Sunday , November 19 2017
Breaking News

चौध लाखको “रोलेक्स घडी कान्ड” मैले जे देखे त्यही लेखे – शान्ति राज राई

शान्ति राज राई

रामहरि रामहरि यो देशमा लाखौ रामहरि होलान । तर नेपालको राजनीति र मिडियाको चर्चाको सिखरमा सदैव एउटा नाम चलिरहन्छ । त्यो नाम हो रामहरि खतिवडा । रामहरि खतिवडा मेरो आफ्नै जिल्लावासी हो । निर्वाचन क्षेत्र हेर्ने हो पनि एउटै हो उनि ओखलढुंगा क्षेत्र न. २ नेपाली काङ्ग्रेस बाट अत्यधिक बहुमतका साथ बिजयी भएर सिंहदरबार छिरेका हुन । हुन त रामहरि खतिवडा माननीय नभै पनि सदैव चर्चामा रहि रहने नाम हो । उनि सङ्ग मेरो प्रत्यक्ष अहिलेसम्म भेट नभए पनि र कुनै सम्बन्ध नरहे पनि मलाई लाग्छ । रामहरि खतिवडा एउटा कुशल राजनीतिज्ञ हो । उसलाई राम्रो सङ्ग थाहा छ जनताको चाहाना, ओखलढुंगे बासिको सपना, र उस्ले गर्नुपर्ने कर्तव्य, किनकि रामहरि खतिवडा त्यस्तो व्यक्ति हो । यो फुच्चे पङ्कितिकार जस्तै हजारौ पङ्तिकार भिडमा गाई चराउदा चराउदै, बनिबुता गर्दागर्दै, सहरमा आएर केही अवसर खोज्दा खोज्दै समयले कलमजिवी बनाए झै उनी पनि अवसर हरुलाइ खोज्दा खोज्दै काठमाडौ आएर आफ्नै बलबुद्दिमा टिकेका र बिकेका नाम हो । मलाई लाग्छ रामहरि खतिवडाका आफन्त हरु त्यो बेला कुनै राजनैतिक पावरमा थिएनन । र रामहरि खतिवडालाई काठमाडौमा आफ्नो मानो खाएर राजनीति सिकाउने व्याक्तीहरु पनि कमै थिए होलान् । त्यो स्थितिबाट यो स्थितिमा आएका खतिवडा यो देशको एउटा शक्ति केन्द्र हो ।

खतिवडा अहिले गाउँमा कुखुरा मर्दै गर्दानि सुनिने र देशमा सरकार फेरिदै गर्दानि बारम्बार सुनिने नाम हो । खतिवडा आफै ब्रान्ड हो जुन ब्रान्डलाई अन्य ब्राण्ड हरुले दैनिक बदनाम गराउन र बजारमा सेयरमूल्य घटाउन सदैव लागि परेका छन । राजनीति पनि सेयर बजार जस्तै हो जो बजारमा उत्तारचढाव आई रहन्छ । माननीय ज्यु मलाई लाग्छ तपाईं एउटा सबैको आवज हरुलाई मनन गर्ने, सबै जाती, माटोलाई माया गर्ने ब्याक्तित्व हो । मलाई लाग्छ तपाईंलाई कुनै १४, १५ लाखको घडी चोरी रहने आवस्यकता देख्दिन र तपाईंले त्यस्तो काम गर्नुहुन्छ । भन्ने तपाईंको हजारौं सुभचिन्तकले बिश्वास पनि गरेका छैनन । साच्चिकै ठट्टाको बिषय हैन खतिवडाले चाहने मात्रै हो भनेनी उसलाई मतदान गर्ने १३९७८ जना सङ्ग रु १०१ दरले उठाउदा नि रु १४,११,७७८ हुन आउँछ । त्यो बजारमा सुन्न आएको घडीको मूल्य भन्दा ११,७७८ रुपैया बढी हो । मैले सुने अनुसार तपाईंले हजारौं गरिव हरुको उद्धार, आपतमा परेका सैयौको कार्य ब्यबस्थापन हरु गर्नु भएको सुनेको छु । भलै तपाईंको सत्रुहरुले गोपि क्याच गर्न त्यो प्रपोकाण्डा मच्च्याए होलान । उनीहरुले पनि यो बुझ्न जरुरी छ २१ औ सताब्दिको जमाना हो । कुनै ढाटछलले अब राजनीति हुन्न जस्ले काम गर्छ । उहीँ अगाडि बढ्छ कुनै बेला यो पङ्तिकार पनि आफ्नो पेशा छाडेर राजनीतिमा होम्मिएर तपाईंको विपक्षको स्टेज बाट बोल्न परेनी एउटा कुरा भन्नू सकु बल बहादुर राई, गोपाल राई, यज्ञराज सुनुवार, हर्कबोल राई, हरुले पूरागर्न नसकेको काम म पूरा गर्न आएको छु भन्न सकु । अबको आउने दिनमा ओखलढुंगेलि र उत्पीडित जनताहरुको आवज बुलन्द पारेर अगाडि बढनुहोस ।
यहि शुभकामना ।

Leave a Reply