Tuesday , November 21 2017
Breaking News

राशिफल (२०७४ कार्तिक ०३ गते शुक्रबार/२०१७ अक्टोबर २०)

राशिफल (२०७४ कार्तिक ०३ गते शुक्रबार/२०१७ अक्टोबर २०)
October 19, 2017 राशिफल

भोलि वि.सं. २०७४ कार्तिक ०३ गते शुक्रबार तदनुसार ई. सं. २०१७ अक्टोबर २० तारिख

भोलिको चाडपर्व र उत्सव : म्हपूजा (नेवारी पर्व), गाईतिहार एवं गोरुतिहार (गोबलिपूजा), हलितिहार, नेपाल संवत् ११३८ प्रारम्भ (नेवारी नयाँ वर्ष)

कार्तिक शुक्लपक्षको प्रतिपदा तिथि, मध्यरात्रीपछि १२:३७ बजेसम्म, त्यसपछि द्वितीया तिथि,
चित्रा नक्षत्र, बिहान ०८:४९ बजेसम्म, त्यसपछि स्वाती नक्षत्र,
भोलिको चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त),
विष्कुम्भ योग, साँझ ०४:३६ बजेसम्म, त्यसपछि प्रीति योग,
सुरुमा किंस्तुघ्न करण दिउँसो १२:०९ बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपछि १२:३६ बजेसम्म, अन्तिममा बालब करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०७ बजे र सूर्यास्त : साँझ ०५:२८ बजे

भोलिको राहु काल, यमघण्ट र गुलिक काल :–

राहु काल : बिहान १०:२२ देखि ११:४८ सम्म
यमघण्ट : दिउँसो ०२:३८ देखि ०४:०३ सम्म
गुलिक काल : बिहान ०७:३२ देखि ०८:५७ सम्म

भोलिको वारवेला :–

चर वारवेला : बिहान ०६:०७ देखि ०७:३२ सम्म, साँझ ०४:०४ देखि ०७:०३ सम्म र मध्यरात्रीपछि ०४:३२ देखि ०६:०७ सम्म
रोग वारवेला : दिउँसो ०१:१३ देखि ०२:३८ सम्म र बेलुका ०७:०३ देखि ०८:३८ सम्म
काल वारवेला : बिहान १०:२२ देखि ११:४८ सम्म र बेलुका ०८:३८ देखि १०:१३ सम्म
लाभ वारवेला : बिहान ०७:३२ देखि ०८:५७ सम्म र बेलुका १०:१३ देखि ११:४८ सम्म
उद्वेग वारवेला : दिउँसो ०२:३८ देखि ०४:०३ सम्म र मध्यरात्रीपूर्व ११:४८ देखि ०१:२२ सम्म
शुभ वारवेला : दिउँसो ११:४८ देखि ०१:१३ सम्म र मध्यरात्रीपछि ०१:२२ देखि ०२:५७ सम्म
अमृत वारवेला : बिहान ०८:५७ देखि १०:२२ सम्म र मध्यरात्रीपछि ०२:५७ देखि ०४:३२ सम्म

भोलिको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ । रमाइलो र रमझममा समय व्यतीत हुने समय छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने दिन छ । पुख्र्यौली सम्पत्तिको विवाद छ भने आज त्यसलाई निराकरण गर्ने दिन हो । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ । बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । मनमा शान्तिको अनुभूति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । साँझपख धनलाभ हुने सङ्केत छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ । घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गरेमा सोचेजस्तै उपलब्धी लिन सकिने छ । अभिभावक, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना पनि छ, चुप लाग्नु र संयम हुनु बेस हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आध्यात्मिक भावनाको विकास हुनेछ । सेवामूलक र परोपकारी काममा खट्ने वातावरण प्राप्त हुनेछ, दिनदुःखी र असहायको आशीर्वाद लिन सके लाभ हुनसक्छ साथै धार्मिक÷सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ । बन्दव्यापारमा राम्रो छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको समय लाभकारी नै हुनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

गरेको प्रयास सार्थक बन्नेछ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्नेछन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारका सदस्यको स्वास्थ्यमा देखिएका समस्या हट्ने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ । घरायसी सम्बन्ध राम्रै रहने छ । बन्दव्यापारमा सानो प्रयासले राम्रो आम्दानी गर्न सकिन्छ । पारिवारिक समस्या हल गर्ने दिन हो । जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पुराना काम, समस्या, चुनौती र सम्झनालाई पुनः जीवन्त तुल्याई सुधार गर्ने अवसर प्राप्त हुनेछ । सानातिना व्यवहारिक काम र घरेलु समस्या सुल्झाएर लाभ लिनका लागि दिन अनुकूल छ । स्वास्थ्यमा सुधार आउने छ । सानोतिनो समस्याले तपाईंको उत्साहमा कमी ल्याउने छैन । नयाँ काम थाल्दा व्यवहारिक लाभ पुग्नेछ ।

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com

Leave a Reply