Sunday , November 19 2017
Breaking News

कथा – चिया पसलकी दिदि कहिल्यै फर्किन्न !

–हरि थापा

“चियापसलकी दिदि कहिल्यै फर्केनन तर उसले पकाएको चियाको स्वाद र याद कहिल्यै मेटिएन “

लामो समय बसको प्रतिक्षामा बस्नु पर्ने सबैको केन्द्रविन्दु रहेको लगनखेल अफिस छुटि पछि एकाएक सबैको भेला हुने गर्छन चिया पसलको अगाडी बसपार्क भएकोले बस पर्खन पर्ने त्यो छटपट्टि मेटाउन कहिलेकाही ठेलावाली दिदिको मा चिया पिउने गर्छोै सबेै गाडी मोटरसाईकल वाला पार्किङको ब्यबस्था भएकोले अाउदै थिए अाफु भने जम्बु माईक्रो पर्खनै पर्ने नम्बर चोैध देखे पछि ज्यान फालेर म्याराथुन दोैड दोैडिन पर्ने सिटको कुरा छाडदिउ उभिन र एउटा खुट्टा मात्र टेक्न पाए भाग्य त्यहि पनि कहाँ बाट पाउनु सक्ने जति चढ्छन वाकी अलपत्र पर्छन अलिपर सम्म लछारिदै झुण्डिदै जान्छन हात गलेपछि लुहोस! अर्कोमा जाने भनेर अाफै झर्छन त्यहाँ बस रोकिने वाला छैन गुड्दा गुड्दै चढ्ने गुड्दा गुड्दै अोर्लने । ट्राफिक पोलीस दाई हरु हुन्छन दिन भरि यता उता लखतरन परेका यसो माल हात पर्ने भए लम्किने हम्किने हुन अाउने जस्तो छैन भने खै त बस नरोक्दा पनि वास्ता छैन यहाँ अाफ्नो होस अाफै पुर्याउने हो ।एउटा बस अाएको थियो झर्ने मान्छेलाई पनि रोक्नु पर्ने ठाउभन्दा सय मिटर पर लगेर रोक्छन ।

खलासी भाईको दिन भरि प्यासेन्जर नपाएर घोक्रो सुक्ने गरि कराउछन अहिले अट्दैन कोचकोच अटेसम्म अाधा ज्यान बाहिर निस्किदा सम्म हालेका छन ट्राफिकले दिने भए कसम छतमा पनि बसाउथे होलान।फेरी यति वेला कोहि रोकिने वाला छैन झन मोटरसाईकलको त कुरा छाडोै कहि खाली देख्नु हुन्न भित्र भित्र छिराउदै जाम बनाउछन ।

अफिस समयमा प्यासेन्जरको खाचो भए पो कराउथे साझा बस के भन्ने प्राईभेट जस्तो छ अझ मिल्ने भए रिजर्भ पेपर टासेर हिड्थे होलान ।अझ बस नरोक्ने भएपछि त युवती देख्नु हुन्न ड्राईभर खलासीहरु जिभ्रो पडकाउदै सुइसुई पार्दै हुईकिन्छन रोक्ने भए चडकन लाउथे जस्तो रिस उठ्छ पेसा नै यस्तै छ मोराहरुको मन बुझाउछु ।

बस अाउने छाटा नदेखेपछि साथिलाई भन्छु चिया पिउन जाअोैँ

दिमाख ठिक मा हुन्न बस नपाएको झोकमा अाज झन छिटै घरमा पुग्न पर्ने थियो उफ..वाक्क लाग्छ ।
गएर ठेला वालीदिदिलाई दिदि चिया दुईकप भन्छु
दिदिले मिल्क टि की ब्ल्याक टी भाई?
मिल्क टी. दिदि अाएर दुईपट्टि किला गाडेर बनाएको कुर्सीमा जिउ टेकाउछु फतक्क गलेको शरिर ..

उत्ता पटि साईडमा बसेका हेर्दा अधबैसे देखिने केटाहरुले त्यो फाईदा लिन्छन कहाँ ब्ल्याक खानु मिल्क हुदा हुदै दिदि,जिस्काउने पारामा भन्छन! मलाई मेरो विल्ला गरे जस्तो लाग्छ दिदिको उमेर तेतिस चोैतिस भए पनि साठ्ठी काटेकाहरु पनि दिदि भन्दै बोल्दै गर्छन

मेरो कन्पारो तात्छ तर के गर्नु मन मनै भन्छु कस्ता अगतिहरु स्वमत नभएका बजियाहरु बोल्न पनि अाउदैन भनु जस्तो लाग्छ फेरी नभनी चुप बस्छु उता अझै हासो चलिराखेको हुन्छ।

चिया पसलकी साहुनी पनि मिठो मुस्कानले ति अधबैसेहरुको कुरामा सहमत जनाउदै अाफ्नो वक्षस्थल तिर हेर्दै कपडा मिलाउछिन
माथि आधा भन्दा खुलेको वन पिसमा उनी निकै हट देखिन्छिन
अनि म ति केटाहरु पट्टि हेर्छु उनिहरुको अाखाको लेन्स नै दिदिको अाकर्षक वक्षस्थल तिर हुन्छ झोकले भन्दिउ लाग्छ हे पागलहरु कति हल्ला गर्न सकेको फेरी भन्दिन दिदि पनि उस्तै छिन त्यो उमेरमा के झ्याङपत्ल्याङ छालानै देखिने कपडा लगाएर अाउनुत चिया हैन शरिरै बेच्न अाए जस्तो गर्छिन दिदि ।

चियाको चुस्किसंगै ति केटाहरु
खासखुस गर्दै भन्दै थिए दिदि अाज खै त
दिदिले हामी छेउमा छोै भन्ने वास्ता नै नगरी भनिन अाज मैनावारी भईन रे? म झस्के नसुने झै मोवाइलमा एकोहोरो हेरी रहे साथी घर तिर कल गर्दै चिया पिउदै थियो ।

मेरो ध्यान केटाहरु तिर थियो चियाको सुरुप सुरुप संगै म उनिहरुको कुरा सुन्दै थिए त्यसो भए अब के गर्ने अरु छैनन् त कन्ट्याकमा संगै बसेको अर्को जोसिदै भन्यो कि दिदिनै जानी हो त?

दिदिले अाफु जान्छु भन्न नसकेर अाफ्नो तरुनी छोरी पट्टि कड्के नजरलगाउदै देखाईन र ईसारा गर्दै भनिन कुरा गर्नु माने लग्नु । मुस्कान दिदै दिदि चिया दिन ब्यस्त भईन केटाहरु खासखुसमा भन्दै थिए हुन्छ अामा छोरी नै भए के भो त कोठा छुट्टै छ दै छ!

त्यस मध्य एउटाको घरबाट कल अाउछ सायद ति सबै का छोरा छोरी कुनैको नाता नातीनी पनि भईसकेका होलान उसले म ढिला अाउछु अफिसको काममा ब्यस्त छु भन्छ र फोन राख्छ फोन राखेपछि अर्कोले साथ दिदै भन्छ कुरा मिलाउन खुप खपिस छस म त सक्दिन यार भन्दै चियाको चुस्कि लगाउछ अर्कोले भन्छ अस्ती यहिँ साहुनी बोकेर जादै थिए झण्डै बुढिको नजरमा परेको जे भए पनि बचियो त्यो दिन हरेक कुरा सिगरेटको धुवा संगै हासोमा उडाउदै छन् ।

कुरा सुन्दा सुन्दै हल्ला हुन्छ के भएछ भनेको चोैध नम्बरको बसले मोटरसाईकल लाई ठोकदिएछ चियाको पैसा तिरेर हामी बस छेउ पुग्योै बस रोकिने वाला थिएन मोटरसाईकल लाई ठोकेको भएर रोकिएछ ।अाधा ज्यान बाहिर राखेर हामी बस चढ्योै बसको गति संग अाफुनै हुतिईन्थियोै अगाडि ट्राफिक देखेपछि खलासी अातिदै ढोका लगाउछ ।

एउटा बुढा बाजे कता पुगेर अाएका हुन हातको अोैला रकताम्य हुने गरि बसको ढोकाले च्यापेछ त्यो दुखाई को मतलब छैन मात्र बस चढ्न पाए भयो विचरा ति बाजेलाइ कसैले सिट दिए हुने हो कसैको मनमा दया देख्दिन ।

रक्ताम्यहात हात लिएर उभिएको बाजेको अर्को हातमा लठ्ठी हुन्छ लठ्ठी म साथिलाई राखिदिन अनुरोध गर्छु बाजेकै छेउमा सिटमा एउटी बैनी बसेकी थिईन मैले भने बैनि बाजे बिरामी हुनुहुन्छ सिटमा बाजेलाई बसाईदिनुस न?

सुने नसुने झै गरिन बसको भितामा थियो अपाङ्ग सिट पुरुष महिला लेखेको थिएन त्यो लाईनमा महिला नै महिला बसेका थिए मैले बाजेलाइ भुईमा बस्न अनुरोध गरे बाजेको हातको रगत ति सिटमा बसेकी बैनिको कपडामा चुहिएछ ।

उनि हेडफोन कानमा हालेर च्याटिङमा ब्यस्त थिईन उसलाई कसैको मतलब थिएन जब अोर्लने ठाउ अायो उसले हजुरबाबा लाई पछाडी सिटमा मिलाएर राखेकी रहेछिन र बाजे मोटरसाईकल संग बस ठोकिदा बाहिर अाएछन अनि भित्र छिर्न सकेनछन नातीनी चाहि हजुरबा पछाडी सिटमा हुनुहुन्छ भनेर
ढुक्कले च्याटमा ब्यस्थ भईन पछि उनि भन्दा हजुरबाबा बाहिर झरेकोले उनि अचम्मीत भईन अन्तमा बसले हातको अोैला च्यापीदिने मान्छे अरु कोहि नभएर उनको हजुरबाबा परेछन।

मैले बाजेलाई शुरक्षित झार्दिए र म पनि हिड्दै जाने भनेर झरेको उनकी नातिनी सनक्क सन्किदै तपाई को हो भन्छिन बा मैले तपाई को बाजेलाई हात च्यापेछ र बाजेलाई सिटमा राख्न अनुरोध गर्नै मै हो भने उनि मोैन रहिन सायद उनिलाई अपमानको महशुस भर्खरै हुदै थियो बाजे जानुस है म सरासर बाटो क्रस गरेर अाफ्नो कोठा तिर लागे ।

त्यति बेला सम्म मैले चिया पसलको दिदिको बारेमा केहि सोच्न पाईन यस्तो खुलाम खुल्ला धन्दा गर्ने दिन दिनै फलानो होटलमा छापा मार्दा युवायुवती रङ्गेहात पक्राउ भन्छ यहाँ युवा युवती मात्र हैन घरवाला र घरवाली छोरावाला,छोरीवालीले दिनमा नै योैैन धन्दा को ब्यापार फिक्स गर्छन भने अब के बुझ्ने हामीले मन त्यसै उकुसमुकुस थियो । त्यो केटाहरु बोलेका अावाजको घण्टी मेरो कानमा गुन्जदै थियो ।त्यो दिन मैले यति बुझे दिदिले चिया मात्र होईन जवानी पनि बेच्ने रहेछिन भन्नेकुरा त्यो एक कप चिया सके संगै रहस्य बुझेर उठेको थिई ।

घरमा अाए घरको काम सके सुत्दा अबेला भईसकेको थियो भुसुक्क निदाएछु भोलीपल्ट त्यहि बाटो हेर्दै म अफिस गए मनमा ज्वारभाटा दन्किरहेको थियो त्यती सोझी देखिने चिया पसलको दिदि मैले उसलाई मेरा घर छेउमा पसल गर्ने दिदि बहिनी भन्दा टाढा बाट हेरेकै थिईन तर यि दिदि चिया बेच्दै अाफु,छोरी र अाफ्ना साथी छोरीको साथी सबैको जवानी चियाकै भाउमा केहि कमिसनको लोभमा बेच्दै थिईन ।

मैले अब त्यो पसलमा चिया नखाने निर्णय गरी तर मलाई दिदिको बारेमा बुझ्नु थियो मेरो मनमा अनेक थरिका शंका उपशंका उब्जिदै थियो म सोच्न बाध्य भए कसरी यी दिदि ठेलामा चिया बेच्दै छिन यीनले चिया र कमिसनले ठुलै घर बनाएकी होलिन जस्तो लाग्दै थियो सोध्न मन थियो दिदि ब्यापार त राम्रो रहेछ तर किन सोध्नु मेरो पनि अाफ्नै दिदि हैनन् सबैकी साझा दिदि हुन अाट गरिन सोध्न यदि सोधेको भए न दिदिले गालीनै पो गर्थिन नसोधनुले मेरो नाता कायम नै रह्यो ।

जे सुकै होस अाफैले अाफुलाई सम्झाउन कोसिस गरे तर सकिन मन बुझेन के भन्ने यो दिदिको धन्दा के केहोला हेर्दा अाफैमा मोडल जस्ती देखिन्छिन रहस्य बुझ्न कठिन थियो ।मेरो अफिसको सर संग एक दिन अाउने मोैका मिल्यो ल अाज म तिमीलाई चिया खुवाउछु भन्नु भयो हस भने हामी अायोैँ ।

सरले बाईक चिया पसलको अगाडी लगेर रोक्नु भयो हर्न बजाउनु भयो दिदि ले खुलेर मुस्कान दिनु भयो सरले चिया अडर गर्नु भयो दिदिले सोध्नु भयो चिया मिल्क कि ब्ल्याक
सरले भाईलाई मिल्क मलाई ब्ल्याक कति खानु मिल्क घरमा पनि बाहिर पनि यो शब्दले फेरी मलाई ब्युझायो पटक पटक म चिया पिउन अाउदा यस्तै बोल्छन चिया पसलको दिदिको चालामाला ठिक रहेनछ भन्ने बुझे ।

जसले जे बोल्दा पनि मुस्कान दिने दिदि धेरैको अाखामा परेकी रहेछीन अनि सरले गफ गर्दै जानु भयो अाज त श्रीमती माईता गएकी छिन भनेर कुरा गर्दै हुनुहुन्थ्यो म नसुने झै मोवाईलमा झुलिरहे साहुनीले त्यसो भए अाजको कमाई त राम्रो होलानी मैले सुने म ढल्न बाकी थियो पहिलेको पनि बाकी छ भने पछि मैले बुझे दिदिको चिया मात्र पैसामा किन्न पर्ने रहेछ जवानी त वाकीमा पनि मिल्ने रहेछ ।

सरले चियाको पैसा तिर्नु भयो कुरा मिलाएर जाउ भाई ढिला होला म अाज घर जान्न होला चिया पसलकी दिदि संग कुरा मिलाएको छु भन्दै हुनुहुन्थ्यो ।मैले भने म भाउजुलाई भन्दिन्छु भनोैकी जस्तो लागेको थियो मुखबाट खुस्केन हस भनेर म बस पर्खिन तिर लागे चियापसलकी दिदि हतारमा हस्याङफस्याङ गर्दै जवानी बेच्न जान लागेकी थिईन ।

मैले मन देखि सोचे चिया पसलमा यस्तो विकृती छ खुलाम खुल्ला जवानीको मुल्य हुन्छ भने होटल लजको के हालत होला कहिले सम्म यो धन्दा चल्ने होला बरु सरकारले लगानी गरेर ब्यबस्था गर्दिए हुनी हो अाखिर धन्दा चलेकै छ चल्छ नै भने ब्यबस्थित हिसाबले चलाउन दिए त यसरी पब्लिक क्षत्रमा योैन धन्दाको कुरा हुने थिएन ।

अाखिर गर्नेले गरेकै छन कमीसनको धन्दा रहेछ हरेक भट्टिपसल जाअोै कुरा त्यसकै छ कता मिल्छ,यसो खासखुस गर्यो चिया पसल भट्टिपसल को साहुनीहरु संग मिलाई दिन्छन उनिहरु देह ब्यापारका एजेन्ट बनेर कमीसन लुटिरहेका छन यदि यो ब्यापार कि ब्यबस्थित, बन्देज गर्ने हो भने जो जसले जवानी लुटाएको छन कमसे कम उसले त्यसको भोग गर्न पाअोस एक हजारमा डिलीङ भयो भने दुई सय तिन सय भन्दा हात नपर्ने रहेछ काम गरेर खानेलाई यो वातावरण वनाईदिनु पर्यो हैन भने पुरै निषेेधित हुनु पर्छ।

जे भएपनि चियापसलकी दिदिको रुपरङ्गले तडक भडक स्फुर्ति मुस्कान,नजरअन्दाज गर्दा फरक देखिन्थ्यो त्यसैले त दिदि ब्यबसायमा खपिस रहिछन बल्ल मैले मेरो सुरुका दिन मा उब्जेका पश्नहरुको उत्तर पाउदै थिए त्यस पछि ग्राहक पनि कहाँ सधै एउटा पसलमा मात्र जान्छन त दिदिको उधारो ब्यापार कति दिन सम्म चल्यो पत्तो भएन ।

उदारो पाए अलगट्टा खाने ति ग्राहक हरुलाई भन्छु घरवालीलाई विभिन्न बाहानामा झुक्याएर अफिस को काममा भन्दै छोरा छोरी श्रीमतीको मन मारेर बाहिर पल्केका चोर विरालोले कति दिन सम्म चोरेर खान्छ घरमा हुदा हुदै चोरी खान पल्केका चोर विरालोहरुले पनि वानी सुधार्ने हो की? श्रीमती अरुसंग बोलेको देख्न नसक्ने शंका गर्ने महान पतिहरुले बानी सुधार्लान त? हैन भने चोरी खादा एक दिन रङ्गेहात भेटाउने छन कहिल्यै विश्वास पनि गर्ने छैनन् ।

युवतीलाई पैसा चाहिएर जवानी बेच्नु स्वाभाविक लिन सकिन्छ घरमा हुदा हुदै किन्ने अरुको लोभ गर्नु श्रीमान हरुले के अरुको मन दुखाउदा अाफ्नो त्यस्तो भयो भनि स्विकार गर्न सक्छन त? सक्ने भए मात्र चोरी खान जानु सकिदैन भने पछि अरुले चोरी खादा मन दुख्ला जब मन दुख्छ अागो लाग्छ अागो लागेपछि जलिन्छ र जलाईन्छ ।

पछि केहि महिना सम्म नदेख्दा विष्मात लागेको थियो चिया पसलकी दिदि कता गएछन भनेर बुझ्दा बुढा अार्मी थियो रे शान्तिसेना गए देखि दिदिले ब्यापार सुरु गरेका रहेछन पछि एक बर्षमा अाउदा दिदि मालामाल भएको देख्दा बुढो नै चकित परेछ झगडा भएछ एक कान दुईकान मैदान चिया पसलकी दिदिको चर्चा जताततै भएछ जसले पनि छि छि धुर धुर गरेको देखेर बुढाले सोधेछ दिदिले कसरी भन्नु भन्न नसकेपछि लामो झगडा भएछ

त्यसपछि दिदिले शहर छाडेर गाउँ गए भन्ने सुनियो हल्ला अायो उसको ब्यापारले चोैपट‌ै शहर पिटेछ तर के गर्ने दिदि कहिल्यै फर्केनन चियापसल सदाको लागी बन्द भयो दिदिले पकाएको चियाको याद कहिल्यै मेटिएन ।

-दोलखा

१० बैशाख २०७३

 

Leave a Reply