Monday , December 11 2017
Breaking News

माओवादी कार्यकर्ताले नवराज सिलवाललाई लेखिन् यस्तो मार्मीक पत्र (भिडियो)

शर्मिला खड्का दाहाल, नवराज सर तपाईंको कथा म लेख्छु । तपार्इंले फेसवुकमा कतै भावुक भएर मेरो जीवन यात्राको कथा कस्ले लेख्छ भन्ने कुरा पढेपछि मैले केही लेख्ने सोच बनाएँ ।
तपाईँको यति लामो जीवनमा घटेका घटनाका बारेमा मलाई केही थाहा छैन । मात्र तपाईंको लामो जीवनको छोटो प्रसङ्ग जुन प्रसङ्ग मसँग, समाजसँग र देशसँग जोडिएर आएको छ, ती बारे सानो आँखीझ्यालले देखेको कुरा लेख्दै छु ।
यो कथा सुरु हुन्छ झन्डै दस बारह वर्षअघि । त्यसबेला माओवादी जनयुद्धको मैदानमा थिए । त्यससमय तपाईंको एउटा कथा साझा प्रकाशनद्वारा प्रकाशित गरिमामा छापिएको थियो । म पनि त्यससमय साहित्यिक साधाना र अध्ययनमा युद्धस्तरमा लागेकी थिएँ । तपाईंले देशप्रेमको भावाना ‘कारगिलको युद्ध’ कथामार्फत् सशक्त पाराले देखाउनु भएको थियो । तपाईंले पात्रमार्फत देखाउनु भएको देशप्रेमको भावनाले म अति प्रभावित भएँ । त्यस पात्रलाई जीवित बनाउन मैले अर्को कथा विनिमार्ण गरी लेखे । यसरी तपाईंसँग छोटो साहित्यिक सम्बन्ध गाँसिएको थियो । बाँकी भिडियोमा हेर्नुहोस्

Leave a Reply

%d bloggers like this: