Tuesday , November 21 2017
Breaking News

प्रचण्ड पुत्र प्रकाश बने महाप्रचण्ड, नेता लोकेन्द्र बिष्टलाई ‘तँ बाहिर जा’ भन्दै धकेले..

पटक पटक बिवादमा तानिईरहने नाम हो प्रचण्ड पुत्र प्रकाश दाहाल । कहिले बहुबिबाह त कहिले नेता कार्यकर्तालाई तथानाम गाली गरेर चर्चामा आउने गर्छन् उनी । केही बर्ष अघि पारस शाह थाईल्याण्डमा बिरामी परेका बेला पारस शाहको निधन भएकोमा हार्दिक श्रद्धञ्जली भन्ने उनको स्टाटसले खुब चर्चा पाएको थियो । त्यस्तै आजभोली उनको अर्को चर्चा छ ।

आफ्नै पार्टी कार्यलय सदस्य लोकेन्द्र बिष्ट मगरलाई बालुवाटारमा प्रचण्ड भेट्न गएका बेला भित्रबाट धकेलेर ‘तँ बाहिर जा’ भनेर धेकेलेरै खेदेको लोकेन्द्र बिष्ट मगरले बताएका छन् । जनयुद्ध तथा आधार ईलाका निर्माण महत्वपुर्ण भुमिका खेलेका थिए नेता बिष्टले । करिब ४० बर्ष पार्टी र क्रान्तिका लागि लडेका उनलाई प्रचण्ड पुत्रले बालवाटारबाट धकेलेरै बाहिर पठाएको स्वयम् लोकेन्द्र बिष्ट मगरले दियो पोष्ट संगको अन्तरवार्तामा बताएका छन् ।

सोही अनलाईन संगको कुराकानीका क्रममा प्रचण्डपुत्रले तपाईंहरू जस्ता जिम्मेवार नेतामाथि अभद्र व्यवहार गरेको कुनै घटना छ ? भन्ने प्रश्नमा उनले भनेको कुरा जस्ताको तस्तैः

‘उनी बाबुका कारण पनि होला अलिकति घमण्डी छन् । चर्को बोल्छन् । एउटा घटना छ– प्रचण्ड प्रधानमन्त्री भएका देला उनलाई भेट्न मैले प्रकाशलाई फोन गरेँ, उठेन । सीधै बालुवाटार भेट्न गएँ । प्रकाश आएनन् । भेटघाट दिनेजस्तो अवस्था भएन । म आफैँ अध्यक्षलाई भेट्न कस्सिएँ र अघि बढेँ । प्रकाशले थाहा पाएछन् र बीच बाटोमै बाटो छेक्न आए । मैले भने, ‘म अध्यक्षलाई भेट्न आएको हुँ ।’ चर्को स्वरमा उनले भने, ‘तपाईं तल गएर बस्नुस् । नसोधेरै आउने, फोन नगरी आउने ? मैले भने, ‘कसलाई सोधेर आउने ? फोन गर्दा फोन उठ्छ र तिम्रो ? म अध्यक्षको कार्यालय सदस्य हुँ ।

अध्यक्षलाई भेट्न जाँदा प्रचण्डपुत्रले नै बाटो छेकेर ‘तँ तल जा‘’ भनेपछि कुकुरले पनि त्यस्तो खालको व्यवहार भोग्दैन । कि हामीलाई पार्टीबाट निष्काशित गरिदिनुप¥यो । म त प्रचण्ड भेट्न गएको हुँ । सुसाइडर वा आत्मघाती दस्ता बनेर म प्रचण्डलाई सिध्याउन गएको त होइन नि ? यो विषयमा कार्यालय बैठकमा सबैले आलोचना गरे । मैले भने, ‘कमरेड अध्यक्ष, हामी तपाईंलाई समस्या बन्न आउँदैनौँ । समस्या सेयर गर्न आइन्छ ।

तपाईंको समस्या हल गर्ने गरी आइन्छ । यदि हामी आउँदा सेयर गर्ने कुरालाई पनि समस्या मान्नुहुन्छ भने अब आइँदैन ।’ त्यसपछि म कहिल्यै गइनँ । झन्डै नौ महिना भयो, म प्रचण्डलाई भेट्न गएको छैन । मैले अपेक्षा नगरेको कुरा उहाँको छोराबाट भयो । उहाँको छोराले नराम्रो गरेपछि मलाई जान मन लागेन । त्यसले मलाई दुःख लाग्यो । त्यसको दोष म तलको मान्छेलाई होइन, अध्यक्षलाई दिन्छु । अध्यक्षले मिलाउनुपथ्र्यो ।

उहाँले जोसुकै सहयोगी राखेहुन्छ तर, त्यसले पार्टीलाई र उहाँलाई सजिलो गर्नुपर्छ । उहाँको सचिवालयमा भएका मान्छे प्रचण्ड होइनन्, प्रचण्डका सहयोगी हुन् । तर, उनी महाप्रचण्ड हुनु हुँदैन । प्रचण्डका वरिपरि बस्ने मान्छे महाप्रचण्ड भएपछि प्रचण्डलाई समस्या परेको हो । त्यो कुरा मिलाउने प्रचण्डले नै हो । म गरेर खाने मान्छे हुँ । पछि म खेतीपाती गर्न लागेँ । छोरा प्रकाशबाट धेरै मान्छे पीडित छन् । उनले गर्ने व्यवहार राम्रो छैन । अरुको पनि गुनासा छन् । फोन उठ्दैन । त्यहाँ गएका मान्छेलाई रेस्पोन्स हुँदैन । प्रचण्ड हाम्रो नेता हो तर, प्रकाश नेता होइन कार्यकर्ता हो । प्रचण्डको छोरो त हो तर, पार्टीको कोणबाट हेर्दा कार्यकर्ता हो । प्रकाशले त्यहाँ जाने मान्छेलाई जो ‘बिहेब’ गर्छन्, त्यसले प्रचण्डलाई असर गर्छ । पार्टीलाई असर गर्छ ।’ (इमान्दारमिडिया बाट)

Leave a Reply