या र समाधान दुबै पाटोलाई देखाएको भए फिल्म सुनमा सुगन्ध हुने थियो ।

दोहा कतार । (दैनिक नेपाल)

Leave a Reply