Tuesday , November 21 2017
Breaking News

डीसीमा कलिवुड नाइट यसरी मनोरंजनपूर्वक सम्पन्न 

 
विजय थापा
 
गत अक्टोबर १४ तारिख नेपालका राष्ट्रिय कलाकार सहितको कलिवुड नाइट २०१७ नामक कार्यक्रम मनोरंजन तथा सफलतापूर्वक सम्पन्न भएको छ l बिशेष गरि कार्यक्रममा भाषण ,प्रमाण पत्र वितरण तथा खादा नओढाउने घोषणा गरे अनुसार कार्यक्रम सुनमा सुगन्धित रहन पुग्यो l 
 
कार्यक्रमको बिशेष आकर्षण र महिनौ अगाडी देखि पूर्व अभ्यासमा बिशेष ध्यान दिइएको महा-आमा (सुपर मम ) को प्रस्तुति बेजोड रहेको थियो l र ,एकै प्रकारको फरियामा महिला कलाकारहरुको प्रस्तुति उत्कृष्ट रहेकोले पुन : प्रस्तुति गर्न समेत दर्शकले माग गर्दै कर्तल ध्वनिले सम्मान गरेका थिए l 
कार्यक्रमको प्रारम्भमा अमेरिमा जन्मेका किशोरीहरुको तिहारको भैलिनी गीत ,मखमली चोली चाहिदैन सहितको धुनमा गरिएको नृत्य बेजोड रहेको थियो l यसै गरि कार्यक्रममा २ सय भन्दा ज्यादा चलचित्र अभिनय गरि सकेका नृत्य गर्न सिपालु र नायक दिलिप रायमाझी र कलाकार सुनिक्षा मैनाली को कुटुमा कुटु सुपारी दाना उत्कृष्ट प्रस्तुति रहेको थियो l 
 
नायिका झरना थापाले मलाई छम छम नाच्न मन लाग्यो भन्ने गीतमा पहिलो प्रस्तुति गरेकी थिइन् भने दोश्रो उनले नायक जीवन लुइँटेल लाई साथ दिएकी थिइन् l उनले अमेरिकामा पहिलो पटक प्रस्तुति गरेकी थिइन् l 
नायक जीवन लुइँटेलले नृत्य निर्देशक लुना श्रेष्ठ संग मेरो लाहुरे आउछ रे ,म त मर्छु पो क्या हो ठुली भन्ने गीत गाउदा दर्शकले सिट्ठी बजाउनुको ताली बजाएका थिए l नेपाल ताराका प्रथम बिजेता दिपक लिम्बुले मैले माया गर्न जानिन होला र हेन्डसम हेन्डसम कान्छा दुई वटा गीत प्रस्तुत गरेका थिए l नायक राज बल्लव कोइरालाले कविता प्रस्तुत गरे भने कलाकार स्व कृष्ण श्रेष्ठलाई सम्झना गर्दै केहि कुरा राखेका थिए l 
 
हास्य कलाकार रतन सुबेदीको हवल्दारको प्रस्तुति र रातो भाले क्वायाक क्वायक सुत्केरीलाई ख्वाए गीतको प्रस्तुति मनोरंजन रहेकोले दोहोर्याउन समेत दर्शकले आग्रह गरेका थिए l कलाकार अमृत लामाले सुनिक्षा मैनाली संग नृत्य प्रस्तुति गरेका थिए l 
 
हास्य कलाकार गोपाल नेपाल( फिस्टे ) र पुस्कर पन्तको प्रहसन बिशेष रहेको थियो भने युवा नृत्य निर्देशक नविन केसी तथा लुना श्रेष्ठले मलाई थाहा छैन भन्ने गीतमा गरेको नृत्य प्रस्तुति बेजोडको रह्यो l लोक गायक राम प्रसाद खनाल ,कलाकार राजेश नाथ (बैतडी बाजे )तथा अन्य केहि स्थानीय कलाकारहरुले प्रस्तुति गरेका थिए l कलाकार मिनाक्षी बन्दना तथा संचारकर्मी परसु तिमिल्सिनाले कार्यक्रम संचालन गरेका थिए l 
 
कार्यक्रम अगाडी र पछाडी कुनै भाषण तथा सम्मान कार्यक्रम नगरी सबैलाई एकसाथ मंच मा बोलाउदै कार्यक्रम समापन गरिएको थियो l
 
तस्बिर :राजिव श्रेष्ठ 

Leave a Reply