Tuesday , September 19 2017
Breaking News

बाँदरको झुण्ड नै प्रतिपक्षमा छ , ढेँडु मिली सरकार चलाई रहेछन्।

गजल:

केटाकेटिले घरबार चलाई रहेछन्
नजान्नेले ब्यवहार चलाई रहेछन्।

हाकिमको डेरा सदरमुकाममा छ
पिउनले कारोबार चलाई रहेछन्।

राजाको परिवार बनवास धपाएर
ढोके-बगैँचे दरबार चलाई रहेछन्।

उत्तरले होकि खै दक्षिणका ले हो?
गणतन्त्रको ठेकेदार चलाई रहेछन्।

बाँदरको झुण्ड नै प्रतिपक्षमा छ
ढेँडु मिली सरकार चलाई रहेछन्।

-दिलिप बाबु शिवा

१ माघ २०७३

 

Leave a Reply