Sunday , November 19 2017
Breaking News

म प्रदेशमा छु प्रिय : कविता

– कला पन्थ

म प्रदेशमा छु प्रिय
म पसिना र मेहनतलाई पैसामा साटिरहेको छु
सुख सुबिधा नभनी मेलोमा खटिरहेको छु
म प्रदेशमा छु प्रिय

परिबार र देशको यादमा बेचैन भएको छु
कराउनेहरुको वास्ता नगरि बाटो नबिराइ हिडिरहेको छु
म प्रदेशमा छु प्रिय

तिमिले चुनेको जिबन को गन्तव्य मुटुमा बाधेको छु
भित्र भित्र मरेर बाहिर फिस्स हासेको छु
म प्रदेशमा छु प्रिय

तिम्रो इमानदारी र मायाको कदर गरिराखेको छु
मिलनको प्रतीक्षा मा हरपल समय सङ लडिरहेका छु
म प्रदेशमा छु प्रिय

तिम्रा आदर्शहरु मेरो बाच्ने आधर भएको छ
पुर्णिमाको रात पनि औसि अन्धाधुन्ध छाएको छ
म प्रदेशमा छु प्रिय

तिम्रा यादहरु आँसु सङ साटिरहेको छु
मिलनको सपना देखेर दिनरात दुख काटिरहेको छु
म प्रदेशमा छु प्रिय

मेरो खुशी र रहर हरु तिम्रो लागि थुनिएको छु
तिम्रा बिबसताहरु पनि राम्रो सङ बुझेको छु
म प्रदेशमा छु प्रिय

हरियाली मा पनि मरुभूमि छाउछु
फुलैफुलको मौसममा पनि काडको आभाष पाउछु

त्यसैले प्रिय,
शंकाहरु आफू भन्दा पर राख्ने कोसिस गर
यो जुनि त के सयौ जुनि मेरै भर पर
बिछोड क्षणिक हो धैर्यवान बन्ने प्रण गर
रतिभर बिचलित नभै मायको स्तम्भ बलियो पार !

Leave a Reply