Tuesday , September 19 2017
Breaking News

लिंग उत्तेजित बनाउन औषधि सेवन गरे समस्या समाधान हुन्छ र ?

म ४० वर्षीय विवाहित पुरुष हुँ । मनमा यौन चाहना हुँदाहुँदै पनि मेरो लिंग उत्तेजित नहुने समस्या छ । जसले गर्दा मेरो यौन जीवन निरस हुँदै गइरहेको छ । लिंग उत्तेजित बनाउने औषधि सेवन गरेपछि मेरो समस्या समाधान होला कि नहोला ?
एल

सन् १९९० को दशकको अन्त्यतिर मात्रै उत्तेजना समस्या (इरेक्टाइल डिस्फंक्सन) बारे व्यापक छलफल र बहस हुन थाल्यो । चलनचल्तीको भाषामा यसलाई नपुंसकता पनि भन्ने गरिन्छ । विश्वका धेरै मानिस यो यौन समस्याबाट प्रताडित छन् । तर, इरेक्टाइल डिस्फंक्सनबारे पुरुषहरू एकदमै कम कुरा गर्थे । किनभने, यसलाई कमजोर पुरुषत्वको प्रमाण मानिन्छ । तर, सन् १९९८ देखि भियग्राको प्रयोग व्यापक भएपछि अवस्थामा नाटकीय परिवर्तन आयो । त्यसबेलादेखि विश्वभरि दशौँ लाख डाक्टरले करोडाँै पुरुषलाई यो औषधि लिंग उत्तेजना समस्या र अरू यौन दुर्बलताको उपचारमा प्रयोग गरिसकेका छन् । यूएस फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले यौन दुर्बलताको उपचारका लागि अरू दुइटा औषधिलाई मान्यता दिएपछि इरेक्टाइल डिस्फंक्सनले पीडित धेरै पुरुषले नयाँ जीवन पाएको महसुस गरे । भियग्रा र भियग्राजस्ता औषधिलाई यौन क्रान्तिका रूपमा लिइएको छ ।
नपुंसकताका धेरै प्रकार हुन्छन् ।  यौनसम्पर्कका लागि मन हुँदाहुँदै पनि लिंग उत्तेजित नहुनु र भए पनि सम्भोगका लागि पर्याप्त समयसम्म लिंगमा उत्तेजना कायम नहुनु एक प्रकारको नपुंसकता हो । सजिलो भाषामा भन्दा लिंगमा कडापन नआउनु या छिट्टै नरम हुनु र वीर्य स्खलनको अवस्थासम्म नपुग्नु इरेक्टाइल डिस्फंक्सन हो । यो समस्या दिन प्रतिदिन बढ्दै जान्छ  । यस्तो समस्या प्रायः भइरह्यो भने डाक्टरसँग सल्लाह गर्न ढिलो गर्नु हुँदैन ।
पुरुषहरू नपुंसकताका बारेमा खुलेर कुरा गर्दैनन् । नपुंसकताको समस्या भएका अधिकांश पुरुष यससम्बन्धी कुरा गर्न असजिलो र अप्ठ्यारो मान्छन् । तपाईंलाई पनि  नपुंसकतासम्बन्धी समस्या छ भने यसबारे राम्रो जानकारी राख्नु आवश्यक छ । ध्यान दिनुपर्ने कुरा के छ भने अत्यधिक मदिरा सेवनपछि र दुःखको बेला भावनात्मक चापले गर्दा लिंगमा उत्तेजना (इरेक्सन) नहुनु नपुंसकता होइन । न त स्खलन भइसकेपछि तुरुन्त सम्भोगका लागि तयार हुन नसक्नु नै नपुंसकता हो ।
कारण
नपुंसकताका धेरै कारण हुन्छन् । लिंगमा हुने धमनीमा हुने रक्तसञ्चारको अवरोधले गर्दा पनि इरेक्टाइल डिस्फंक्सन हुनेगर्छ । रक्तसञ्चारको अवरोध मुटुमा पनि हुनेगर्छ जसले हृदयाघात समेत गराउँछ । वास्तवमा नपुंसकतासम्बधी समस्या भएका ३१ प्रतिशत पुरुषलाई मुटुको समस्या पनि भएको पाइएको छ । नपुंसकताका अरू कारण औषधि, रोग, दुर्घटना र प्रोस्टेट ग्रन्थीको शल्यव्रिmया आदि हुन् । चिन्ता, वैवाहिक समस्या र उदासीनता (डिप्रेसन) ले पनि यो समस्या हुनसक्छ । पहिले–पहिले नपुंसकता मानसिक समस्या भनेर चिनिन्थ्यो । केही हदसम्म चिन्ता र राम्रो गर्न सकिन्न कि भन्ने डरले यो समस्या हुन सक्छ । तर, नपुंसकताको समस्या भएका ७१ प्रतिशत पुरुषमा शारीरिक कारणले उक्त समस्या भएको पाइएको छ । मधुमेह, मिर्गाैलाको समस्या, प्रोस्टेट ग्रन्थीको समस्या, मोटोपना, धमनी र स्नायु समस्या नपुंसकता गराउन सक्ने शारीरिक कारण हुन् । त्यस्तै, अत्यधिक मदिरासेवन र धूम्रपानले पनि नपुंसकता हुन सक्छ । कहिलेकाहीँ शारीरिक र मानसिक समस्या दुवैका कारणले यो समस्या हुन सक्छ । जेजस्ता कारणले नपुंसकता भए पनि यसको भरपर्दो समाधान छन् । जस्तो, मोटा पुरुषले आफ्नो वजनमात्र घटाए पनि नपुंसकताको उपचारमा धेरै मद्दत गर्छ । औषधिले काम नगरेको खण्डमा इन्जेक्सन र अन्य उपाय पनि छन् ।
धेरै मानिसलाई ढल्किँदो उमेरसँगै नपुंसकता पनि बढ्दै जान्छ भन्ने भ्रम हुन्छ । पुरुषमा पाइने टेस्टोस्टेरोन (जुन यौन कार्यका लागि आवश्यक हुन्छ)  भन्ने हर्मोन बढ्दो उमेरसँगै शरीरमा घट्दै गए पनि त्यसको शरीरमा हुनुपर्ने सामान्य तह चाहिँ रहिरहेको हुन्छ । शरीरमा बढ्दो उमेरसँगै  धेरै परिवर्तन हुन्छन्, तर पनि नपुंसकता किन हुन्छ भनेर किटान गर्न सकिँदैन । कहिलेकाहीँ नपुंसकता विभिन्न रोगले पनि हुन सक्छ । ती रोगमा प्रयोग हुने औषधिका साइड इफेक्टले पनि नपुंसकता हुन सक्छ । तर, स्वास्थ्यवद्र्धक खानेकुरा, व्यायाम र खानपानमा परहेजले उच्च रक्तचाप वा मधुमेहलाई रोक्न र निको पार्न सकिन्छ । स्वस्थ जीवन व्यतीत गरेमा यौन दुर्बलता हुन पाउँदैन । ८०÷९० वर्षको उमेरमा पनि पुरुषमा यौनइच्छा युवावस्थामा जस्तै हुन्छ र उनीहरू सेक्स गर्न सक्षम पनि हुन्छन् ।
नपुंसकताको उपचार औषधिद्वारा गरिन्छ, तर सबैलाई औषधिले नै ठीक हुन्छ भन्ने छैन । यो कसरी भएको हो भन्ने कारण पत्ता लगाई उपचार गरेमा उत्तम हुन्छ । कारण थाहा पाउन भिन्दाभिन्दै प्रविधि र सीपको आवश्यकता पर्छ । यससम्बन्धी समस्या छ भन्दैमा भियग्रा खाइहाल्नु हुँदैन । यसमा नराम्रा असर पनि छन् । नपुंसकतासम्बन्धी कुनै पनि समस्या देखिएमा डाक्टरसँग राम्रोसँग छलफल गरेर उपचार गराउनु बेस हुन्छ ।

नागरिक-शुक्रबारबाट

Leave a Reply