Tuesday , November 21 2017
Breaking News

जीवन मंगोललाई निर्वाचन अधिकृतले पत्रकारको आइडी लेउ भनेर धम्क्याउदै उम्मेद्वारी दर्ता रोके

खोटाङ । मंसिर १० मा हुने पहिलो चरनको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्येक्ष उम्मेद्वारी हिमाली र उच्च पहाडी इलाकामा मंगोल नेशनल अर्गनाइजेसनले दर्ता गर्न सफल भएको छ । यसैबीच खोटाङ जिल्ला अन्र्तगत प्रतिनिधि सभा सदस्यको उम्मेद्वार मंगोल नेशनल अर्गनाइजेसनका केन्द्रिय सचिव बीरलाल राईको मनोनय दर्ता भए पनि मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट प्रदेश सभा तर्फको खोटाङ क्षेत्र नं–२ बाट जीवन मंगोलको उम्मेद्वारी रोक्न एमाले कम्युनिष्टहरुले ठूलै प्रयास गरेर जीवन मंगोलको उम्मेद्वारी रोक्न सफल भएका छन् ।
एमालेको योजना अनुरुप जीवन मंगोललाई रोक्न कथित निर्वाचन अधिकृत एमालेको कर्मचारी किशोर घिमिरेले जीवन मंगोललाई पत्रकारको आइडी नम्बर देउ भन्ने सम्मको धम्कीपूर्ण भाषा प्रयोग गरी उनका प्रतिनिधि राज कुमार राईलाई भनेपछि प्रतिनिधिको जीवन मंगोलसंगको प्रत्यक्ष सम्पर्कमा पत्रकारको आइडी किन चाहियो भन्दा ? निर्वाचन अधिकारीहरुले तुरुन्तै ‘पर्दैन पर्दैन’ भनेर टार्दै अन्तमा प्रस्तावक समर्थक नभएको भन्दै आफ्नै क्षेत्रको चाहिने भन्दै दर्ता लिएनन् । निर्वाचन अधिकृत किशोर घिमिरेसँग जीवन मंगोलले कुरा गर्दा दर्ता किन भएन भन्ने प्रश्न गर्दा घिमिरेले “तपाई प्रदेश सभा क्षेत्र नं–१ को मनोनयन पत्र पठाएर क्षेत्र नं–२ को भनेर हुन्छ ? तपाईको मनोनय पत्र १ बाट छ । प्रस्तावक र समर्थक ल्याउनुस’ घिमिरेको यस्तो भनाइ पश्चात मंगोलले ‘मेरो संगठनले दिएको टिकट क्षेत्र नं–२ कै हो’ भन्दा झोक्किदै भने –‘तपाईको मनोनय पत्रमा क्षेत्र नं–१ रहेको छ । कसरी हुन्छ ? यस्तो पनि हुन्छ ?’ भनेर थर्काउने प्रयास गरे ? मंगोलले भने ‘२ नं– कै मनोनयन पत्र हो । कसरी क्षेत्र नं–१ को भन्नु भयो ?’ केन्द्रमा निर्वाचन आयोगकै कामले आफू जिल्ला पुग्न नसकेको हुँदा प्रतिनिधि पठाएको हो । यदि डकुमेण्ट मिलेन भने सकेसम्म मिलाउने प्रयास गरौं । त्यसपछि तुरुन्तै सच्याएर इमेल पठाइ दिन्छु भन्दा ‘५ मिनेट भित्र पठाउनु नत्र दर्ता हुँदैन’ भन्दै कड्कीय अधिकृत । र अन्तिम समयमा इमेलमा डकुमेन्ट पठाउने काम भए पनि दर्ता गर्नै मानेनन् । पटक–पटक प्रतिनिधि राईले आग्रह गर्दा पनि कर्मचारी एक मुख भएर लागेको राईले बताए । जीवन मंगोल संग सिधा फोन सम्र्पक गर्दा झोक्किदै ‘तपाईहरु कानुन नपढ्ने । यस्तो पनि हुन्छ ?’ भन्ने खालको तर्क गरे । उनीहरुको नियत बिहान देखि बिभिन्न बहाना बनाउदै जीवन मंगोलका प्रतिनिधि राजकुमार राईलाई कुन पार्टीबाट हो ? भनेर कर्मचारीले सोद्दा आफू मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट बीर लाल राई र जीवन राईको उम्मेद्वार दर्ता गर्न आएको बताउदा कर्मचारीहरुले एक मुख लागेर प्रतिनिधिको मात्र गर्नु भनेको प्रतिनिधि राईले बताए । दुवैजना किन उठ्ने एकजनाको मात्र दर्ता गरे भइहाल्छ नि भनेर बिहानै देखि झुलाउन काम भएको प्रतिनिधि राईले बताए । अब जीवन मंगोलले चुनाव लड्न नपाउने हो ? के निर्वाचन आयोगलाई पत्रकारको प्रमाण पत्र बुझाउनु पर्ने हो ? के पत्रकारले चुनाव लड्नै नपाउने कुन कानुनमा लेखिएको छ ? जीवन मंगोल पत्रकार हो भनेर खोटाङ जिल्ला निर्वाचन अधिकृतलाई किन टाउको दुखाइ भयो ? के पत्रकारको प्रमाण पत्र पेश गर्नु पर्ने कुनै प्रावधान छ । लोकतन्त्रमा कुनै एक नेपालीले चुनाव लड्छु भन्दा यस्तो अत्तो थाप्न मिल्छ ? निर्वाचन अधिकृत र कर्मचारीको यस हर्कतले लोकतन्त्रको खिल्लि उडाएका छन् । निर्वाचन आयोग जस्तो स्वतन्त्र निष्पक्ष र गरिमामय संस्थाले एउटा पार्टीको कर्मचारी बनेर अरु पार्टीलाई निषेध गर्नु भनेको राम्रो संकेत हुन सक्छ ? निर्वाचन आयोगको षड्यन्त्रले जीवन मंगोल जस्ता व्यक्तिहरुलाई रोक्न खोज्नु कतिको उपयुक्त हो ? यो त आयोग नै जानोस तर एक स्वतन्त्र संस्थाले पत्रकार नै हो भनेर निन्दा गर्नु र विभिन्न बहानामा रोक्नु एमालेको षड्यन्त्र प्रष्टै भएको छ ।

Leave a Reply